Wednesday, September 25, 2013

इलाममा व्यवसायीक केरा खेती गर्ते बढ्दै

इलाममा व्यवसायीक केरा खेती गर्ते बढ्दै


इलाममा व्यवसायीक केरा खेती गर्ते बढ्दैराम योङ्हाङ । इलाम, भदौ । इलामको दक्षिणी क्षेत्रका किसानहरु व्यवसायिक केरा खेतीमा आकर्षित भएका छन् । उनीहरुले व्यवसायिक रुपमा केरा खेती गरी लाखौं आम्दानी लिईरहेका छन् । अहिले गाउ“मा व्यवसायीक केरा खेती गर्ने किसानको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । जिल्लाको दानाबारी, महमाई, चिसापानीलगायतका किसानहरुले केराको व्यवसायिक खेती सुरु गरेका हुन् । उनीहरुले खेतीयोग्य जमिन मासेर समेत केरा खेती गरेको छन् । चुरे क्षेत्रको जमिन खेतीयोग्य भएपनि त्यहा“का किसानको केरा खेतीप्रति आकर्षण बढ्दै गएको छ । झोडा
क्षेत्रमा व्यापक रुपमा गरिएको केरा खेती प्रति बिस्तारै–बिस्तारै समतल क्षेत्रका किसानहरु पनि उत्साही भएका छन् । उनीहरुलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजै रुपमा बिक्री गर्न पाउ“छन् । घरघरमा गएर व्यपारीले केरा किन्ने गरेका छन् । बगानकै मोलतोल गरेर व्यपारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पु¥याउने झन्झट छैन । ‘व्यपारहिरु घर–घरमा आउँछन्’ स्थानीय किसान केशव खनालले भने, ‘बिक्री नहुने हो की भन्ने कुनै समस्या हुँदैन ।’ व्यवसायिक केरा खेती सुरु गरेपछि घरव्यवहार चलाउन नगद जुटाउन समेत सहज भएको अर्का किसान विरु लिम्बूले बताए । नयाँ बगान सुरु गरेका उनले भने, ‘मैले एक वर्षमा २५ हजार भन्दा धेरैको आम्दानी गरेको छु ।’यातायातको सुविधा भएपछि किसानलाई मात्र होईन, व्यपारीलाई समेत सहज भएको व्यापारीहरु बताउ“छन् । ‘यातायातको राम्रो सुविधा भएकोले बजारको अभाव खेप्नु पर्दैन’ स्थानीय व्यापारी महेन्द्र श्रेष्ठले भने । त्यहाँका किसानका लागि केराको मुख्य बजार झापाको विर्तामोड, काठमाडौं, पोखरालगायत हुन् । राजधानीमा यहाँको केराको माग अत्यधिक रहेको व्यपारी श्रेष्ठ बताउँछन् । ‘संकलन गरेर पु¥याएपछि नबिक्ने भन्ने कुरै हु“दैन’ उनले भने । जिल्लामै धेरै केरा उत्पादन हुने यहाँका सयौं किसानले व्यवसायीक रुपमा केरा उत्पादन गर्ने गर्छन । पानी पर्याप्त नभएका झोडा क्षेत्रमा जंगल सरह केराका बगान भेटिन्छन् । यहा“को केराले तराईका शहरमा पनि बजार पाउने गरेका छन् । पछिल्लो समयमा झापाको खुदुनाबारीवाट इलामको दानाबारीस्थित शुक्रबारे बाजरसम्मको सडक ग्राभेल भएपछि नियमित सवारी साधन चल्न थालेकाले उत्पादन राजाधानी र तराईका बजारमा पुर्याउन सहज भएको छ । एक घरी केराको मूल्य ८० देखि दुई ५० रुपिया“सम्म पर्दछ ।
अन्य नगदेबालीको उत्पादन कम गरिने यो क्षेत्रका किसानले केरा खेती थालेपछि छिमेकी गाउ“का किसानले पनि खेती व्यवसायिक रुपमा सुरु गरेका छन् । किसानले चिनीचम्पा, भण्डारी, झपरीलगायतका अन्य स्थानीय जातका केरा खेती गर्दै आएका छन् ।

Thursday, September 19, 2013

दानाबारी ईलाम

पुर्बाअन्चलको सुन्दर नगरी ईलाम जिल्लाको पश्चिमीभागमा अबस्थित झापा जिल्लासंग सिमाना जोडिएको एक गा.बि .स . को नाम दानाबारी हो | बिशेष यसलाई "गरुवा " भनेर पनि चिनिन्छ |
यहाँ मुख्य आम्दानी चिया (चिलिंगकोट चिया बगान ) धान ,मकै ,अदुवा , कुचो ,कोला (केरा ) आदि आदि हुन् .....यो गा.बि .स . झापाबाट (बिर्तामोड ) सनिस्चरे ,खुदुनाबारी ,सुखानी ,ज्य...ामाद्वार हुदै दानाबारी ( शितलु ) हुदै चिसापानी माईखोलामा गई कच्ची सडक जोडिन्छ |
यस गा.बि .स.मा कलेज (गरुवा बहुमुखी क्याम्पस ) उच्च मा.बि.(कन्काई ) स्रोत केन्द्र ,पशु सेवा केन्द्र ,उप स्वस्थ्य चौकी , हुलाक केन्द्र , इलाका प्रहरी चौकी , माओबादी सेनाको क्याम्प , सहारा क्रिस्टियन चर्च , शिब मन्दिर ,गुम्बा ,चिया बगान (यसको वृक्ष रोपन कार्य सम्पन्न हुदा नेपालको सबै भन्दा ठुलो चिया बगान ) तारे भिर चण्डाल घाट आदि प्राथमिक भौतिक आधारमा सम्पन्न छ \यस क्षेत्रका अधिकाशं युवाशक्ति रोजगारको शिलशिलामा प्रवाश भासिएका छन् | यहाँ हालसालै
दानाबारी -९ र ६ स्थित ठुलो लगानीमा बिधुत्त उत्पादनको कार्य धमाधम भई रहेको छ |
क्षेत्र फल >>
समय क्षेत्र नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001)
- जनघनत्व १२,६९३
-। यो ठाउंमा २४०० वटा घर छन्।
[सम्पादन गर्ने] जनसंख्यानेपालको सन् २००१को जनगणना अनुसार दानाबारीको जनसंख्या १२,६९३ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।

Tuesday, September 17, 2013

इलाम जिल्लालाई विभिन्न ७ ‘अ’ को जिल्ला भनेर चिनिन्छ

पूर्वीनेपालको इलाममा बूढापाकाहरुका पालामा यस्तो गीत सुनिन्थ्यो । तर, अहिले यो जिल्ला पूर्णरुपमा फेरिएको छ । नेपालमै पहिलो झुल्के घाम हेर्न पाइने ‘श्रीअन्तु’ पर्यटकीय स्थल रहेको इलाम यतिबेला दुखिया नभएर सुखी मानिसहरु बस्ने जिल्ला बनिसकेको छ । र, इलामलाई सुखी र रमणीय जिल्ला बनाउने काम चाँहि ७ वटा ‘अ’ले गरेका छन् ।
प्रकृति र संस्कृति इलामका पर्याय हुन् । इलामलाई ‘पहाडकी रानी, नगदेवालीको खानी’ उपनामले समेत चिनिन्छ । इलाम बजार, बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मंगलबारे, देउराली इलामका मुख्य व्यापारिक केन्द्रहरु हुन् । इलाममा अधिकाँश मानिसहरु कृषि पेशामा आधारित छन् । इलाम जिल्लालाई विभिन्न ७ ‘अ’ को जिल्ला भनेर चिनिन्छ । जसमा अलैंची, अदुवा, अकबरे खोर्सानी, अर्थोडक्स चिया, आलु, अम्लिसो तथा ओलन (दूध) पर्दछन् ।
अलैंचीः
वि.सं. १९७६ सालमा भारतको सिक्किमबाट इलाम भित्रिएको मानिएको अलैंची २०१५ सालदेखि किसानको आम्दानीको राम्रो स्रोत बन्दै आएको छ ।
अलैंची खेतीमा अग्रणी मानिएको इलाममा केही वर्षदेखि विभिन्न रोगका कारण यसको उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । आर्थिक वर्ष ०६६/०६७ मा दुई हजार एक सय हेक्टरबाट नौ सय ६३ मेटि्रक टन अलैंची उत्पादन भएकोमा हाल १ हजार ७ सय ६० हेक्टरमा मात्र खेती भइरहेको र बाषिर्क उत्पादन ४ सय ४० मेटि्रक टन उत्पादन भएको कार्यालयले जनाएको छ । यस बर्ष अलैची सरदर प्रतिमन ४० हजार रुपैयाँमा बिक्री भएको छ ।
अदुवाः
अदुवा इलाममा सफल नगदे बाली हो । केही वर्षदेखि इलामका कृषकले अदुवाको व्यवसायिक खेती गर्दै आएका छन् । इलामका प्रायः सबै गाविसहरुमा अदुवा खेती हुने गरेको छ । आर्थिक वर्ष ०६८/०६९ मा तीन हजार एक सय ७० हेक्टरमा अदुवा खेती गरीएकोमा ४५ हजार मेट्रीक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशरबहादुर मंग्रातीले जानकारी दिनुभयो ।
अदुवाखेतीबाट दुईपटक आम्दानी लिन सकिन्छ । पहिलो आम्दानी जेठ अन्तिमदेखि असार अन्तिमसम्म अदुवाको बुढी (माउ) बाट हुन्छ भने दोस्रो आम्दानी मंसिर, पुस देखि माघ अन्तिमसम्म हुने गर्दछ । अदुवा माघ महिनाको अन्त्यदेखि फागुन महिना भर र बैशाखमा समेत रोपिन्छ ।
यहाँ उत्पादित अदुवा झापाको काँकडभिट्टा हुँदै भारतका विभिन्न स्थानमा पुग्ने गरेको छ । यहाँको बजार प्रणाली सुदृढ र सशक्त हुन नसकेको कारणबाट कहिलेकाँही एकै दिनमा दुईबटा दररेटमा खरिद बिक्री हुने कुरा व्यापारीहरु बताउँछन् । आ.व. ०६८/०६९ मा अदुवाको मूल्य ३५ रुपैयाँ प्रतिकेजीदेखि ५५ रुपैयाँसम्म पुगेको कृषि विकास कार्यालय इलामले जनाएको छ । जसमा माउ अदुवा प्रतिकेजी ३५ रुपैयाँदेखि ४० रुपैयाँको भाउमा बिक्री भएको थियो ।
अकबरे खुर्सानी :
अकबरे खुर्सानीको उत्पादनमा समेत इलाम अग्रणी जिल्ला मानिन्छ । औषधीय गुण समेत भएको अवकरे खुर्सानीको सेवनबाट ग्याष्ट्रिक तथा डायविटिज रोग निको हुने तथा पेट नपोल्ने विश्वास रहेको छ । इलाममा डल्लो लामो, मझौला (वयरे) र मसिनो गरी ३ किसिमका अकवरे पाइन्छ ।
इलामका जिर्मले, लक्ष्मीपुर, पञ्चकन्या, कोल्बुङ्ग, कन्याम, फिक्कल, सोयाङ्ग, नाम्सालिङ्ग, गोदक गाविसहरुमा यसको खेती गरिन्छ । आ.व. ०६८/०६९ मा एक सय ६० हेक्टरमा अकवरे खेति गरिएकोमा पाँच सय ५६ मेट्रीक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । यहाँ उत्पादन हुने खुर्सानी भारतीय सिमा दार्जिलिङ्ग र सिक्किममा निकासी हुने गरेको छ । अहिले यसको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँ रहेको प्राविधिक सहायक मंग्रातीले जानकारी दिनुभयो ।
 अर्थोडक्स चिया :
इलाममा विस्तारै व्यवसायिकता पाएको चियालाई कृषकहरुले मुख्य खेतीको रुपमा अगाँलेका छन् । इलामका सबै उद्योगमा अर्थोडक्स चिया उत्पादन हुन्छ । इलामको अर्थोडक्स चियाले विश्व बजारमा निकै महत्व पाएको छ ।
जर्मनी, जापान, युएइ, अमेरिका लगायतका देशहरुमा अर्थोडक्सको निर्यात हुने गरेको छ । इलाममा उत्पादन हुने चियाअन्तर्गत किसानहरुले प्रशोधन कारखानालाई बिक्री गर्दा अर्थोडक्स भएको प्रमाणित बगानमा उत्पादित हरियो पत्ति चिया प्रति केजी ५० रुपैयाँमा बिक्रीहुँदै आएको र सदर हरियो पत्ति चिया प्रतिकेजी २५ रुपैयाँमा बिक्री वितरण भइरहेको केन्द्रीय चिया सहकारी संघले जनाएको छ ।
प्रशोधित अर्थोडक्स चिया प्रतिकेजी एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । त्यस्तै ग्रिन टी प्रतिकेजी एक हजार दुई सय रुपैयाँ र वाइट टि चार हजार पाँचसय सम्मा बिक्री हुने केन्द्रीय सहकारी संघका सचिव रविन राईले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालयले भने सम्पूर्ण चियालाई एकै ठाउँमा गणना गरेको जानकारी दिएको छ । कार्यालयको तथ्यांक अनुसार ५ हजार २ सय ६२ हेक्टरमा लगाइएको चियाबारीबाट बाषिर्क एक हजार ६ सय १२ मेट्रिकटन उत्पादन भएको छ । चिया सरदरमा ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा बिक्री वितरण भएको छ ।
आलुः
आलु पनि इलामको एक महत्वपूर्ण नगदे बाली हो । इलामका सबै गाविसहरुमा आलुको ब्यवसायिक खेती हुने गरेको छ । यहाँ विशेष गरी बिट्टे, झ्याले कुफ्री सिन्दुरी, टि.पि.एस. लगायतका जातका आलु लगाउने गरिन्छ । आलु खेती हिउँद र बर्षा दुबै मौसममा गरिन्छ ।
आ व २०६८/०६९ मा हिँउदमा ४ हजार ८ सय ५ हेक्टरमा लगाईको आलु ६७ हजार ७ सय ५० मेटि्रक टन उत्पादन भएको थियो । उक्त आलु प्रतिकेजी ३५ रुपैयाँदेखि ४५ रुपैयाँसम्ममा बिक्री भएको थियो । त्यस्तै २० हजार १० हेक्टरमा लगाइएको बर्षे आलु ३२ हजार दुईसय मेटि्रक टन उत्पादन भएको थियो । सो आलु प्रतिकेजी २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बिक्री भएको कृषि विकास कार्यालयले तथ्यांकमा उल्लेख गरिएको छ ।
अम्लिसो :
इलामको अर्को ब्यवसायीक खेतीमा अम्लिसो पनि पर्दछ । अम्लिसोको फूल कूचोको रुपमा बिक्री हुने र यसको घाँस पनि उत्तिकै राम्रो हुने र यसको बोट दाउराको रुपमा प्रयोग गर्ने गरिन्छ । वारीको कान्ला र अन्य खेती नहुने पाखाहरुमा गरिने अम्लिसो खेतीबाट किसानहरुले राम्रो आम्दानी गर्दै आएका छन् ।
इलामबाट गत आर्थिक बर्ष ०६८/०६९ मा ५१ हजार ८१ दशमलब ५८ हेक्टर क्षेत्रफलमा लगाइएको अम्लिसोबाट ६७ हजार ३ सय ६० दशमलब ५४ मेटि्रक टन कुचो उत्पादन भएको छ । सदरद ३५ रुपैयाँ प्रतिकेजीमा बिक्ने कुचोबाट किसानले बाषिर्क २ अर्ब ३५ करोड ७६ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालय इलाममा पशुसेवा प्राविधिक डिगबहादुर कार्कीले जानकारी दिनुभयो । इलाममा उत्पादित कूचो झापाको धुलाबारीमा प्याकिङ गरी मलेसियालगायतका मुलुकमा निकासी हुने गरेको छ ।
ओलन (दूध) :
दूध उत्पादनमा पनि इलाम पूर्वकै अग्रणी जिल्लामा पर्दछ । उत्पादन हुने दूधको आधा हिस्सा अहिले पनि प्रयोगमा आउन सकेको छैन । जिल्ला पशु सेवा कार्यालय इलामका अनुसार जिल्लामा गत आर्थिक बर्षमा १ लाख ५ हजार ९ सय ७८ मेटि्रक टन दूध उत्पादन भएको छ । यो अघिल्लो बर्षको तुलनामा ६ दशमलब १ प्रतिशत बढी हो । अघिल्लो बर्ष ९९ हजार ५ सय १३ मेटि्रक टन दूध उत्पादन भएको कार्यालयले जनाएको छ । पछिल्लो समय चीज कारखाना र ललिपप उद्योग सञ्चालनमा आएका छन् भने इलाम उत्पादीत गरेको दूधले सीमा क्षेत्रका भारतीय बजारमा पनि राम्रो स्थान ओगटेको ब्यवसायीहरु बताउँछन् । यति हुँदाहुदै पनि इलाममा उत्पादित दूधमध्ये आधाले अझै बजार पाउन नसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । इलाममा उत्पादित दूध प्रतिलिटर २८ रुपैयाँ देखि ३५ रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

माइवेनीको इतिहास

माइवेनीको इतिहास
चार माईको अंगालोमा बाँधिएको इलाममा लाग्ने माईवेनी मेलाको आफ्नै महत्व र इतिहास छ । हिन्दु धर्म-संस्कृति अनुसार माघे संक्रान्तिमा मकर स्नान गर्नाले एक कल्प सम्म तप गरेको पुण्य मिल्छ भन्ने विश्वास छ । त्यसैले प्रत्येक माघे संक्रान्तिमा पवित्र स्थलमा गई स्नान गरेर पुन्य कमाउने चलन सबैतिर चलेको छ । इलाम जिल्लाको हकमा सदरमुकाम इलामबजारबाट दक्षिण - र्पूवमा माई र जोगमाईको दोभान माइवेनीमा भव्य मेलाका साथ हजारौंको वलि चढाएर र सयौं जोडी परेवा उडाएर मकर नुहाई माघे संक्रान्ति मनाइन्छ । तर यहाँ कहिलेदेखि यो मेला प्रारम्भ भयो र यसअघि के गरिन्थ्यो भन्ने एउटा खोजको विषय हो । त्यसैले यहाँ यही कुरालाई बढी महत्व दिइएको छ ।
बुढा- पाकाहरुका कथाहरु सुन्दा माइवेनीमा मकर नुहाइनु भन्दा अगाडि यही माइको झापाको सुरुङ्गास्थित माइधारमा मकर नुहाउने प्रचलन थियो । त्यहाँ सम्म पुग्न नसक्नेहरु घर तिरै धारामा , खोला- खोलामा नुहाएर भए पनि मकरको पुन्य कमाउने गर्थे । जब गजराजसिंह थापा इलाममा बडाहाकिम भई आए, उनीसंगै श्रीमती बदनकुमारी थापा -राणा प्र।म। जंगबहादरकी छोरी) पनि इलाम गौंडामा आएकी थिइन । काठमाडौंमा धार्मिक मूल्य र मान्यतामा र्हुकिएकी बदनकुमारी इलाममा मकर नुहाउन नपाई श्रीमानसंग गुनासो गर्न थाले पछि उनलाई सो अवसर जुटाइदिने सुरमा बडाहाकिम थापाले माई र जोगमाईको दोभानमा वि।सं १९२०र२१ तिरबाट यो मेलाको सुरुवात गराएका हुन । बेनीमा मेला लाग्ने भन्ने भएपछि सदरमुकाम र वरपर सबैतिर मेलामा जान भनी सबैलाई भन्र्दै गरियो । फलस्वरुप प्रथम वर्षको मेला सफलतापूर्वक सम्पन्न भयो ।
माइवेनीमा मेला लाग्न थालेपछि पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, दार्जिलिङ्ग लगायतका ठाँउबाट पनि मकर नुहाउन आउनेहरुको भीड लाग्न थाल्यो । भनिनछ ताप्लेजुङ्ग - पाँचथरबाट मेला शुरु हुनु पूर्व नै मानिसहरु आई पाल बनाएर बस्ने गर्थे र मेला सकिएको ५-७ दिनपछि मात्र उठेर जाने गर्थे । यसरी मकर संक्रान्तिको महिमाबाट शुरु भएको माइवेनी मेला पछि -पछि एक महिनासम्म पनि लाग्ने भएको थियो । पछि घटाएर १५ दिन, ७ दिन गर्दै हाल ३ दिन लाग्ने गरेको छ ।
यसरी वडाहाकिम थापाले शुरु गराएको माइवेनी मेला पछि वडाहाकिम राजसमसेरले व्यापक बनाएका थिए। आफ्नो धर्म संस्कृति प्रतिबद्ध यी लब्ध पुरुषहरुले शुरु गरेको पुन्य कार्य आजसम्म पनि प्रचलन कै रुपमा रहिरहेको छ । हरेक वर्ष माइवेनीमा स्वदेशी र विदेशी गरी हजारौं श्रद्धालु भक्तजनहरुको घुँइचो आजसम्म पनि टुटेको छैन । माइवेनीले आज आफ्नो परम्परा मात्र थामेको छैन इलामको पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य सहयोग पुर्‍याएको छ ।


दोस्रो स्वयम्भू ः साङगे छोलिङग गुम्बा

पेम्बा लामा÷इलाम
भौगोलिक र प्राकृतिक दृष्टिकोण्ँले सुन्दर जिल्ला इलामको सदरमुकामबाट १९ किलोमिटर पूर्वतिर पर्ने नया“बजार गाविसको सुन्दर हरियाली डा“डा सम्बाबुङको टुप्पोमा अवस्थित प्रसिद्ध साङगे छोलिङग गुम्बा धार्मिक गन्तव्य तथा पर्यटनको लागि आकर्Èक र महत्वपूणर््ँ रहेको छ । यसलाई काठमाडौंको स्वयम्भुपछि दोस्रो पवित्र स्थानको रूपमा पनि लिईन्छ । बौद्ध र हिन्दु धर्मावलम्वीहरूको अगाध आस्थाको केन्द्रविन्दु यस गुम्वाको स्थापना वि.सं १९४० भन्दा अगाडि नै भएकोले नेपाल भित्रका प्राचीन गुम्बाहरूमध्ये यो गुम्बा एक हो । ऐतिहासिक आधारहरूले यस गुम्बाको कसरी स्थापना भयो भन्ने बारेमा एक किंवदन्ती रहेको छ ।

त्यसबेला भोट (हालको तिव्वत)मा रहेका लामाहरूको समूहले ज्योतिÈ विज्ञानद्वारा हाल गुम्वा रहेको स्थानमा देवताहरूको बास रहेको जनाए । उक्त स्थानलाई गरूडरूप भगवानले रÔा गरिरहेको भनी गुम्बा बनाउन सुझाए । यस कार्यका लागि तिव्वतबाट नै पेमा लामा नाम गरेका प्रसिद्ध बौद्ध धार्मिक गुरू आई गुम्बा निर्माण्ँ गर्न लगाएका थिए । गुम्बा निर्माण्ँका लागि तिव्वतबाट नै कालिगढ स“गै ल्याई त्रिमूति र्देवीदेवताहरू, गुरू रिन्पोछे, हरितारा र स्वेतताराको मूति स्थापना गरेका थिए । यहीं नै यस गुम्वा  स्थापनाको सुरूवाती दिन रहेको किंवदन्तीको भनाई रहेको छ ।गुम्बाको स्थापनापश्चात लामो समयसम्म तिव्वतबाट नै बौद्ध शिÔामा उच्च शिÔा हासिल गरेका धार्मिक गुरूहरूले यस गुम्बाको संरÔण्ँ गरिआएका थिए । तर वि.सं १९९० सालको भूकम्पले तत्कालिन २ तले भवनलाई Ôति पु¥याएको थियो । Ôति पुगेको गुम्बाको पुननिर्माण्ँ गर्नको लागि बौद्ध धर्मावलम्बी लाकी शेर्पा तिव्वत गई गुम्बाको नक्सा तयार पारी ल्याएका थिए । हालको गुम्बा त्यही“ समयमा निर्माण्ँ गरेको गुम्बा रहेको प्रमाण्ँ यथावत् रहेको छ । वि.सं. २०१० यता भने स्थानिय बौद्ध समुदायबाट कोÈ खडा गरी गुम्बा सञ्चालन र संरÔण्ँ गर्दै आईरहेका छन् । भारतको मैसुरमा अवस्थित प्रसिद्ध स्वणर््ँ गुम्बाबाट स्थानीय पेम्बा लामा दिÔित भएर आएपछि भने यस गुम्बाको विकास र ईतिहासमा महत्वपूणर््ँ योगदान पुगेको छ । यस गुम्बालाई वि.सं. २०५९ पछि मैसुर गुम्बाका अवतारी गुरू पेमा रिन्पोछेको संरÔण्ँमा राखेपछि यस गुम्बाको धार्मिक महत्वका साथसाथै पर्यटकीय महत्व पनि झनै बढेको छ । गुरू पेमा रिन्पोछेको संरÔण्ँमा नेपालको फर्पिङमा अर्को पनि गुम्बा रहेको छ । यस गुम्बामा नेपालका लागि जापानी राजदूतले समेत भ्रमण्ँ गरेका थिए ।
हाल यस गुम्बामा एक आधुनिक स्कुल स्थापना भएको छ । गुम्बाको नियमित कार्यमा संलग्न हुनु बाहेक गुम्बाले भारतको देहरादुन, दिल्ली, सिक्किमसम्म गएर धार्मिक कार्यहरू पनि सम्पन्न गर्ने गरेकाछन् ।
यस गुम्बाले वन्यजन्तु तथा वातावरण्ँ संरÔण्ँको लागि बर्Èेनी दश हजार भन्दा बढी विरूवाहरूको वृÔरोपण्ँ गर्दै आईरहेको छ । यस Ôेत्रमा पाईने वन्यजन्तु पाण्डा, मयुर, मृग, खरायोको संरÔण्ँ गर्न र चोरी शिकारी गर्न प्रतिबन्ध लगाउनमा पनि सहयोग पु¥याईरहेकोले यस गुम्बा अहिंसा र प्राण्ँी कल्याण्ँमा पनि एक उदाहरण्ँको रूपमा रहेको छ ।
बौद्ध धर्मावलम्बी भएपनि यस गाविसमा रहेको शिव मन्दिरका संस्थापक ‘बाला साधु’ को शालिक स्थापना गरी धार्मिक सहिष्ण्ँुताको उत्कृष्ट नमूना प्रदर्शन गर्ने पहिलो बौद्ध धार्मिक संस्था बनेका छन् । ०६५ सालमा स्तुपा निर्माण्ँको लागि करिव ५४ लाख संकलन गरेका थिए । स्तुपा निर्माण्ँलगायतका कार्यले यस Ôेत्रलाई धार्मिक पर्यटकीय Ôेत्र बनाउन समेत मद्दत पु¥याएको छ ।
छोटो समयमा नै साङ्गे छोलिङग गुम्बा र संस्थाले यस Ôेत्रको विकास र सामाजिक क्रियाकलाप गरेर उदाहरण्ँीय बनेका छन् । यसरी नै अघि बढ्ने हो भने यो गुम्बा निकट भविष्यमा नै बौद्ध धर्मावलम्बीहरूको अध्ययन र अनुसन्धान केन्द्र बन्न सक्ने संभावना देखिएको छ । त्यसैगरी यो स्थान तिर्थ पर्यटनको लागि पनि निकै महत्वपूर्ण सावित हुने देखिन्छ । पर्यटकको लागि यो क्षेत्र आत्मिक शान्ति र अध्ययन अनुसन्धानको लागि उपयुक्त हुन्छ । पर्यटन बर्ष २०११ मा यो क्षेत्रलाई प्रवद्र्धन गर्न सकेमा यो क्षेत्रको विकासमा पनि यसले सहयोग गर्न सक्ने देखिन्छ ।

पञ्चकन्या देवीस्थान

नेपाली विकिपीडियाबाट
पञ्चकन्या देवीस्थान नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलइलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम इलाम बजार देखि करिब ६.५ कोष पूर्व पञ्चकन्या गाविसमा पर्ने यस धार्मिक स्थलमा बैशाख शुक्ल पूर्णिमाको दिन झ्याम्टे मेला लाग्दछ। यहाँ प्रत्येक बर्ष महानवमीका दिन मारहान्ने चलन छ। पञ्चकन्या गाविसमा पर्ने यस ठाउँको पुरानो नाम आइतबारे हो।

शंकरदेवी

नेपाली विकिपीडियाबाट
शंकरदेवी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलइलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। इलाम नगरपालिका स्थित शंकरदेवीको मुर्ती एउटा ढुङ्गा निस्किएर उत्पत्ति भएको मानिन्छ। यहाँ वरीपिर छिन्ताङ्गदेवी र शिव मन्दिर छन्। प्रत्येक मंगलवार बिहान बेलुकी १०८ पालामा बत्ती जलाएर पूजा गरिन्छ।


सिंहदेवी देविस्थान

नेपाली विकिपीडियाबाट
सिंहदेवी देविस्थान नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलइलाम जिल्लाको लुम्दे गाविस वडा नम्बर ९ माल्टेनी गाउँमा रहेको धार्मिक पर्यटकीय स्थल हो। यो देवीस्थलमा ठूला ठूला चेप्टो चट्टानहरूले घेरिएर बनेको मनमोहक गुफा पर्दछ। गुफा भित्र प्रबेश गर्ने २ वटा प्राकृतिक प्रवेश द्वारहरू छन्। देवीको मूलथान गुफा भित्र केही उच्च धरातलमा अवस्थित छ। गुफा भित्र रहेको इन्द्रायणी देवस्थल देखि प्रारम्भ भई जलकन्या देवीथान सम्म जाने आश्चर्य ढंगले निर्मित करिब ४० मिटर लम्बाईको भएको चट्टानबाट बनेको छ। सुरूङ्ग मार्ग नै यस देवस्थलको आकर्षणको केन्द्र बिन्दु हो।

Tuesday, September 3, 2013

Mabu village




Mane Bhanjyang, ilam

View of Mane Bhanjyang, ilam

Sakela Dance, Ilam

उभौली साकेला यले दोङ्ग्-५०७३ को सुखद अबसर मा मुलुक भित्र र देश बाहिर रहनु भएका सम्पूर्ण किराती तथा गैर्-किराती हरुमा सुश्वासथ्व र दिर्घायु को मङगलमय शुभकामना । ।सेवा,जय किरात ।