"नाली धारा"- हेर्दा साधरण धारा देखिए पनि यो धाराले ईलाम को एउटा इतिहास बोकेको धारा हो । राणा शाषण कालमा यही धाराको पानी सखुवाको काठको डुढ बनाएर पहिलाको पटाङगिनी ( हालको जिल्ला प्रशासन कार्यालय) लगभग १ किलो मिटर भन्दा नि लामो दुरि बाट पानी ल्याई प्रयोग गरेको कुरा धेरै अग्रज (बुढापाका) लाई अझै नि थाहा छ (त्यती लामो दुरी बाट काठको डुढबाट पानी ल्याई ईलाममा पहिलो पटक र अन्तिम प्रयोग भएकोले ईतिहास भन्न खोजेको ) आजभोलि काठको डुढ नभए नि धारा भने छदैछ ( जसको तस्बिर हो यो ) केहि बर्ष अगि सम्म बजार तिरको जग्गा खनजोत गर्दा डुढ भेटिएको थियो , यो इलाम ९ मा अवश्थित छ, ईलाम बजार बाट यो उत्तर - पश्चिम दिशातिर पर्छ । म स्वयम ले पनि यो धारा मा काठको डुढ देख्ने अवशर पाएको हो ,पछि काठ कुहिएको कारण फलामको पाइप को प्रयोग गरिएको हो तर अझै पनि यो धारालाई नाली धारा कै नामले चिनिन्छ । पहिला एउटा मात्र डुढको धारा थियो आजकल २ वटा धारा छ ।
by rajin khadka
by rajin khadka

No comments:
Post a Comment