All articals of Kirat rai



ह्वाङ्सिलिको संक्षेपमा परिचय
ह्वाङ्सिलिको संक्षेपमा परिचय
उहिलेका मानिसहरु अहिले जस्तो घरहरु बनाएर व्यवस्थित् ढंगले बसेका थिएनन् भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । त्यस समयमा मानिसहरु वन–जङ्गलमा घुमन्ते–फिरन्ते अवस्थामा रहँदा ठूला–ठूला रुखका आँड, ओडार, गुफाहरुमा सुरक्षित महशुस गर्दथे । यस्तो अस्थाई बसाईमा उनीहरुलाई जिविका चलाउन कष्टकर हुन्थ्यो । अनेकौ दुःख–कष्टहरु भोग्न बाध्य हुन्थे । यस्तो जोखिमपूर्ण अवस्थामा रहँदा–रहँदै बेलाबखत उनीहरुले जीवनमा रोग–व्याधिको भयङ्कर चपेटामा जीवन व्यतित गर्नुपथ्र्यो । अहिलेको समयमा जस्तो चिकित्सक, वैद्यहरु थिएनन् । मानिसहरुको उपचारको नाममा धामी–झाँक्री र विजुवाहरुले शिद्ध–शिकारी खबुझाएर ओखतीको रुपमा प्रयोग हुने जडिबुटीहरु बिरामीलाई खुवाई–पियाई वा शरीरमा  घसेर उपचार गर्ने गर्दथे ।

    यस्ता तन्त्र–मन्त्रले पनि बिरामीलाई यदि ब्यथाले छोडेन, बिरामीबाट मुक्त भएन भने आफूले मान्ने गरेको मुन्दुमकार तथा आफ्नो समुदायका अगुवा व्यक्तिहरु भेला भएर बिरामीलाई थाहा नदिई आफ्नो पित्रिदेवहरुलाई धार्मिक मूल्य–मान्यता अनुसार यो फलानो नामको बिरामीलाई यो रोगबाट मुक्त पारिदियौं भने आउँदो दिनहरुमा उसले तिमीहरुको नाम पुकार्ने छ, मान–सम्मान गर्नेछ भनेर आफ्नो कूलपित्रीसँग नक्सो वा ङावुचा (चयोला) ले भाकल गर्ने गर्दछन् । यसरी भाकल गरेको केहि दिनपछि बिरामीको वयथा बीसको उन्नाईस भएमा आउँदो सालहरुमा आफ्नो अनुकूल मिलाएर त्यस सालको उद्यौंली (न्वागी÷न्वाङ्गी) गरी सकेपछि यो पूजा गर्ने गरिन्छ । यो पूजालाई ह्वाङ्बोचो, ह्वाङ् सिली र सेग्रो भनेर यहाँका वायुङ् ÷बाहिङ किराँत समुदायले बुझ्ने गरेका छन् । यो पूजा तीन अवस्थामा गरिने र्र्धािर्मक परम्परा रहि आएको पाईनछ । पहिलो माथि उल्लेख गरे अनुसार भाकल गरेर गरिन्छ भने दोस्रो आपूm आर्थिक रुपमा ुसवल भएर समाजमा प्रतिष्ठित हुनका साथै आप्mनो पित्रीदेवहरुलाई अझ सन्तुष्ट पारेर जीवित हुँदा नै आप्mनो स्वभाव तथा स्वईच्छा अनुसारको बुलामनिङ (मृत्यु पश्चात् पवित्र नाम) ग्रहण गर्नु हो ।  जुन बुलामनिङ अन्य सामान्य व्याक्तिले पनि मुत्यु पश्चात् पाउने  गर्दछन् । तेस्रो फुक्सो ब्लाचो आर्थिक हिसाबले केही बोझिलो भएपनि धार्मिक र सामाजिक हिसाबले यो अत्यन्त महत्वपूर्ण कार्य पनि हो ।



    धर्म, धाषा, संस्कृति लगायत अन्यरीतिरिवाजहरु एउटै भएपनि यो पूजालाई बायुङ÷बाहिङ समुदायले छुट्टा–छुट्टै नामले बुभ्mने गर्दछन् भने कार्यशैलीमा पनि आ–आप्mनो क्षेत्र अनुसार केही भिन्नताहरु रहेको पाईन्छ । ह्वाङ् बोचो, ह्वाङ सिली र सेग्रो भन्ने यी शब्दहरु अहिलेसम्म विभिन्न क्षेत्र अनुसार प्रचलनमा रहिरहेको छ । बायुङ÷बाहिङ मुन्दुमकारहरुका अनुसार राजा वा शक्तिशाली व्यक्तिलाई ह्वाङ् भनेर भनिन्छ भने बोचो भन्नाले फुल्नु भनेर भनिन्छ । अर्थात् राजा जस्तै शक्तिबालीरुपी  पूmल भएर फुल्नु, आप्mनो कुल पित्रीमा पूmल जस्तै पवित्र हुनु भनेर ह्वाङ् बोचोको अर्थ लाग्ने गर्दछ । त्यस्तै साधारण भाषामा ह्वाङ् सिलीलाई राजा नाच भनेर बुझिन्छ भने मुन्दुमकारहरुका अनुसार ह्वाङ् सिलीको अर्थ, ह्वाङ् भन्नाले राजा, सी भन्नाले तान्त्रिक शक्ति र लि भन्नाले बाँणलाई बुझाउँछ । अर्थात् कुल पित्री तथा तान्त्रिक शक्तिको माध्यमबाट राजा र बाँण जस्तै शक्तिशाली हुनु भनेर बुझिन्छ । त्यस्तै सेग्रोको अर्थ, से भन्नाले शुद्ध वा पवित्र र ग्रो भन्नाले कुनै पनि कार्यमा जुट्नु भनेर सेग्रोको शब्दार्थ लाग्ने गर्दछ । अर्थात् पवित्र कार्यको लागि एकजुट हुनु भन्ने जनाउँदछ । अन्यमा पाठकबर्गमा प्रतिक्रियाको अनुरोध गर्दछु र आउने अङ्कमा ह्वाङ् बोचोको विभिन्न प्रक्रियाहरु, आवश्यक सामग्री तथा अन्य जानकारीहरु प्रस्तुत गर्ने प्रयास गर्नेछु । धन्यवाद ।      


    लेखकः– बुद्धि कुमार ह्वाङ्गु राई

    गोरुमारे भञ्ज्याङ्ग, ओखलढुँगा गा.वि.स.–३
               ओखलढुंगा
माझ किरातवासी किरात बान्तावा राई जातिको धर्म, संस्कृति तथा संस्कारहरू
माझ किरातवासी किरात बान्तावा राई जातिको धर्म, संस्कृति तथा संस्कारहरू

खण्ड १
१. किरात राई धर्म–संक्षिप्तता
किरात धर्म जस्तो विशद, विशाल अनि गहन विषय बारे विस्तृत रूपमा उल्लेख गर्न सम्भव नभएकोले यस धर्म बारे आंशिक प्रकाश पार्ने प्रयास गरिएको छ ।
    किरात जातिहरूले सृष्टिको आदिम अवस्था माङ, सुम्निमा पारुहाङकालदेखि मानी आएको लोक व्यवहार, चलन, रीतिथितिलाई नै किरात धर्म तथा संस्कार संस्कृति भनेर बुझिन्छ । सर्वशक्तिमान ‘माङ’ को इच्छाले जल, थल, पृथ्वी, आकाश, तारा मण्डल (पारुचोक÷ग्लष्खभचकभ) को उत्पत्ति भएपछि पृथ्वीलाई सुन्दर बनाउन मानवको जन्म भई त्यहाँ विभिन्न रीतिथिति, संस्कार, चालचलन र सभ्यताको रूपमा फुल्न फल्न थालेपछि संसारमा यस्ता धेरै धर्म, संस्कार र संस्कृतिहरूको जन्म भएको हो । संसारमा विकसित भएका यस्ता धेरै धर्म, संस्कार र संस्कृतिहरू पृथ्वीको विभिन्न सभ्यताका केन्द्र मानिने भू–भागहरूमा फैलिई किरात, हिन्दू, मुस्लिम, बौद्ध, क्रिश्चियन, जैन इत्यादि धर्महरूको जन्म भएको पाइन्छ । गैर किरात धर्मग्रन्थहरूमा पनि प्राचीन इतिहास बोकेका किरातहरूको विषयमा उल्लेख भएको पाइन्छ । किरात धर्म मुन्दुम्मा आधारित धर्म हो र पुर्खाहरूले समय समयमा निरन्तर वाचन गर्दै आइरहेको हुनाले किरात धर्म मुन्दुम्मा आधारित धर्म
मानिन्छ ।
    किरात धर्म साथै संस्कृतिका आदिम स्रष्टाहरू निनाम्बुङमा, रुमुहाङ, सुम्निमा र पारुहाङ हुन् । सुम्निमालाई धरती र पारुहाङलाई आकाशको प्रतीकको रूपमा लिइन्छ । त्यस्तै किरात सभ्यताका अर्का आदिम नारी र पुरुषको रूपमा तायामा, खियामा, हेच्छाकुप्पा (खाक्चिलिया) र उनको सहधर्मिनी नागेलुमलाई मानिन्छ । किरात धर्म, संस्कार र संस्कृतिलाई फुलाउने फलाउने तथा त्यसलाई स्थापित गर्ने कार्य उनीहरूबाट भएको
हो । खास गरेर किरातहरू आफ्ना प्राचीन धार्मिक विश्वासबाट विचलित नभई अद्यावधि आफ्नै किरात धर्ममा दृढ रहेको कुरा ऐतिहासिक तथ्य साथै उनीहरूको वर्तमान धर्म सहिष्णु व्यवहारले पनि पुष्टि गर्दछ । त्यसकारण किरात धर्म भनेको किरात जातिको उत्पत्ति भएदेखि नै चलिआएको विश्वको सबैभन्दा जेठो धर्म हो ।

२. किरात राई धर्मका विशेषताहरू ः
माङखिम÷माङकोठा ः  आफ्नो माङ÷पित्री पूज्ने ठाउँ (मन्दिर) विशेष रूपमा सुरक्षित बनाई आफ्नै घरमा
(सुप्तुलुङ,  छेम्बीमाङ, वाक्टाम्छु र तुम्पुछुक) आदि राखिन्छ ।
क)     प्रकृति पूजक – धरती, आकाश, घाम, पानी, हावा, सिमेभुमे, खोलानाला, जंगल, भीर, पहरा, आगोलाई समयानुसार (ऋतुहरूमा) आदरका साथ मानी पूजा गर्ने ।
ख)     पित्री पूजक – आफ्ना मृत पुर्खाहरूलाई ऐतिहासिक पित्रीत्व शक्ति मानी आफ्ना सृष्टिकर्ता पित्री
(वंश–कुल) हरूको आदर तथा सम्मानार्थ वार्षिक वा समय समय (ऋतु)मा आवश्यकता अनुसार माङको पूजा गर्ने । पुनर्जन्मको कुरामा विश्वास नगर्ने, पित्रीहरू (माङ) लाई आशिर्वाद माग्ने र सन्तानको बाटो बन्द नगर भनी सावधानी पनि गराउने ।
ग)    वर्ण विभाजनरहित समाज – पृथ्वीमा मानवको जन्म भएपछि किरातहरूले सबै मानव समान हुन् सानो ठूलो जात हुँदैन भन्ने मान्यता राख्दछन् (बाहुन, क्षेत्री, वैश्य, शुद्र भन्ने वर्ण विभाजन मान्दैनन्) ।
घ)     छुवाछुतको भेदभाव हुँदैन – किरातहरूले उच्च, निच, छुत, अछुत जात हुन्छ भन्ने मान्दैनन् र छुवाछुत भन्ने जान्दैनन् ।
ङ)     लिङ्गभेद रहित समाज – महिला र पुरुषमा समान व्यवहार र अधिकार हुन्छ । किरात राईहरूमा मातृसत्ता र पित्रीसत्ता दुवैको सहअस्तित्व कायम हुन्छ । पाछा जनाउँदा महिला र पुरुष दुवैको सामाई समानान्तर ढंगले चलनमा आउँदछ ।
च)     चाडलाई विशुद्ध सामाजिक धार्मिक चाडको रूपमा मान्ने – यसलाई कसैको विजय, पराजय वा सत्ता प्राप्तिको उत्सव नठान्ने । संसारमा विकसित भएका गैर किरात धर्म प्रति सहिष्णुता राख्ने ।
छ)     सामाजिक भावना राख्ने – सामूहिक जनशक्ति परिचालनमा सधै ‘म’ नभनी ‘हामी’ भन्ने सहयोगात्मक भावनाले कार्य गर्ने ।
ज)     मूल धर्मग्रन्थ मुन्दुम् (दर्शन) – किरात राई धर्मको मूल लयात्मक मौलिक मौखिक मुन्दुम्  हो । यसमा किरात राई जीवन दर्शन, पृथ्वी, अन्तरिक्ष, हावापानी, पशुपंक्षी, झारजंगल तथा मानव उत्पत्तिका तर्कसंगत अवधारणाहरू उल्लेख गरिएका छन् । मुन्दुम्मा समस्त किरात राईहरूलाई एक सूत्रमा बाँधी वर्ग विहीन जातीय समानता, अन्य धर्मप्रति सहिष्णु र उदारताको सिद्धान्तलाई अंगालिएको छ । मुन्दुम् अनुसार ‘माङ’ लाई सर्वव्यापी, सर्वशक्तिमान, सर्वज्ञाता, अनन्त, अद्वितीय, महान् शक्तिका श्रोत मानी पूजिन्छ जसले सम्पूर्ण मानव जातिहरूलाई आपत विपतबाट उद्धार गरी रक्षा गर्ने कार्य गर्दछन् भन्ने विश्वास गरिन्छ ।
    सुम्निमा र पारुहाङको अनेकौं वृत्तान्तहरूमा कतै आध्यात्मिकताले प्रश्रय पाएको देखिन्छ भने कतै धरती र आकाशको सृष्टिमा मानवलाई ब्रह्माण्डभित्रको एउटा अंश वा उपज मानिएकाले प्रकृति या भौतिकतासंग किरात धर्म र संस्कार संस्कृति ज्यादै नजिक रहेको पाइन्छ । यता तायामा, खियामा, हेच्छाकुप्पाको वृत्तान्तमा पनि अध्यात्मिक भन्दा भौतिक पक्षलाई नै जोड दिएको र आज पर्यन्त त्यसको प्रचलनमा किरातीहरू अनुबन्धित भई आफ्ना धर्म, संस्कार र संस्कृतिलाई धुमधामका साथ मनाउँदै आएकाले किरात धर्म तथा संस्कार संस्कृतिमा आध्यात्मिकताभन्दा बढी भौतिकवादको पृष्ठपोषण भएको पाइन्छ ।
    संसारका सबैजसो धर्महरूमा पाइने मिथकताको सम्मिश्रण तथा लोक कथाको पात्रहरू जस्तो भूमिका रहेको देखिएकाले आजको वैज्ञानिक युगमा त्यसको पुष्टि हुनलाई कठीन नै पर्छ । किरात धर्म पनि यसको अपवाद हुन सक्तैन । तथापि किरात धर्मका विविध रचनाहरूमा विज्ञान सम्मत कुराहरू खोजी गर्ने आधारहरू यथेष्ट छन् । किरात धर्म, कर्म, संस्कार (कथित भगवानको) शक्तिसँग सम्बन्धित नभई मानवीय व्यवहार, चालचलन, आवश्यकता र सामाजिक रूपले मानवीय प्रगतिशील क्रियाकलापसँग अत्यन्त सम्बन्ध रहेको पाइन्छ ।
    प्राग्इतिहासकालमा लेखन कलाको विकास नभएको हुनाले किरात धर्म तथा संस्कारहरू लिखित रूपमा आउन सकेनन् यसको दोषी पुर्खाहरू होइनन् । अनि लिखितममा मात्र सत्यता हुन्छ भन्ने कुरा पनि स्वयंमा सत्यता होइन । इतिहास जित्नेको माात्र हुन्छ हार्नेको हुँदैन भन्ने पनि उक्ति छ । तसर्थ संसारका सबै लिखित इतिहासहरू पूर्ण सत्य छन् भनेर विश्वास गर्न सकिने आधार छैन । त्यो आलोचनाको विषय पनि बनेको पाइन्छ । जहाँसम्म किरात धर्म तथा संस्कृतिको प्रश्न छ यो अलिखित भई मुन्दुम्मा वा मुखले वाचन गर्ने धर्म, संस्कृति संस्कार वकितमग्रन्थको रूपमा मात्र पुस्तौं पुस्तासम्म रूपान्तर भई आएकाले ठाउँ अनुसार कुनै प्रसंगहरू किरात राईहरूको हरेक गाउँ, खोलाटोलामा फरक रहेको भए तापनि किरात पित्री ‘माङ’ एउटै छन् – निनामबुङमा, रुमुहाङ, सुम्निमा, पारुहाङ । सुम्निमा पारुहाङलाई सृष्टिको आदिम स्रष्टाहरू मानिएको छ भने तायामा, खियामालाई आदिम सीपका आविष्कारक÷धनी तथा हेच्छाकुप्पा र नागेलुमलाई प्रकृति पूजकको अगुवा, सामाजिक व्यवहार, रीतिरिवाज, चालचलन, परम्परा र संस्कृति संस्कारका स्रष्टा वा पालकको रूपमा मानिएको पाइन्छ । यी महिला तथा पुरुषहरूमा अतिरञ्जित हुने त्यस्ता चमत्कारिक कुराहरू नहुनु नै भौतिकतासँग मेल खानु हो ।
    मुन्दुम्को प्रचार प्रसार विभिन्न कारणले हुन नसकेकाले स्वधर्मको नाम समेत बिर्सेर आजभोलि केही किरात राईहरू वाध्यतावश अन्य धर्मको प्रभावमा पर्नु ज्यादै दुःख र लाजमर्दो कुरा हो भने मुन्दुम्लाई आजसम्म पनि कण्ठस्थ पारी बचाई राख्नमा हाम्रा धर्म संस्कारका अग्रजहरू माङमा, माङपा, नाक्छोङ, नोक्छो, नक्छो, नछुङ, जाम्चा, ज्वाम्चो, दोवा, दोवाङ, बिजुवाहरूको अविस्मरणीय भूमिका र योगदानको जति प्रशंसा गरेपनि थोरै हुन्छ । हाम्रो प्ुर्खाले आर्जेको भूमिमा किरातकालको इतिहास छर्लङ्ग नपारेसम्म नेपालको इतिहास अधुरो रहन्छ र रहेको छ । इतिहासका सबैभन्दा लामो अवधि र सबैभन्दा धेरै पुस्ता राज्य गर्ने किरात वंशको मौलिक मुन्दुम्मा आधारित किरात धर्मलाई केही कुतत्वले ओझेलमा पार्ने दुष्प्रयास गरे तापनि अब किरातीहरू आ–आफ्नो मौलिक धर्मप्रति सम्वेदनशील भई चिन्तन् मनन्का साथ संरक्षण र संवद्र्धनको निम्ति लागि परेका छन् ।

खण्ड २

क. संस्कृति र संस्कारको अर्थ र परिभाषा
१.

२.

ख. किरात राई जातिको संस्कृति र संस्कार
सृष्टिको आदिम अवस्थामा माङ, निनामबुङमा, रुमुहाङ, सुम्निमा र पारुहाङकालदेखि सृष्टि भई आजसम्म मानि आएको र परन्तुसम्म निःसन्देह मानिरहने मुन्दुममा आधारित लोक व्यवहार, चलन, रीतिथितिलाई नै किरात धर्म, संस्कृति तथा संस्कार भनेर बुझिन्छ । सर्वशक्तिमान माङको इच्छाले जल, थल, पृथ्वी, आकाश, तारामण्डलको उत्पत्ति भएपछि पृथ्वीलाई सुन्दर बनाउन बनस्पतिहरुको उत्पत्ति भयो । बनस्पतिको फलबाट पंछि, बोक्राबाट धमिरा, कमिला, किरा, फट्यांग्राहरुको उत्पत्ति भयो । माङले पुनः सूर्य शक्तिको प्रयोग गरी रुमुहाङको सृष्टि गरे । पुनः माङले हावा, पानी र सूर्यको प्रकाशको सहायताले निनामबुङमाको सृष्टि गरे । सृष्टिको क्रम अगाडि बढ्दै जाँदा पुनः रुमुहाङ र निनामबुङमाको संयुक्त शक्तिले सुम्निमा र पारुहाङको सृष्टि गरे । माङ, (परमपूर्खा) सुम्निमा र पारुहाङले विवेकशील मानवको सृष्टि गरे । विवेकशील मानवको जन्मले अनेकौ सृष्टिहरू भई त्यहॉ विभिन्न रीतिथिति, संस्कृति, संस्कार, चालचलन र सभ्यताको रूपमा पूmल्न फल्न थालेपछि संसारमा यस्ता धेरै धर्म, संस्कृति र संस्कारहरूको जन्म भयो । यसै क्रमलाई निरन्तरता दिइरहने कार्यको फलस्वरूप किरात धर्म, संस्कृति तथा संस्कारको स्वरूप आज किरात राईहरूमा जीवनपद्धति र दर्शनको रूपमा स्थापित भएर रहेको छ ।
हामी किराती राईहरू जति प्राचीन छौं त्यति नै हाम्रो संस्कृति र संस्कार पनि प्राचीन रहेको छ । हामी प्रकृति पूजक हौं । तसर्थ हामी भूमिलाई अन्नदाता वा प्राणदाताको रूपमा मान्छौ । हाम्रो धर्म संस्कृति र संस्कार हाम्रो पुर्खाहरूको कर्म, योगदान, सीप र कला सृष्टिसंग जोडिएको छ । हामी बसेको भूमि नै हामो भूमि हो । नेपालको सन्दर्भमा हामी आदिवासी भूमिपुत्र हौं । त्यसैले यो भूमिसँग हाम्रो सम्बन्ध अगाध हुनका साथै प्रकृति प्रदत्त नैसर्गिक मान्यता हो ।
सृष्टिको निरन्तरता कायम रहदै जॉदा किरात सभ्यताका अर्का आदिम नारी र पुरुषको रूपमा तायामा, खियामा, हेच्छाकुप्पा र उनको सहधर्मिणी नागेलुमलाई मानिन्छ । सुम्निमालाई धर्तीको र पारुहाङलाई आकाशको प्रतीक तथा तायामा, खियामा, हेच्छाकुप्पा र नागेलुमलाई किरात सभ्यता तथा संस्कृति र संस्कारको शिखर व्यक्तित्वको रूपमा लिइन्छ । यस सम्बन्धी अनेकौ कथा, वृतान्त तथा किम्वदन्तीहरू वल्लो किरात, पल्लो किरात र माझ किरातहरूमा यत्रतत्र छरिएर रहेको पाइन्छ । हामी किरात राईहरूको यो धर्म, संस्कृति तथा संस्कार भन्नु नै किरात सभ्यताको इतिहाससंग सम्बन्ध रहेको अकाट्य यथार्थता हो । किनभने यसै विषयवस्तुहरूको सेरोफेरोभित्र आजसम्म किरात राईहरूले दुःख–सुख, उन्नति, विश्वास, आस्था, प्रगति, विकास, निर्माण आदिमा साझेदारीताको अहम् भावनालाई पूmलाउ‘दै फलाउ‘दै अगाडि बढाइरहेका छौं ।

ग. किरात राई जातिको इतिहास
    इतिहासमा किरात जाति भन्नाले मंगोल समुदायमा पर्ने धिमाल, दनुवार, थारु, मगर, गुरुङ लगायत सबै पर्दछन् तर वर्तमान अवस्थामा राई, लिम्बू, याक्खा र सुनुवारले मात्र गर्वकासाथ किरात जात स्वीकारेका छन् । किरात जाति दक्षिण र दक्षिणपूर्वी एशिया क्षेत्रको आदिवासी भएको हुनाले यस जातिको इतिहास अति प्राचीन र व्यापक छ तर यहाँ किरात जातिभित्र पर्ने किरात राईहरूको बारेमा मात्र केही छोटो चर्चा गरिन्छ ।
    वल्लो किरात र माझ किरातका रैथाने जाति किरात राईहरू नै हुन् । आधुनिक केन्द्रीकृत राज्य व्यवस्था स्थापना हुनु अगाडि किरात राईहरूमा संघात्मक राज्य व्यवस्था रहेको पाइन्छ । किरात राईहरू वर्तमान नेपालको पूर्वी भागमा सैकडौं वर्षसम्म सिमित भएर बस्नु परेता पनि उनीहरूको लोक कथा र परम्पराहरू काठमाडौं उपत्यका (यलाखिम)का पटुक दरबार, विरुपाक्षको मुर्ति साथै शिलालेखहरु किरात शासनकालसंग जोडिएका छन् । त्यसैले किरात राईहरू प्राचीन नेपालका किरात राजा यलम्बरको सन्तान हौं भनी गौरव गर्दछन् । तर कालान्तरमा भौगोलिक कठिनता र आर्थिक श्रोतको अभावले गर्दा किरात राईहरू सामान्य कृषक र भारतमा अंग्रेज शासनको बिस्तारपछि ‘गोर्खा सैनिक’ को रूपमा परिचित भएका छन् ।
    किरातहरू संसारकै आदिम  मूल जातिहरूमध्येका हुन भन्ने कुरामा दुई मत छैन । कालान्तरमा सोही जातिभित्र विभिन्न थरीका जातिय समुदायहरू विकसित भए र ती नै समुदाय भित्र एक समुदायको रूपमा राई जातिको उत्पत्ति भयो । त्यसपछि भन्न थालियो – किरात राई । किरातभित्र राईहरूको उत्पत्ति कहिले भयो भन्ने कुराको इतिहास अत्यन्त खोजको विषय हो । तथापि यसको इतिहासलाई शाके १० शताब्दीदेखि १८ शताब्दीताका “राई” नाम प्रचलनमा आएको कुरा उल्लेख गरेको पाइन्छ । तर यो “राई” शब्द आउन अगाडि शाके १०१७ मा नै “राय” शब्द उल्लेख भएको कुरो भारतको गडवालमा प्राप्त शुरवीसिंह प‘वारका राजदरवारी निजि पुस्तकालयमा संग्रहित भोजपत्रमा लिखित ग्रन्थहरू– काशिकावृत्तिको टिप्पणी र काव्यसुधानिधिको रचयितामा उल्लेख भएको “इति श्री नेपालस्य पूर्वाञ्चल खोटाङक्षेत्रवास्तव्येन चाम्लिङरायकुलभुषणेन हर्कबलीना वीरचिता टिप्पणी समाप्त” वाक्यबाट थाहालाग्छ (पृष्ठ ४०) । तसर्थ “राई” शब्द “राय” शब्दको अपभ्रंश रूप हो । राई शब्द किरात पछि कुनै विशेषण, विशिष्ट उपाधि वा किरातको कुनै एक वंशलाई जनाउन प्रयोग गरिएको पाइन्छ । यी तथ्यहरूबाट किरात र राई एक अर्कामा अन्योन्याश्रित पदावलीहरू हुन भन्ने बुझिन्छ । त्यसैले “राई” भन्ने बित्तिकै त्यसमा “किरात” जोडिन्छ । अझ भन्ने हो भने “राई” लाई जनाउने “किरात” शब्दलाई “किराती” भन्ने शब्द पनि जनजिब्रोमा प्रयोगमा आइसकेको पाइन्छ । त्यसैले ‘किराती’ शब्दले चाहि खास राईहरूलाई मात्र जनाउ‘छ भन्नु अत्युक्ति नहोला । तर “किरात” मात्र भन्यो भने राई, लिम्बु, याक्खा, सुनुवार जातिलाई समेत जनाउ‘छ । अतः यी किरातहरू वल्लोकिरात (विशेषत सुनुवारहरूको बाहुल्य भएको क्षेत्र), माझकिरात (राईहरूको बाहुल्य भएको क्षेत्र) र पल्लोकिरात भन्नाले (लिम्बुहरूको) बाहुल्य भएको क्षेत्र) मानिन्छ । तर यी तीन नै क्षेत्र लगायत अन्य क्षेत्रहरूमा समेत राईहरू छरिएर रहेको तथ्यहरू बिस्तारै खुल्दैछन । यहॉ हाम्रो सन्दर्भ तिनै किरात राईहरूको संस्कृति र संस्कारको बारेमा चर्चा गर्न खोजिएको हो ।

घ. किरात राईहरूको मूल थलो र बसोबास
    काठमाडौं उपत्यकामा किरात शासन अन्त भएपछि किरातहरूको मुख्य थलो धुलीखेलदेखि पूर्व किरात प्रदेश नै हुन गयो । करीब दुई सय तीस वर्ष अगाडि पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकीकरण गर्नु अगाडि सुनकोशी नदी पूर्वतिर फैलिएको किरात प्रदेशमा किरात जातिका सुनुवार, राई, र लिम्बुहरूले राजकाज गर्दथे । किरात भित्रका राई जातिको मुख्य थलो किरात प्रदेश नै थियो ।
    बसाइ सराइको कारणले हाल किरात राईहरू विश्वको विभिन्न भाग र मुलुकहरूमा बसोबास गर्न पुगेका छन् । हाल किरात राईहरूको जनसंख्या नेपालभित्र करीब सातदेखि साढेसात लाख र नेपाल बाहिर भारत, भुटान, वर्मा, हङकङ, थाइलैण्ड, यु.के.र अन्य मुलुकहरूमा त्यसभन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । यसरी नेपाल र नेपाल बाहिर रहेका किरात राईहरूको कुल जनसंख्या पन्ध्रलाख भन्दा बढी रहेको अनुमान गरिएको छ ।
    सन् २००१ को राष्ट्रिय जनगणनाले देखाएको तथ्यांक अनुसार सो वर्षमा नेपालमा राईहरूको जनसंख्या ६,३५,१५१ थियो जसमध्ये २,९४,३३७ अर्थात् ४६.३४ प्रतिशत संखुवासभा जिल्ला लगायत माझ किरातका भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बू जिल्लाहरूमा बसोबास गरेका देखिन्छन् । वल्लो किरातमा पर्ने तीन जिल्लाहरू दोलखा, रामेछाप र सिन्धुलीमा किरात राईहरूको जनसंख्या ५,७४८ अर्थात् ०.९ प्रतिशत मात्र देखिन्छ । पल्लो किरातमा पर्ने धनकुटा, तेह«थुम, पाँचथर, ताप्लेजुङ र इलाम जिल्लाहरूमा किरात राईहरूको जनसंख्या १४४,३१९ अर्थात् कुल जनसंख्याको २२.७२ प्रतिशत रहेको छ । पूर्वी तराइका पाँच जिल्लाहरू जस्तैः झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहामा राईहरूको जनसंख्या १२१,१५५ अर्थात् कुल जनसंख्याको २० प्रतिशत देखिन्छ । त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा २८,३२५ अर्थात् कुल जनसंख्याको ४.४५ प्रतिशत देखिन आउँछ । बाँकी करीब ५ प्रतिशत राईहरू नेपालका अन्य जिल्लाहरूमा छरिएर रहेका छन् । नेपालको पुरानो बसाइ–सराइ पश्चिमदेखि पूर्वतर्फ भएको कारणले किरात राईहरू आफ्ना मूल थलोबाट पल्लो किरात प्रदेश हुँदै भारत, वर्मा र थाइलैण्ड दुई शताब्दि अगाडिदेखि नै पुगेका भएता पनि नेपालको तराइ जिल्लाहरूमा भने सन् १९५० पछि औलो उन्मूलन भए पश्चात् मात्र व्यापक रूपले बसोबास गरेका हुन् ।

ङ. किरात राईका (थर) माङलुङ, सामाई र पाछाहरू –  
    आदिवासी राईहरूको थर र पाछाहरूको विकास यथार्थपरक छ । सुम्निमा र पारूहाङ्को सन्तानको रूपमा संसारभर फैलिएर रहेको किरातहरूको  एक अभिन्न शाखाको रूपमा फैलिएर रहेको किरात राईहरू जातको रूपमा एउटै भए पनि (थर) माङलुङ – पूर्खानाम÷त्यो वंशको पूख्र्यौली विशेषता बुझाउने गरी भनिने नाम, सामाई– वंशनाम÷मूल वंशलाई चिनाउने नाम र पाछा– वंश÷युवालाम्– बाबुको वंश विभिन्न रहेको पाइन्छ । किरात राई यायोक्खाको आजसम्मको अध्ययनले किरात राईहरूको थर जम्मा २९ र २९ सै थरीका भाषाहरू रहेकोमा हाल जिवीत रूपमा २८ भाषाहरू रहेको निम्न विवरणात्मक तथ्याङ्घमा देखिन्छ ।




१. आठपहरे         
२. कुलुङ                  
३. कोयु            
४. खालिङ
५. चाम्लिङ             
६. छिन्ताङ
७. छुलुङ
८. छिलिङ÷छ्यूलुङ
९. जेरङ
१०. तिलुङ      
    ११. थुलुङ           
१२. दुङमाली
१३. दुमी               
१४. नाछिरिङ   
१५. पाङ्तुवाली÷फाङ्दुवाली 
१६. पुमा        
१७. बान्तवा   
१८. बाहिङ                                                       
१९. बुङ्लावा÷साम     
२०. बेल्हारे             
    २१. मुगाली  
२२. मेवाहाङ÷नेवाहाङ
२३. लिङखिम
२४. लोहरूङ  
२५. वाम्बुले                       
२६. याम्फू               
२७. साम्पाङ्ग (साल्पाहाङ?)
२८. सोताङ
२९. चुक्वा÷पोहिङ (हाल लोप भैसकेको )

  

उपर्युक्त २९ थरीका किरात राईहरूलाई जनाउने शब्दहरूलाई थरको रूपमा लिइन्छ र हरेक थरीको आफ्नो सामाई र पाछाहरू रहेका छन् । सामाई भन्नाले किरात राईहरूको प्राचीन परिचय गराउने शब्द जसमा उनीहरूको परम्परागत पुख्यौली थलोबाट आएको र कसको सन्तान भन्ने अर्थलाई समेट्दछ । किरात राईहरु सामाई र पाछाको रूपमा हांगाबिंगा भई पैmलिएको पाइन्छ । किरात राईहरूको विभिन्न थर हुने भएकाले अहिले पनि नचिनेको तर राई जस्तै मानिस देखिएमा “तपाई राई हुनुहुन्छ ?” भनेर परिचय पाइसकेपछि पुनः “कुन थरीको राई हुनुहुन्छ ?” भनेर सोधिन्छ । त्यसपछि यदि आफ्नै थरीको रहेछ भने “कुन पाछा ?” भनेर सोधिन्छ । यदि पाछाबाट उनको परिचय स्पष्ट नभएमा पुनः सामाईबाट पाछा पत्ता लगाउने काम गरिन्छ । यत्तिमात्र होइन यसको प्रयोग  विवाह, कुल पित्रीपूजा, नयॉ अन्नबालीपूजा गर्दा समेत हुन्छ । तसर्थ किरात राईहरूलाई चिन्ने एउटा सर्वमान्य पद्धति भनेको उसको जात, थर, सामाई र पाछा हो भन्ने जान्नु पर्दछ ।
 
खण्ड–३

क.
111111111111111

२.

३. , न्वारान
   



४. ,


५. ,
   

६. ,


७. ,
   






     
८. सुवाहालम रिदुम,  ः
 


ख. किरात राई धर्म तथा संस्कृतिका विशेषताहरू
    किरात राईहरूको धर्म, संस्कार तथा संस्कृतिको निम्न विशेषताहरू रहेका छन –
१. आकाश, सूर्य, धरती, सिमे भूमे, नदीनाला, नाग, आगो, जङ्गल, भिर, पहरालाई पूजा गर्नु,
२. मानव र चराचर जगतलाई पाल्ने सर्वशक्तिमान प्रकृतिलाई मानी वार्षिक रूपमा नयॉ अन्नबाली पाक्ता उधौली र नयॉ बाली 
   छरपाउ गर्दा उभौली भनी प्रकृतिको पूजा गर्ने
३. आफ्ना मृत पुर्खाहरूलाई ऐतिहासिक पित्रीत्व शक्ति मानी वार्षिक वा आवश्यक पर्दा न्वागी र अन्य पूजाहरू गर्ने, 
४. पुनरजन्मको कुरामा विश्वास नगर्ने र मृत पुर्खाहरूलाई आशिर्वाद माग्ने, सन्तानको बाटो वन्द नगर भनी सावधानी पनि
    गराउने,
५. वंश सम्मिलनमा विश्वास राख्ने, त्यसैले अन्य पाछाहरुलाई कुलमा कुटुम्ब, काजमा भाइ तुल्याई आफ्नो पाछामा समावेश गर्ने,
६. वैवाहिक सम्बन्ध नजिकका नाता तथा सजातीय वंशज एवं कुटुम्बहरूसंगमात्र जोड्ने
७. आफ्नो परम्परागत धार्मिक, सांस्कृतिक अनुष्ठानहरू सम्पन्न गर्न अदुवा, अछेता, केराको पात, सोलेन्वा, चोखो जॉड, रक्सी, चरा, 
   माछा, मृग, तथा ‘पित्साको तोत्ला’ र कुखुरा तथा सुगुरको तोत्ला आदिलाई केराको पातमा राखी अति पवित्र धार्मिक वस्तुको   
   रूपमा मानी आफ्नो कुलपित्रलाई चढाउने,
८. हरेक धार्मिक अनुष्ठान, परम्परा र संस्कार सस्कृतिहरू सम्पन्न गर्न नाक्छोङ, जान्नेपुर्खा र बाहिरको लागुभागु धपाउन बिजुवा, 
    झाक्री, वैदाङी धामीहरूको प्रयोग गरिने,
९. हरेक बैशाके पूर्णेदेखि औंशीसम्म उभौलीको अवसरमा साकेवा वा भूमे आदि भनेर भूमि वा प्रकृतिको
   पूजा गर्ने र उधौलीको समयमा नया वर्षको बाली पाकेको खुशीयालीमा चाछोङ्वा÷चाछुवा वा न्वागी चाड मनाउने
१०. छितकी पातकीलाई सामाजिक बहिष्कार गरी एकघरे एकथरेको रूपमा व्यवहार गरी अनुुशासित समाजिक व्यवस्था कायम गर्ने ।
११. गैर जातीय महिला विवाह गरेमा सातथरीका किरात राईहरू भेलागरी दाल ढिडो पकाएर ख्वाई वंशमा प्रवेश
    गराउने ।
१२. पित्रीसत्ता र मातृसत्ता दुवैको सह–अस्तित्व कायम भएको हुनाले किरात राईहरूको पाछा जनाउने कुरामा पुरुष र महिला दुवैको 
    सामाई समानान्तर ढंगले प्रचलनमा आएको पाइन्छ ।
१३. शिर उठाउने ः– जग्गा मुद्धामा हारेमा, श्रीमती पोइला गएमा वा यस्तै अनुचित कार्यबाट व्यक्तिको शिर ढल्न
    गएमा रातो अचना चिसो छपना गरेर सम्बन्धित व्यक्तिको शिर उठाउने चलन रहेको ।
१४. तीनचुला (सुप्तुलुङ) ः– किरात राईको सबभन्दा ठूलो पित्रीपूर्खा मानिएको तीनचुलामध्ये घरको, पाहुनाको र दाजुभाईको चुला     मानिन्छ । 
१५. आवश्यकता र अनुकूलता अनुसार किरात राई समुदायलाई महत्व दिई सामूहिक चुला पनि स्थापना गर्ने,
१६. पित्री तथा प्रकृति पूजाहरूमा रक्सी वा जाँडले मुखजुठो गरेर मात्र पूजा गरिन्छ ।
१७. मृत शरिरलाई चिहान बनाई दबाउने र मृत शरीर जागेमा नाक्छोङद्वारा भत्काई डढाउने प्रचलन रहेको,
१८. घर घडेरी खन्दा, नयाँ घरमा सर्दा, नया कोक्रोमा बच्चालाई सुताउ‘दा कुखुरा काटेर पूजा गरेर मात्र प्रयोगमा ल्याइने,
१९. आफ्नो ज्वाँईलाई छोरा सरह र बुहारीलाई छोरी सरह व्यवहार गर्ने,
२०. महिलालाई सभ्यता, सीप र सृष्टिको आविस्कारक मानिएको,
२१. सेतो लुगालाई शुभ ठानी धर्म कर्ममा प्रयोग गरिने,
२२. भाला, ढाल, तरवार, धनु र काँड, तीर, वाबुक (चिण्डो), भू‘ (अर्नाको सिं), जस्ता सामग्रीहरूको प्रयोग गर्ने,
२३. वार्षिक रूपमा घरमा, वनमा शिकारी वा दिवुङको पूजा गर्ने
२४. वार्षिक रूपमा संसारीपूजा गरेर रोगव्याधिहरू खोलामा बगाउने,
२५. चाडलाई कसैको विजय पराजय र सत्ता प्राप्तिको उत्सव नमानी विशुद्ध सामाजिक धार्मिक चाडको रूपमा मान्ने,
२६. मृतकको नाममा चिनो चौतारौ बनाई बर पिपल रोप्न, पाटीपौवा, सॉगु, बनाउने,
२७. मृतकलाई मृत्यूको प्रकार हेरी सोही अनुसार संस्कार गर्ने चलन रहेको,
२८. खोलामा हुवादोङ वा श्राप बगाउने  ।

ग. किरात राईहरूको प्रमुख चाडबाड तथा संस्कार संस्कृतिहरू
    किरात राईहरूको विभिन्न चाडहरू हुन्छन् ती सम्पूर्ण चाडहरूलाई मुख्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।
१. चुलासंग सम्बन्ध राख्ने चाडहरू
    २. अन्य सामाजिक चाडहरू



नोट ः दोङदावा÷दोङवाङा – उधौली÷उभौली चाडमा किरात राईहरूले प्रकृति÷पित्री पूज्दा साकेवामा प्रायः अनुसरण गरिने सिलीहरू१. फाक्लेवा सिली – शुरु गर्ने २. सुम्निमा (चासुम) सिली – खेतीपाती गर्ने ३. सिकिवा सिली – कपास रोप्नेदेखि कपडा बुनी लगाउनेसम्म ४. खान्नुमा सिली – सौन्दर्य सिली, कोरीबाटी आदि ५. नारावा सिली – क¥याङ कुरुङ सिली ।

माङ्पा÷नाक्छोङहरूद्वारा गरिने सिलीहरू ः १. वाराङकेवा÷चराचुरुंगीहरूको सिली २. वापा÷वामा (कुखुराको भालेपोथी) सिली
३. माक्वा (कल्चुडा) सिली ४. जेक्वा सिली÷माले चरी ५. खाङ्सावा सिली÷चिभे चरी  ६. कुहुक्मा सिली÷हुरी बतासको सिली
७. पारु सिली÷पुर्खा सिली  ८. मीमाङ (माङपाहरुले अगेनामा नाच्ने) सिली ।

ग. थाम्पुमाङ÷थाम्पुङ दिबुङ – शिकारी ः किरात राईहरू शिकारी अवस्थाबाट विकसित हुँदै आएकाले शिकारीलाई ‘थाम्पुङ दिवुङ’ भनी हुङमासुङलाई पूजा गरिन्छ । पूजा गर्दा धनुकाँड, ठोक्रो र पासोको नमूना बनाई चारवटा हाँगा वा लिंगाहरूको बिच भागमा टाँड बनाई केराको पातमा चामल अदुवा र कुखुराको फूल राखिन्छ । थानमा पनि तुप्ला, चामल, अदुवा र एकजोडी चिण्डो राखी मुखिताली (गुलेली) गाडेर, काँसेथाल, कर्द साथै कोदालो, कुटो बञ्चरो, हरिण, थार, भालु आदिको ‘लासाङ तुक्वा’ (खुट्टाहरू) राख्नुपर्दछ । यदि कोही शिकारी भएमा निजले शिकार मारेर ल्याएपछि चुलालाई देखाउनु पर्दछ ।

घ. विविध पूजाहरू (सोताङ, थुलुङ राईहरुको चलन) –
    पित्रीहरूलाई खुसी पार्न तथा दुःख बिमार भएको बखत बलदेउ, कुनै दुःखकष्ट नदेउ, आशिक देउ भन्ने कामना गर्दै बेलाबेलामा सुगुर काटेर मुटु, कलेजो, फियो, फोक्सो, दुवै मिर्गौला, लाम्टा, छात्ती र बोसे जाली गरी नौ परिकारको मासु सिमलीको लौरामा उनी नाक्छोङ र पुर्खाहरूको सामुहिक मुन्दुमद्वारा चुलोमा पोल्ने काम हुन्छ । चुलाको पूजा केवल नाक्छोङ वा माङपा अनुभवसिद्ध बृद्ध पुर्खाले मात्र गर्न सक्तछ ।

२. अन्य सामाजिक चाडहरू ः–


५.१. किरात राईहरूले परम्परागत रूपमा प्रयोग गर्ने औषधिजन्य र व्यवहारजन्य वनस्पतिहरू ः–

प्रकृति र म।नवबीच अभिन्न सम्बन्ध रहेको कुरा किरात राईहरूले आजसम्म प्रयोग गदै आइरहेको बोटबिरुबा र फलफूलहरूबाट थाहा लाग्छ । राईहरूको सामाजिक, धार्मिक, साँस्कृतिक तथा औषधिसम्बन्धि कार्यहरूमा लामो समयदेखि प्रयोग हुदै आएको बोटबिरुवा, फलफूल, घासपात तथा औषधिजन्य बनस्पतिहरू निम्नानुसार रहेको छ ।
नोटः यसमा प्राप्त भएसम्म नेपाली बाहेक वैज्ञानिक नाम दिइएको छ । (श्रोत ः निप्सुङ् वर्ष–११, पूणांक–२१, कार्तिक–२०६१)

१. अंगेरी
२. अडेली कॉडा
३. अदुवा,
४. अदुवा, सानो
५. अदुवा, ठूलो
६. अदुवा  मझौला
७. अमलिसो
८. अमला (पानी÷सानो)
९. अम्बक
१०. असुरो
११. अलैंची
१२. आँक
१३. आँप
१४. आरु
१५. ओखर
३१. कालोपाती
३२. काप्रा
३३. किम्बु
३४. कुकुरदाइनी
३५.कुरिलो
३६. कुविण्डो
३७. कुलुछे फूल
३८. केमुना
३९. केरा
४०. कैजाल
४१. कोइरालो
४२. कोदो
४३. चिमफिङ(धुप पोलेर सुँग्ने)
४४. खनक्पा
४५. खर
४६. खन्यु
४७. खस्रे
४८. खराने
४९. खयर
५०. खर्सु
५१. गजुरगाना
५२. गहते झार (मर्चा बनाउने)
५३. गदवरी
५४. गहत
५५. गिठा भ्यागुर
५६. गुरॉस
५७. घङ्गरुकॉडा
५८. घुङ्रिङ
५९. घोडताप्रे  
६०. घोडाखरी
६१. चर्चरे
६२. चटेला
६३. चन्दन
६४. चॉप
६५. चरि अमिलो
६६. चाक्सी
६७. चिराइतो
६८. चिचिण्डा
६९. चिउरी
७०. चिण्डो
७१. चितुचॉगे
७२. चिलाउने
७३. चुलेत्रो
७४. चुवा
७५. च्याउ
७६. छेवेम्
७७. जरिंगो
७८. जुनेलो
७९. जोगी फूल
८०. ज्यामिर
८१. झाँक्री
८२. टिम्बुर (बोके÷सिल्टिम्बुर÷इक्पा)
८३. टाँकी
८४. टोटोला
८५. ठोट्ने
८६. ढुङग्रे बॉस    
८७. तामार्के
१४५. साल
१४६. सिउँडी
१४७. सिमली
१४८. सिरिस
१४९. सिमल
१५०. सिमरायो
१५१. सिरुको फूल
१५२. सुनपाती
१५३. सुन्तला
१५४. सुनपाट
१५५. सुनाखरी    १६. ओदाल
१७. एेंसेलु
१८.उत्तिस
१९. कचुर
२०. कटहर
२१. कटुस (ढाल्ने÷मुसुरे÷पात्ले÷सानो÷ठुलो)
२२. कदम
२३. कनासे लहरा
२४. कपास, 
२५. काउलो
२६. काग भलायो
२७.  कागती
२८. कागुनी
२९. काठे च्याउ
३०. कालोदाल
८८. तित्री
८९. तीतेपातीे
९०. पिंडालु
९१. पिपल
९२. पिप्ली
९३. फलाँट
९४. फलामकाठ
९५. फच्याङ
९६. फुर्केढोल
९७. बकैना
९८. बखडा
९९. वर
१००. बडहर
१०१. बर्रो
१०२. वनमारा
१०३. बयेँस
१०४. बहबिस
१०५. बाबरी
१०६. बाँस
१०७. बिखुमा
१०८. बिमिरो
१०९. बेत
११०. बेपारी
१११. बेसार
११२. बेलजम
११३. बोझो
११४. बोहोरी
११५. भकिम्ला
११६. भटमास (कालो÷सेतो÷तामे)
११७. भर्ला
११८. भीमसेन पाती
११९. भीर मकै
१२०. भुलेत्रो, भुजेत्रो
१२१. भुइँकटहर
१२२. भैरुङपाती
१२३. भोगटे
१२४. मकै
१२५. मखमली
१२६. मलता
१२७. मलबाँस
१२८. मसेम (राघे÷रातो÷सेतो)
१२९. माखी
१३०. मालागिरी
१३१. मालिङ्गो
१३२. मिचिलिम्
१३३. रिट्ठा
१३४. रिचिफूल
१३५. रुद्राक्ष
१३६. लसुन
१३७. लप्सी
१३८. लंकासानी
१३९. लालुपाते
१४०. लिम्चोफूल
१४१. वनकेरा
१४२. वनबांस
१४३. वनतरुल
१४४. सल्ला (धुपी÷गोब्रे÷दियाले÷रानी÷ढ्यांग्रे)
१५६. सिस्नु
१५७. साम्चीफूल
१५८. सिगाने
१५९. सिमेझार
१६०. सिरु
१६१. हर्रो
१६२. हाडजोडा
१६३. हाडे उन्यु
१६४. हात्तीबार
१६५. हात्तीपाइले लहरा
खण्ड – ६

६.१.     खरानीको बहुप्रयोग ः–
    खरानीलाई किरात राईहरूले आफ्नो लोकव्यवहार, चालचलन, संस्कार र औषधिजन्य कुराहरूमा समेत बहुप्रयोग गरिआएको पाइन्छ ।
    शुरुमा साबुनको प्रचलन नहु‘दा खरानीमा लुगा पकाई धुने गरिन्थ्यो ।
    किरात राईको बिजुवाले झारफुक गर्दा खरानीलाई मन्तरेर निधारमा टिका लगाई दिने र दुखेको ठाउ‘मा दलीदिने गर्दछ ।
    घरबाट बाहिर यताउता जॉदा हिड्दा त्यही खरानी र चुलाको मोसो झिकेर बच्चा वा कुनै यात्रीको निधारमा दलीदिएपछि भूतप्रेत, लागुभागु केही लाग्दैन ।
    पेटदुखेमा, वा पखालो चलेमा पूmलखरानी हातमा दली आगोमा सेकाउ‘दै पेटमा हात डामिन्छ, यसले दुखाई सञ्चो हुन्छ । फूल खरानी बेलुकी पानीमा राखी बिहान पिएमा पेटको जुका मर्ने गर्दछन् ।
    चिलाउने घाउ खटिरा आएमा खरानी दल्ने पनि चलन रहेको छ ।
    सुंगुर काटदा सुंगुरको छालामा बेसार र खरानी दलेर सुन्दर बनाइन्छ ।
    बोटविरुवामा किरा, पतेरा लागेमा खरानी हान्ने चलन रहेको छ ।
    जॉडको सुम लगाउ‘दा जॉड नबिग्रीयोस र छिटो उठोस भन्नाको लागि तातो खरानी, कोइला र मर्चा एकैसाथ मोलेर राखिन्छ ।
    धामीहरूले बोक्सी डाइनी ननिकोलाई बॉध्नु पर्दा खरानीको घेराले बॉध्ने चलन रहेको छ ।
    किरात राईहरूको साझा चिन्ता गरी श्राप झिक्ता वा बगाउ‘दा दाजूभाई र नरनाताको घरबाट समेत पूmलखरानी सवभन्दा मूलघरमा जम्मा गरी चिन्ता गरिन्छ ।
    धामीको विधिले श्रापलाई त्यस खरानीमा झारिन्छ र खोलामा लगेर बगाइन्छ । यसलाई हिवा बगाउने पनि भनिन्छ । यसरी श्राप र हिवा बगाएपछि उक्त खोलामा ३ वा ७ दिनसम्म तर्नु हुदैन ।




खण्ड – ७
किरात राईहरूको समाजमा रहेको जनश्रुति र जनसाहित्य

    किरात राईहरूको हरेक गाउ‘ र खोलाटोलाहरूमा किरातका किम्वदन्तीहरू यत्रतत्र पाइन्छन् । ढुङ्गा, खोला, खोल्सी, धारा, कुवा, कुलो, चौतारो, पहाड, रुख, जग्गा, बारी, वन, पाखा, बाटो, खेत, घर, ओडार, भिर, पहरा, पोखरी, भूमेथान, शिकारीथान, वंश, थर, सामाई, पाछा, पूmलफलेदो, खाद्यपदार्थ इत्यादिसंग कुनै न कुृनै किंबदन्ती रहेको पाइन्छ र ती किम्वदन्तीहरूको आ–आफ्नो महत्व रहेका छन् । ती सम्पूर्ण किम्वदन्तीहरूमध्ये निम्न किम्वदन्तीहरू प्राय तीनवटै किरात प्रदेशहरूमा प्रचलनमा रहेको पाइन्छ ।
७.१. सुम्निमा पारुहाङ्
७.२. घरको मुलखॉबोको पूजा
७.३. तोयामा, खियामा, हेच्चाकुप्पा र नागेलुम
७.४. नाम्दुलेम
७.५. थुब्यू
७.६. साल्पा र रिब्रीमा
७.७. शिर उठाउने
७.८. श्राप तथा हिवा बगाउने चलन
७.९. बुढानीलकण्ठसंग सम्बन्धित किम्वदन्तीहरू
७.१० राजा पटुकसंग सम्बन्धित किम्वदन्तीहरू
७.११ किरातेश्वर, विरुपाक्षको मुर्ति
७.१२ पूर्वेको कथा
७.१३ काठमाडौं (यलाखिम)को शिलालेख


किरात राई मुन्दुम, संगीत र साहित्य

विषय प्रवेश ः
किरात खम्बू राई जाति एक्काइसौं शताब्दिको पूर्व प्रभात कालमा आइपुग्दा एउटा गहन विषय मुन्दुम अभिलेखन कार्यमा जुटेका
छौं । यस कार्यले भोलिका निमित्त सन्ततिलाई आफ्नो अस्तित्व, पहिचान र गरिमा बारेमा बोध गराउने छ । प्राचीन मानव सभ्यतासंगै किरात सभ्यताको कुरा उठाउनुपर्ने भएकोले किरात सभ्यताका विभिन्न चरणहरुमध्ये संगीत पक्ष पनि महत्वपूर्ण एउटा पाटो हो । मानव विकास क्रमसंगै किरात खम्बूहरुले आविस्कार र प्रयोग गर्दै आएका गीत संगीत, बाजागाजा तथा साहित्यबारे संक्षिप्त टिपोट गरिएको छ ।
    मुन्दुम किरात खम्बू राई जातिकै आदि एवं अन्त्य पहिल्याउने दर्शन शास्त्र हो । ‘मुन्दुम ’ श्रुति, आख्यान र दन्त्य कथ्य परम्पराबाटै अघि बढे तापनि यस शास्त्रद्वारा किरात खम्बु राई जातिको जीवनयापन अहिलेसम्म निर्देशित छ ।
    अहिलेका नाक्छोङ, बिजुवा वा माङ्पाहरूले प्राचीन लय, भाका र तालका आधारमा ती ‘रिदुम–मुन्दुम’हरूलाई नै पछ्याइरहेको पाइन्छ । यस अर्थमा ‘मुन्दुम’, ‘संगीत’ र ‘साहित्य’ एक अर्काका पूरक मान्नुपर्ने हुन्छ । मुन्दुमको ‘शब्द’ र ‘ध्वनी’ सुुन्दा पनि प्राच्य शब्द, शैली र भाकाहरू रहेकाले प्राचीन खम्बू किरातीहरूका रिदुम–मुन्दुम संगीतात्मक थियो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।
    रिदुम मुन्दुम बोल्दा, गाउँदा, वा फलाक्दा गरिने लयात्मक तौर तरीका साथै उठान बैठान गर्ने एक किसिमको जुन प्रविधी छ त्यो नै संगीत हो । त्यसकारण मुन्दुम र संगीत फरक गरेर आ–आफ्नो अवधारणा निर्माण गर्नु यहाँ सान्दर्भिक हुँदैन । हुन त मुन्दुम, संगीत र साहित्य पृथक अर्थ बोकेका शब्दहरू हुन् ।
    किरात खम्बु राई भन्नाले आठपहरे, कुलुङ, कोयू, खालिङ, चाम्लिङ, थुलुङ, दुमी, पुमा, बान्तावा, वाम्बुले, बाहिङ, नाछिरिङ, नेवाहाङ, याक्खा, लोहोरूङ, साम्पाङ्ग आदि पर्दछन् । यसभित्र पनि पाछाका धेरै हांगाबिंगाहरू छन् । ती हांगाबिंगाहरूमा तन्त्र मन्त्र र सूत्रहरू छन् । गीत, संगीत र नाचगानहरू छन् साथै बाजागाजाहरू छन् ।
    केही बाजाहरू फलामबाट बनेका छन् । अधिकांश बाजाहरू काठ, बांस र छालाबाट बनेका छन् । केही किराती बाजाहरू त्भचचब(अबततब अर्थात् माटोबाट बनाइएका पाइन्छन् भने केही बाजागाजाहरू जनावरका सिंग (पुङ्) र हाडबाट बनाइएका पनि पाइन्छन् । अन्तरराष्ट्रिय बाजागाजासंग तुलना गर्न सकिने बाजाहरू पनि छन् ।
    किरात खम्बू राई जातिहरू प्रस्तर युगीन अवस्था ९एबबिभयष्तिजष्अ बनभ० का र सभ्य जाति मानिन्छन् साथै यही युगदेखि हात हतियार र बाजागाजाको प्रयोग गरिएको मानिन्छ ।
    अहिले पनि चाछोङ्वा, चाछुवा–चामाङ चाड (खोलादेउ) मा किरात खम्बु राई जातिले प्रयोग गर्दै आएका हातहतियार तथा बाजागाजाको लयात्मक गीतिवर्णन र पूजा नाक्छोङ, बिजुवा, माङपाद्वारा गरिन्छ ।
    नाक्छोङ, बिजुवा, माङपाहरू रिदुम मुन्दुम गाउँदा प्रायः एक्लै गाएको देखिन्छ तर अन्य किरात दाजुभाइ, दिदी बहिनीहरूले अन्य मेला पर्व र चाडमा गीत गाउँदा एकल (क्ययि), युगल (म्गभत) र समूह (न्चयगउ) मा स्वर मिलाएर गाएको देखिन्छ ।

खण्ड – १

१. किरात राई बाजाहरू  ः
१.१ सुसेली (सुइसुइला) ः किरात राईहरूले सुसेलीलाई मीठो संगीतको रूपमा प्रयोग गरेको पाइन्छ । सुसेली कुनै वस्तुको सहायता बिना मुखले मात्रै पनि सुसेल्न सकिन्छ भने मुखमा हातको औंला प्रयोग गरेर टाढासम्म सांकेतिक आवाज सूचना प्रवाहको निम्ति पनि प्रयोग गरिन्छ ।
१.२. पात (पिपिरी) ः  सुसेलीको प्रयोगपछि बोट बिरूवाको पातलाई दोबारेर मुखमा ओंठको सहायताले फुकेर निकालेको आवाजलाई पनि सांगीतिक रूपमा प्रयोग गर्न सकिन्छ ।
१.३. सिङ् (पुङ्) ः  किरातीहरूले कालान्तर युगदेखि नै सिङ् (पुङ्) बाजाको रूपमा प्रयोग गरेको देखिन्छ । अर्ना वा त्यस्तै खाले ठूला जनावरको सिङ् (ज्यचल) लाई पनि बाजाको रूपमा प्रयोग गरेको पाइन्छ ।
१.४. यलम्बर÷तुङ्वा ः  बांसद्वारा निर्मित विभिन्न बाजाहरूमध्ये यलम्बर बाजा किरातीहरूको महत्वपूर्ण र मौलिक बाजा हो । जुन बांसको दुवैतिरको आंख्ला राखी त्यसैको चोया निकालेर तन्काई बांसकै चोइटा च्यापेर बीचमा चारकुने प्वाल पारी बनाएको हुन्छ । यो बाजा सांगीतिक सभ्यताको परिचायक पनि हो ।
१.५.बिनायो ः बिनायो बाजा पनि बांसको प्रजाति मालिङ्गोद्वारा निर्मित बाजा हो । मालिङ्गोको कप्टेरोलाई बीचमा नहर्नीले खिपेर एउटा सानो जिब्री निकालिन्छ र बिनायोको एक छेउमा धागोको डोरी बाँध्ने ठाउँ बनाई त्यसैमा बाँधी ओंठको छेउमा लगी श्वास (हावा) को माध्यमले बजाउने लोकप्रिय बाजा हो ।
१.६. मुरली ः मुरली बाजा पनि मालिङ्गो वा बांसद्वारा नै बनाइन्छ ।
१.७. जोरमुरली ः जोरमुरली मुरलीजस्तै मालिङ्गो वा बांसद्वारा बनाइन्छ । दुईवटा मुरलीलाई जोडेर धागोले बाँधी बनाइन्छ तर यसको बनावट मुरलीभन्दा थोरै फरक हुन्छ । मुरलीको फुक्ने प्वाल छड्के ताछेर बनाइएको हुन्छ र प्वालहरू सिधा हुन्छ भने जोरमुरलीको फुक्ने सिधा मुठारिएको हुन्छ र यसको प्वालहरू दायां बायां एक एक छेउ छेउमा र छ छ वटा सिधा अघिपट्टि बनाइएको हुन्छ ।
१.८.बांसुरी ः मुरलीजस्तै बांसुरी पनि सुसिर वाद्य अन्तरगतकै अर्को बाजा हो तर बांसुरीमा सातवटा प्वाल हुन्छ ।
१. ९. बिम्बिलिमा ः यो बाजा बांसको जातिबाट पनि बनाइन्छ र खासगरी सप्रेको गहुँ, जौ, उवाका नलबाट बनाइएको मुरलीजस्तै फुकेर हावाद्वारा बज्ने बाजा हो । तर यो बाजा अहिले लोपोन्मुख रहेको देखिन्छ ।
१.१०.  ढोल  ः   किरातीहरूको प्रमुख तालबाजा ढोल (केन) नै हो । साकेवा लाक् (साकेला नाच) मा यो बाजा प्रमुख रूपमा प्रयोग गरिन्छ । यो नेपालकै लोकप्रिय बाजा पनि हो ।
१.११. ढ्याङ्ग्रो ः ढ्याङ्ग्रो प्रायशः धामी, झाँक्री, बिजुवा र माङ्पा साथै उनीहरूका सहयोगी केनछरूवाले प्रयोग गरेको पाइन्छ । ढ्याङ्ग्रो बजाउने गजा लेकाली बेत (कुकुरदाइने)बाट तीन ठाउँमा आगोले सेकाई बङ्याएर बनाइएको हुन्छ ।
१.१२. झ्याम्टा ः ढोल संगसंगै झ्याम्टा (मुनिकोम्मा)पनि साकेवा लाक् (साकेला नाच) मा बजाइन्छ । कतै कतै बिजुवा, माङपाहरूले पनि थानमा बस्दा पूजा आजा गर्दा प्रयोग गरेको पाइन्छ ।
१.१३. थाल ः थाल विशेषतः धामी, झाँक्री, बिजुवा, माङपाहरूले धामी बस्दा, फलाक्दा र मुन्दुम मन्त्रहरूका कैरन ल्याउँदा बजाउने गरेको पाइन्छ । कतै कतै रातको समयमा एकनाशले यो थाल बाजा बजाएर जङ्गली जनावरलाई मोहित पारी शिकार गर्ने गरेको पनि पाइन्छ ।
१.१४. मुचुङ्गा ः फलामबाट बनाइएको मुचुङ्गा किरात राईहरुको मौलिक परम्परागत बाजा हो । मुखमा च्यापेर बजाइने यो बाजा किरात युवा युवतीहरुले आफूले मन पराएको साथीहरुलाई उपहारको रुपमा दिने प्रचलन रहेको छ ।
१.१५. हत्केली धून ः किरात राईहरुले दुवै हत्केलालाई प्रयोगमा ल्याएर निकालेको मीठो ध्वनी (आवाज) ‘हत्केली धून’द्वारा विशेष पंछिको स्वरजस्तै आवाज निकाली त्यसलाई आकर्षित गर्ने गरिन्छ । गोठाला गर्दा युवा युवतीहरुले हत्केली धूनद्वारा विभिन्न खालका मीठो आवाज निकाली मनोरञ्जन गर्दछन् ।

२. किराती गीत संगीत, नाच र साहित्य
२.१. रिसिया ः मानव विकासको क्रमसंगै किरातीहरूले समाजलाई अनुशासित बनाउँदै लैजाँदा केही नियम, कानून, मुन्दुमको निर्माण गरे त्यही मुन्दुम लयात्मक ढंगले वाचन गर्ने शैली हो रिसिया वा रिसिवा ।
२.२. होक्छामा ः यो ज्यादै पुरानो लय हो । यो लय गाएर पानी पार्ने, रूखको पात झार्ने र फूल फुलाउने जस्ता ज्यादै चमत्कारपूर्ण रहस्यात्मक कार्य गरिन्थ्यो । जसभित्र किरात साहित्य र संगीतको प्रवल प्रभाव रहन्थ्यो ।
२.३. दोलोकोम्मादो ः यो गीत साकेला नाच्दै हिड्दा बाटो र साकेला थान वरिपरी फुल्न लागेका पूmलहरूको कोपिला फुलेर पनि ओइलिसक्यो र अब घर फर्किनु पर्छ भन्ने भाव बोकेको गीत र भाका हो ।
२.४. हाक्पारे ः यो गीतको लय पनि ज्यादै पुरानो हो । यो लयमा पुरानो कथा, किरात दर्शन, साहित्य र प्राकृतिक वर्णन पाइन्छ साथै मनको भावनाहरू र जीवन यापनका यावत पक्षहरूको वर्णन पनि पाइन्छ ।
२.५. यारी÷हियारी ः यो गीत विवाहको बेला केटा र केटी दुवै पक्षबीच सवाल र जवाफ (जुवारी) शैलीमा गाइने गीत हो । यो गीत सुङखीम (जन्ती÷पाहुना राख्ने अस्थायी वा नयाँ घर) मा गाइने गरिन्छ । पाहुना बिदा गर्ने बेला पनि कतैकतै गाउने गरेको पाइन्छ ।
२.६. साइमाछाम ः यो गीतमा खासगरी नारी जातिले जन्म र मृत्युबीच जीवनमा भोगेको विभिन्न पक्षहरूको व्याख्या, विश्लेषण र वर्णन गरिएको पाइन्छ । जस्तै–
    नवै र महिना आमाको गर्भ
    दसै र महिना जनमै लियौं
    छ है र महिना काखैमा खेल्यौं
    दुई र वर्षमा पाइला सा¥यौं
    पाँचै र वर्षमा चोलिया लायौं
    पन्ध्र है वर्षमा विहे नै भयो
    बीसै र वर्षमा सामथ्र्य भयौं
    ........ असी है वर्षमा थपक्कै बसी
    घरले जाऊ जाऊ वनले आऊ आऊ
    खै मेलो सर्दैन ..................... आदि आदि
२.७. साकेला लाक्  ः साकेला, साकेला, साक्ले, तोषी, भुमि पूजा, आदि पर्यायवाची नामले चिनिने साकेला नाच किरातीहरूको प्रमुख लोक नाच हो । यसका विभिन्न नाच्ने शैलीहरू छन् जसलाई सिली भनिन्छ । गीत, संगीत र नाच सँगसँगै गरिने भएकोले यो पूर्ण साँगीतिक र साँस्कृतिक नाच हो । जसमा धेरै प्रकारका नाचिने सिलीहरू (हाउभाउ) छन् । जस्तै– नारावा सिली, सुम्दि सिली, सिखी सिली, पारु सिली, मोछामा सिली, नाइमा सिली, किवा सिलाी, चाम्चा सिली, चुइमा सिली, उप्पा सिली, नाकिमा सिली, रैका सिली आदि । यी उल्लेखित सिलीहरूको उत्पत्तिबारे प्रशस्तै कथा किंवदन्तिहरू पनि  यी उल्लेखित सिलीहरूको उत्पत्तिबारे प्रशस्तै कथा किंवदन्तिहरू पनि छन् । राई किरातीहरु पित्रीर प्रकृति पूजक भएका हुनाले पित्रीर प्रकृतिकै सेरोफेरोमा रहेर जन्मदेखि मृत्युसम्मका जीवनका भोगाइहरूबाट विविध सिलीहरू उत्पत्ति भएको छ । जसले किरातहरूले जीवनभरी समाजमा रहँदा के के गर्छन्, कस्तो कस्तो खान्छन् र कस कसलाई पूज्छन् पुकार्छन् यी सबैको वर्णन गीतमा हुन्छ भने नाचमा यी सबै हाउभाउहरू (न्भकतगचभ) प्रदर्शन गरिन्छ ।
२.८. अन्य नाच र गीतहरू ः  रिसिया, लौलौके भाका, झ्याउरे, चुट्के, ख्याली भाका, दम्के गीत, होप्माछाम लय आदि ।
    यस बाहेकका लोप हुने अवस्था र लोप भइसकेका गीत, संगीत, भाका, लय, बाजागाजा र किराती लोक साहित्य, लोक कथा, उखान टुक्काहरूको खोज अनुसन्धान र अभिलेखन गरिनु जरुरी छ । ठाउँ, स्थान र भेक अनुसारका हराउँदै गइरहेका भाका र बाजाहरू, भाषा र साहित्य, मन्त्र र मुन्दुमहरू संकलित गरिनु नितान्त आवश्यक छ । जसबाट राई किराती खम्बुहरूले जीवनयापन गर्ने संस्कृति र सभ्यताको विकास गर्दै लैजाने छन् ।


किराती राईहरूको मौलिक भेषभूषा, गरगहना एवं खानपिनहरू

    विभिन्न जात जातिहरूमध्ये किरात राई जातिको पनि आफ्नै एक अलग मौलिक पहिचान र एक स्पष्ट परिचय छ जसको आधारमा उनीहरूले आफूलाई “किराती राई” हुँ भन्नुमा गर्व गर्दछन् र आफ्नो मौलिकताको जगेर्ना र सम्बद्र्धन गर्दै जाने कुरामा आफूलाई गौरवशाली ठान्दछन् । किरात राई जातिको मौलिक पहिचान अन्तर्गत उनीहरूले धारण गर्दै आइरहेका पहिरन, भेषभूषा, गरगहना र खानपीनका सामाग्रीहरूको रुपमा प्रयोग गर्दै आइरहेका वस्तुहरू भौगोलिक एवं जैविक वातावरण अवस्थानुसार कतै कतै विविधता वा भिन्नता पाउन सकिन्छ । किराती राई जातिका महिला एवं पुरुषहरूले धारण गर्ने भेषभूषा र गरगहनाहरूमा लिङ्ग अनुसार भिन्नता रहेको पाइन्छ । किरात राई महिलाहरूले आफूलाई विभिन्न प्रकारका लुगाफाटा एवं गरगहनाले सिंगारेको हुन्छ भने किराती राई पुरुषहरूले खासै गरगहना धारण गरेको पाइदैन । किरात राई जातिहरूमध्ये रंगको प्रयोगमा बढी कालो र सेतो रङ्गको प्रयोग गरिएको पाइन्छ ।
    किरात राई जातिहरू विशेषतः पित्रीपुजक र प्रकृति पुजक हुन् । त्यसै कारण किरातीहरूको भेषभूषा, रहनसहन, खानपीन, धर्म, संस्कार र संस्कृति प्रकृतिसँग जोडिएको पाइन्छ । आज मानव सभ्यताको दौरानसँगै किरात राई जातिले पनि आफ्नो भाषा, धर्म, संस्कृति र भेषभूषा, खानपीन तथा आफ्नो जातीय मौलिकतालाई पछ्याउदै र संरक्षण गर्दै आजको विज्ञान र प्रविधिको युगले संसारलाई एउटा व्यक्तिले बोक्ने सानो झोलामा सानो बाकसको रुपमा अटाइ दिएको छ । यस्तो बदलिदों परिस्थितिमा पनि किरात राईहरूले आफ्नो धर्म, संस्कृति र इतिहासलाई जिवन्तता दिंदै आइरहेको हामी पाउन सक्छौ । विभिन्न जातजातिहरूमध्ये किराती राईहरूको आफ्नो छुट्टै प्रकारको मौलिक पहिचान रहेकोमा खुशी पनि व्यक्त गर्दछन् । किरात राईहरूले आफ्नो दैनिक गतिविधी धर्मकर्म र संस्कृतिमा प्रयोग गर्दै आइरहेको भेषभूषा,  गरगहना र खानपीनमा आफ्ना किरात जातिको सुन्दर मौलिकता झल्किएको पाउँछन् । सम्पूर्ण राई जातिहरूको धर्म, संस्कृति र मौलिक पहिचानलाई निरन्तर स्थायित्व दिंदै अगाडि बढाउन भावी सन्ततीहरूलाई दिशानिर्देश पनि भएको पाइन्छ ।
खण्ड १
राई बालबालिकाहरुको भेषभूषा –

५.१.    किरात राई बालबालिकाहरुलाई दश बाह्र वर्षको उमेरसम्मका केटाकेटी दुवैलाई भोटो वा दौरा लामो प्रकारको लगाइदिने चलन रहेको पाइन्छ ।
५.२.    राई छोरी मान्छेलाई ३ वर्ष पुगेपछि उता बिजोडी वर्ष पारेर गुन्यूचोलो दिइन्छ र त्यसपछि छोरी मान्छेले गुन्यूचोलो लगाउने गर्दछन् ।
५.३.    राई केटा मान्छेहरुलाई ४ वर्षदेखि उता खोलाटोला अनुसार छेवर (केश खौरिने) गरिदिने चलन छ ।
५.४.    राई छोरी मान्छेहरुलाई प्रायः पास्नीको बेलामा नाक र कान छेडिदिने चलन छ ।
५.५.    राई बालिकालाई हातमा चाँदीको बाला लगाई दिने चलन छ । छोरालाई ६÷७ वर्ष पुगेपछि कानमा सुनको विर्मल÷गोकुल लगाई दिने चलन
छ ।
खण्ड २
किराती राई महिलाहरूको भेषभूषा ः
१.१.    छिटको गुन्यु –
    यसलाई गुन्यु, फरिया आदि नामले पनि बुझिन्छ ।
    पहिला पहिला महिलाहरूले सरदर २४ हाते गुन्यु लाउने गर्थे । आजभोलि यसको लम्बाई सरदर १५ हाते हुन्छ
    (५.५ मिटर) ।
    यो प्रायः कालो भुइँमाथि सेतो छिट भएको अथवा आजभोली अन्य रंगहरूको प्रयोग पनि हुँदै गएको पाइन्छ ।
१.२.    चौबन्दी चोलो –
    किरात राई महिलाहरूले लगाउने चौबन्दी चोलोको चार ठाउँमा दुई–दुईवटा तुना भएको हुन्छ र यो प्रायः ढाकाको छाप भएको हुन्छ ।
    हिजोआज विदेशी प्रभावले गर्दा आधुनिक आयातित चौबन्दी चोलो पनि लगाउने चलन छ ।
१.३.    पटुकी –
    किरात राई महिलाहरूले १६ हाते (६ मिटरको) पटुकी कम्मरमा कस्ने चलन छ ।
    यसको रंग प्रायः सेतो हुन्छ ।
    यो खेस गिम्तीबाट वा कपासको धागोबाट निर्मित भएको हुन्छ ।
    किरात राई महिलाहरूले खुर्पा ठूलो र सानो खुरुम्बी पटुकीमा भिर्ने चलन छ ।
१.४.    खाँडीको बाक्लो बर्को –
    जाडो याममा खाँडीको बर्को ओढ्ने चलन रहेको पाइन्छ ।
    यो कपासको धागोबाट तानमा बुनिएको हुन्छ ।
१.५.    खोक्मा –
    खोक्मालाई टाङरुमा पनि भनिन्छ । यो एक प्रकारको रुमाल जस्तै सानो मुजेत्रो हो ।
        यसलाई राई महिलाहरूले आवश्यकता अनुसार आफ्नो टाउको माथि बाँध्ने गर्दछन् ।
१.६.    हेम्बारी वा घलेक –
    हेम्बारी वा घलेक एक प्रकारको बर्को हो । यसलाई महिलाहरूले आफ्नो आवश्यकता अनुसार बाँध्छन् ।
    हेम्बारी छातीदेखि तलसम्म छोप्ने गरी बेर्छन् भने घलेकलाई कम्मरमा घुसारी त्यसको अर्को छेउ बायाँ काँधमा लगेर छोप्ने गर्दछन् ।
    हेम्बरी वा घलेक बनाउँदा अन्दाजी ६÷७ हाते लुगाको दुई पाटा जोडेर बनाइने गरिन्छ ।
    यो कपासबाट निर्मित भएको हुन्छ र यसको उपयोग राई महिलाहरूले नानी बोक्ने, कोसेलीपात बोक्ने आदि कार्यमा प्रयोग गर्दछन् ।
१.७.    मेख्ली –
    मेख्ली किरात राई महिलाहरूले आफ्नो कम्मरमा बाँध्ने एक प्रकारको लुगा हो यो लुङ्गी जस्तै हुन्छ । यसलाई लुङ्गी जस्तै बेरेर लगाइन्छ ।
१.८.    लोती –
    ऊनी धागोबाट बनेको हुन्छ, यसलाई बाँसको काँटाको मद्दतले बुनिन्छ । यसको लम्बाई झण्डै इजारको जतिकै हुन्छ ।
    यसलाई कम्मरमा बाँध्ने गरिन्छ र यसको अर्को उपयोग यसभित्र पैसा वा अन्य अमूल्य वस्तुहरू राख्न गरिन्छ ।

१.९    रुमाल – हातले बुनेको खेसको र बुट्टा भरेकोे हुन्छ । यसलाई हात मुख पुछ्न प्रयोग गरिन्छ ।
    जाले÷झाले रुमाल ः यो बटुवा अथवा ऊनी धागोको प्रयोग गरी बांसको काँटाले बुनेको हुन्छ । विशेष गरी कोसेली पातहरु छोप्ने कार्यमा यसको प्रयोग गरिन्छ ।
नोट ः रुमाललाई युवा युवतीहरुले आफूले मन परेको साथी संगीलाई चिनो स्वरुप दिने पनि गर्दछन् ।
१.१०    थैली – कपासको धागोलाई रातो, नीलो रंगाएर बांसको काटाको मदतले बुनिन्छ । यो सानो झोला जस्तै बुनेर एकमुखे, दुईमुखे वा तीन मुखे बनाइन्छ । यसलाई खोल्न र बन्द गर्नका लागि सुर्काउने राखिन्छ र थैलीलाई राई महिलाले पटुकाको छेउमा गाँठो पारी पोल्टो बोक्ने चलन छ । किरात राईहरुले केटी माग्न जाँदा केटी राजी भए पछि थैलीमा केही पैसा राखेर केटाले केटीलाई दिने चलन छ । त्यसदिनदेखि केटी केटाको अधिकारको हुन्छ भन्ने भनाइ रहेको छ ।
खण्ड ३
किरात राई महिलाहरूको आभूषण (गरगहना) –

२.१.    शिरमा लगाउने –
    राई महिलाहरूले शिरमा सुनको शिरफूल लगाई आफूलाई सुन्दर तुल्याउने चलन पनि रही आएको छ ।
    राई महिलाहरूले खुर्पे चिम्टी, जुनविरी चिम्टी पनि लगाउने चलन छ ।
२.२.    हारी –
    राई महिलाहरूको मौलिक गहनाको रुपमा यसको प्रमुख स्थान छ ।
    हारी चाँदीको सिक्काबाट निर्मित चारआनी, आठआनी अथवा रुपैयाँ (कम्पनी) हुने गर्दछ ।
    हारीलाई गलामा लगाइन्छ अथवा ठूलो छ भने छड्के गरी पनि लगाइन्छ ।
    प्वाँलोको माला, काँढे प्वाँलोको माला, नौगेडी, चाँदीको जन्तर, सुनको कण्ठ आदि पनि लगाउने चलन रही आएको छ ।
२.३.    तिलहरी –
    यो सुनबाट बनाइएको हुन्छ ।
    राई विवाहिता महिलाहरूको पहिचानको रुपमा रहेको तिलहरी पनि हो ।
    यो हरियो गोलो पोतेमा उनीएको हुन्छ । कसै–कसैले हरियो ऊनको धागोमा पनि उनेर लगाउने गर्दछन् ।
२.४.    कानमा लगाउने गहना  –
    चेप्टे सुन,
    तारीवान सुन वा गोदावरी सुन,
    कोप्चा,
    कर्णफूल,
    कानढुँग्री,
    माडवारी ।
२.५.    नाकमा लगाउने गहना –
    ढुंग्री,
    मुन्द्री, बुलाकी
    फूली ।
२.६.    रिङ्गटे, चकरी, ज्ञानी
    बाँसको चोयाबाट निर्मित एक प्रकारको औंठी हो ।
    यस सम्बन्धी विश्वास के छ भने यसलाई लगाएपछि लगाउने व्यक्तिले रिङ्गटा लाग्ने रोगबाट मुक्ती पाउँछ । साथै ज्ञान बुद्धि आउँछ ।
२.७.    औंठी –
    राई महिलाहरूले औंठीको रुपमा धारण गर्ने चाँदीको काँक्रे बियाँ औँठी,
    असर्फि औंठी,
    बेरुवा औंठी ।
    प्वाँलोको इयूँ भएको औंठी ।
२.८.    छ्योक्मेमा –
    यो पनि बाँसको चोयाबाट निर्मित एक प्रकारको औंठी हो ।
    यसलाई राई केटाले मन परेको केटीलाई लगाई दिने चलन छ ।
२.९.    खम्बी –
    खम्बी मालिङ्गो वा बाँसबाट निर्मित हुन्छ ।
    बाँसका साना साना कलम जस्तो काटी सुनाखरी र धागोले बाँधी जाली जस्तो बनाइन्छ
    यस खम्बीमा मुर्चुङ्गा राखिन्छ । साथै बिनायो, चाँदीमा जडित सुँगुरको जगरबाट निर्मित कुचि आदि झुप्पा बनाई झुण्ड्याइन्छ । 
    यसलाई राई महिलाहरूले आफ्नो चौबन्दीको तुनामा, कसै कसैले धागोमा बाँधी घाँटीमा झुण्ड्याउने गर्दछन् ।
२.१०.    हातमा लगाउने –
    राई महिलाहरूले चाँदीको सादा चुरा,
    चाँदीकै काँडे चुरा लगाउने चलन रहेको छ ।   
२.११.    खुट्टामा लगाउने –
    चाँदीको काँडे वा सादा कल्ली लगाउने चलन रहेको छ ।
२.१२.    कपाल कोर्ने काइयों÷थाक्रो –  
    यो मालिङ्गो वा बाँसबाट बुनाइएको हुन्छ ।
    थांक्रो अलिक लामो हुन्छ र एकमुठा बाँधेको हुन्छ भने काइयो अलि छोटो तर बाक्लो गरी बुनेको हुन्छ ।
२.१३.    फुर्के –
    राई महिलाहरूले कपाल कोरिबाटी गरेपछि फुर्के÷लाछा धागो (टोँलामा) लगाउने गर्दछन् ।
२.१४..    वाछु, पुछु र खाप्छु –
    पत्थरलाई बुट्टादार बनाई धागोले उनेर वाछु, पुछु र खाप्छु माला गलामा लगाउने गर्दछन्
२.१५.    सुनको दाँत –
    राई महिलाहरूले रुचि अनुसार सुनको चेप्टे दाँत (साप्ला) लगाउने चलन रहेको छ, एउटा दाँत झरेको खण्डमा सुनको सोली बनाएर लगाउने चलन छ ।
    कसै कसैले दाँतलाई छेडेंर सुनको टिकटिके भर्ने चलन पनि छ ।
    बिरी पनि लगाउने चलन रहेको थियो ।

खण्ड ४
किरात राई पुरुषहरूको पहिरन
३.१.    दौरा सुरुवाल –
    शुरुमा किराती राई पुरुषहरूले आफ्नो मौलिक पोषाकको रुपमा ठूलो र लामो फेर भएको दौरा मात्र लगाउने चलन थियो भने आजभोली सुरुवालको प्रचलन पनि रहेको छ ।
    दौरा सुरुवाल कपासबाट निर्मित खाँडीको, कोकटीको धागोलाई तानमा बुनेर लगाउने गर्दछन् ।
३.२.    फेंङ्गा –
    फेंङ्गा भाङ्ग्राबाट निर्मित हुन्छ जो अल्लोको धागोबाट बनेको हुन्छ ।
    यो वस्त्र राई पुरुषहरुको मौलिक पहिचानको रुपमा रहिआएको छ ।
    फेङ्गालाई पुरुषहरुले अस्कोटको रुपमा पनि लगाउने गर्दछन् ।
    फेङ्गा प्रायः लेकमा बसोवास गर्ने राई पुरुषहरुले लगाउने गर्दछन् ।
३.३.    भोटो –
    यो लुगा पनि राई पुरुषहरुले लगाउने गर्दछन् ।
    यो पनि अल्लोको धागो वा कपासबाट निर्मित हुन्छ ।
    यसमा टाँकको रुपमा चारआनीको प्रयोग भएको पाइन्छ ।
    भोटो दौरासुरुवालमाथि लगाउने चलन छ ।
३.४.    टोपी एवं तोँरिसे –
    टोपीको रुपमा ढाका टोपी सबै किरात राई पुरुषहरुले शिरमा धारण गर्ने गर्दछन्
    तोँरिसे एक प्रकारको पगरी हो र यो सबैले प्रयोग गर्दैनन् मात्र राई समूहको प्रमुख व्यक्ति वा राजा सरहको व्यक्तिले यसलाई धारण गर्ने
गर्दछन् ।

३.५.    जिले –
    जिले अल्लोको धागोबाट बनाइएको हुन्छ । यसको रंग सेतो फुस्रो हुन्छ । यसको आकार प्रकार तन्ना वा ठूलो खास्टोको जस्तै हुन्छ ।
    जिलेको प्रयोग महिला र पुरुष दुवैले गरे तापनि पुरुषहरुमा यसको प्रयोग बढी भएको पाइन्छ । जिले मर्दापर्दा नभई नहुने बस्त्रको रुपमा पनि लिइन्छ ।
    जिलेलाई जिलिमा पनि भन्दछन् । जिलेले सिरक, राडी, कम्बल सबैको काम गर्न सक्छ । जिलेको धोक्रो पनि बनाइन्छ ।
३.६.    रेजी टाँक –
    रेजी टाँक चारआनीको टाँकको रुपमा अस्कोट÷भोटोमा माथिदेखि तलसम्म लगाईएको हुन्छ ।
    प्रायः कुनै राई दम्पतिको नानीहरु धेरै मरेका छन् भने बाँचेका नानीलाई खुशीमा यस्तो प्रकारको लुगा लगाइदिने चलन
    छ । रेजी टाँक भोटोमा सुहाउँदो किसिमले लगाउने चलन छ ।
३.७.    पटुका –
    राई पुरुषहरुले पनि राई महिलाहरु सरह १६ हाते (६ मिटरका) पटुका बाँध्ने चलन रही आएको छ । यसको पनि रंग सेतो हुन्छ ।
    राई पुरुषहरुले दौरासुरुवालमा पटुका बाँधेपछि खुकुरी भिर्ने चलन पनि रही आएको छ ।
३.८.    मेख्ला –
    राई पुरुषहरुले पनि मेख्ला बाँध्ने चलन रहेको छ ।
    यो कम्मरमा लुङ्गी जस्तै बाँध्ने गरिन्छ ।


३.९.    लुकुनी –
(क)     लुकुनीलाई हात छिराएर काँधभन्दा मुनि (भोटो जस्तै गरी) लगाउने गरिन्छ ।
(ख)    यसलाई राई महिला र पुरुष दुवैले विशेष जाडोको महिनामा लगाउने गर्दछन् ।
(ग)    लुकुनी भेंडाको ऊनबाट निर्मित हुन्छ ।
३.१०.    घुमराडी –
    (क)    घुमराडी पनि भेंडाको ऊनबाटै निर्मित हुन्छ ।
    (ख)    घुमराडीलाई टाउकोमाथिबाट ओढ्ने गरिन्छ । यो प्रायः वर्षा याममा प्रयोग गरिन्छ ।
    (ग)    यसको प्रयोग राई महिला र पुरुष दुवैले गर्दछन् ।

खण्ड ५
राई पुरुषहरुको गर गहना ः

४.१.    राई पुरुषहरुले चाँदीको कम्पनी औंठी देव्रे हातको वीचको औलामा लगाउने गर्दछन् ।
४.२.    राई पुरुषहरुले चाँदीको कम्पनी बाँही देव्रे नाडीमा लगाउने गर्दछन् ।
४.३.    पत्थरलाई बुट्टादार बनाई धागोले उनेर वाछु, पुछु र खाप्छु माला गलामा लगाउने गर्दछन् ।
४.४.    राई पुरुषहरुले रुचि अनुसार सुनको चेप्टे दाँत (साप्ला) लगाउने चलन रहेको छ, एउटा दाँत झरेको खण्डमा सुनको सोली बनाएर लगाउने चलन छ ।
४.५.    कसै कसैले दाँतलाई छेडेंर सुनको टिकटिके भर्ने चलन पनि छ ।

खण्ड ६
किरात राईहरुको मौलिक खानाको परिकारहरु

    किरात राई जातिको भाषा, धर्म र संस्कृतिले छुट्टै पहिचान राखे झैं खानपिनले पनि आफ्नो मौलिक पन राख्दछ । राईहरुले अरु जाति सरह विविध खानपान गरे पनि आफ्नै तरीकामा परिकार बनाएर खाने गरिन्छ । जसको बनोट र स्वादमा भिन्नता पाइन्छ । जुन निम्नानुसार रहेको पाइन्छ ।



६.१ अन्नबाट निर्मित परिकारहरुः
६.१. मकै –
    भुटेको मकैको खाजा बनाइन्छ ।
    मकैको चामलको पिठे भात खाने गरिन्छ ।
    जाँड रक्सी बनाएर खाने गरिन्छ ।
    हरियो मकै पोलेर, उसिनेर खाजाको रुपमा खाइन्छ ।
    हरियो मकै आधि उसिनी सुकाएर राखिन्छ जसलाई फाँगी भनिन्छ र पछि जाडो मौसममा उसिनेर आलुसँग खाजाको रुपमा खाइन्छ ।
    भुटेको मकैको सातुसँग सक्खर र मह मिसाएर डल्लो बनाई टाढो बाटो हिड्दा खाजा बोकेर खाने गरिन्छ ।
    मकैको सातुलाई रक्सी वा जाँडमा मुछेर खाजाको रुपमा खाने चलन छ ।
६.२.    कोदो –
    कोदोबाट जाँड (जीर्मा) बनाइन्छ ।
    कोदोको जाँडबाट रक्सी बनाइन्छ, तीनपाने रक्सी बनाएर औषधीको रुपमा पनि खाने गरिन्छ, खास गरी सर्दि लाग्दा र चिसो लाग्दा ।
    कोदोको पिठोबाट हुर्रे जाँड पनि बनाइन्छ ।
    कोदोको ढिंडो, डल्लो (पुम्मा), पुवा पनि बनाइ खाइन्छ । कोदोको रोटी गोठ पूजा गर्दा चलाइन्छ ।
    किरात राई जातिमा आफ्नो कूल पित्रीगर्दा, विवाह, जन्ममृत्यु सबै धर्मकर्ममा चोखो कोदोको जाँड अनिवार्य रुपमा
चाहिन्छ । यदि चोखो जाँड नभएको खण्डमा मर्चा, कोदो र पानी मिसाएर पनि काम चलाउने गरिन्छ ।
    मर्चा – एक प्रकारको कोङ्ला (चितु) गहते झारको जराको धुलो र कोदो वा चामलको पिठोमा च्याप्टो डल्लो बनाई सुकेपछि जाँड बनाउँदा प्रयोग गरिन्छ ।
    कोदोबाट सरुवा जाँड (पोमा वासिम) – घ्याम्पाको पिंधमा प्वाल पारी त्यसभित्र चोया राखी त्यसमाथि छिपिएको जाँडलाई तातो पानी हाली प्वालको बिर्को खोली तलबाट झरेको जाँडलाई पोमा वासिम अथवा सरुवा जाँड बनाउने चलन छ । यसको उपयोग विवाह कार्य, कूलपित्री
गर्दा ÷पूज्दा र भोजभत्तेर गर्दा गरिन्छ ।
६.३.    धान –
    चामलको भात, खोलेभात बनाइन्छ,
    चामलको भाती जाँड, होते बनाइन्छ
    चामल र फर्सिको खिचडी बनाइन्छ,
    चामल भुटेर खट्टे खाजा बनाइन्छ,
    चामलको पिठोको सेलरोटी, बाबर रोटी बनाइन्छ ।
    चामललाई घिउमा भुटेर चाम्रे भात बनाइन्छ । यो कोसेलीको रुपमा उपयोग गरिन्छ । चिउरा बनाएर कार्जेमा चढाइन्छ र खाइन्छ पनि ।
    चामलको पिठोलाई घिउमा भुटेर पुवा बनाउने चलन छ र यसलाई खाजाको रुपमा खाइन्छ ।
६.४.    भटमास –
    भटमास उसिनेर किनेमा बनाइन्छ । किनेमा राई जातिको विशेष खानामा पर्दछ । किनेमा विशेष गरेर जाडो महिनामा झोल बनाएर खाने गरिन्छ । किनेमा र चामल मिसाएर खिचडी पनि बनाइन्छ ।
    मकै र भटमास भुटेर मूलाको सागसँग खाजाको रुपमा खाइन्छ ।
    भटमास भुटेर सातु बनाएर सातुको फाँडो बनाएर झोल पनि खाने गरिन्छ ।
६.५.    सेलरोटी –
    चामलको पिठोबाट सेलरोटी बनाइन्छ सगुनको रुपमा चलाइन्छ ।
    छोरीबुहारी माइती, मावली जाँदा कोसेली पनि बोकिन्छ ।
    तिहारमा चेलीले माइतीलाई टिका लगाइसकेपछि सेलरोटी सगुनमा दिने गर्दछन् ।
६.६.    फापर –
    फापरको ढिंडो र रोटी बनाइ खाने गरिन्छ ।
    फापर तीन किसिमको हुन्छ – तीते फापर, मीठे फापर र जर्मनी फापर । मीठे फापर र जर्मनी फापरको पिठो सेल रोटी बनाउँदा थोरै मात्रामा मिसाएर बनाउँदा राम्रो लहरा छुट्ने र नरम हुने गर्दछ ।
६.७.    जुनेलो –
    जुनेलो भुटेर मह÷खुदो राखेर खाजाको रुपमा खाइन्छ ।
    यसबाट जाँड, रक्सी पनि बनाइन्छ ।
    जुनेलोको मकै जस्तै भात पनि बनाइन्छ ।
६.८.    गहत –
    उसिनेको गहत जाडो महिनामा खाने गरिन्छ । उसिनेको गहत खाएमा दग्दी, सर्दी विभिन्न रोगमा औषधीको रुपमा प्रयोग गरिन्छ र पथरी रोग पनि कम हुने भनाई रहेको छ ।
    गहत र चामल मिसाएर खिचडी पनि बनाइन्छ ।
    गहतलाई दाल जस्तै गरी खाइन्छ ।
६. ९.    मसेम
    मसेम दाल जस्तै खाइन्छ ।
    मसेम दुई किसिमको हुन्छ – जमिनमा फल्ने र थांक्रामा फल्ने ।
६.१०.    फिलिङ्गे –
    फिलिङ्गेको अचार विशेष गरेर मंसीरमा दाईं गर्ने समयमा खाइन्छ ।
    विवाह, छेवर जस्ता धर्मकर्ममा पनि यसको अचार खाइन्छ ।
    यसबाट तेल बनाइन्छ र त्यसको रोटी पोल्दा र बत्ति बाल्दा उपयोग गरिन्छ ।
६.११.    कालो मासको दाल –
    कालो मासको दालमा जिम्बु, छ्यापी झानेर खाइन्छ ।
    कालो गोलो दाललाई उसिनेर पित्रीपूजा गर्दा (पोखेम) भनेर कसै कसैले पित्री तथा चुलामा चढाइन्छ र पछि यसलाई प्रसादको रुपमा खाइन्छ ।
    कालोमासलाई भिजाई पिसेर आलु, पिंडालु, मूला आदिसँग मसेप्रा बनाएर तरकारी खान सकिन्छ ।
    कालो दालको फुरौला बनाई माघे संक्रान्तिमा खाने गरिन्छ । कालो दालमा सुंगुरको खुट्टा मिसाएर दालखुट्टी पनि खाने गरिन्छ ।
६.१२.    कोदो, मकै र फापरको पिठो –
    कोदो, मकै र फापरको पिठोको भुब्रे रोटी केराको पातमा राखी पकाइन्छ ।
६.१३.    मसेप्रा –
    मूला, स्कूस, कालोमास, पिंडालु आदिहरुबाट बनाइन्छ र दाल वा तरकारीकोरुपमा खाइन्छ ।
६.१४.    तिल –
    कालो तिलको अचार पनि बनाइन्छ ।
    सेतो तिल आलुको अचारमा विशेष प्रयोग गरिन्छ ।
खण्ड ७
फलफूलबाट निर्मित परिकारहरु

७.१.    घर तरुल, वन तरुल –
(क) माघे संक्राति चाडमा काँचो वन तरुलको टिका लगाएर, घर तरुल, वन तरुल खाएर माघे संक्रान्ति मनाइन्छ । यसलाई तरकारीको रुपमा पनि     
     खाइन्छ ।
७.२. पिंडालु –
(क)    यो उसिनेर खाजाको रुपमा खाइन्छ ।
(ख)    पिंडालुको भुजुरी बनाई मसेप्रा बनाएर दाल खाइन्छ ।
(ग)    पिंडालुको गाभा वा सांप्राको तरकारी, अचार र दाल पनि बनाई खाइन्छ ।
(घ)    पिंडालुलाई भटामाससँग मिसाएर किनिमा बनाउने चलन छ र यसलाई तिहुनको रुपमा खाइन्छ ।
७.३. सखरखण्ड÷सुठुनी –
(क)    सखरखण्ड खाजाको रुपमा उसिनेर खाने गरिन्छ । जाँड पनि बनाइन्छ ।
(ख)    कार्तिक, मंसिरमा अन्नबाली उठाउँदा खाजाको रुपमा सखरखण्ड उसिनेर खान दिइन्छ । दुधसंग खाइन्छ साथै मु्न्टाको तरकारी पनि खाइन्छ ।
७.४. सिस्नु –
(क)    सिस्नुको मुन्टा टिपेर दाल जस्तै गरेर मकैको भातसँग खाने गरिन्छ ।
(ख)    सिस्नु पनि तीन प्रकारको हुन्छ – भाङ्राङ, पात्ले (सास्लेप) र टेन्छोकी – टेन्छोकी सबै ठाउँमा पाइन्छ ।
(ग)    भाङ्रा लुगा बनाउने काममा प्रयोग हुन्छ र यो प्रायः लेकमा हुने गर्दछ । भांग्राको फूल दालमा मिसाएर खाइन्छ ।


७.५ झ्याउ – विशेष एक खालको
(क)    बंगुर वा सुगुँरको मासु र रक्तिसँग भुटुवा बनाइन्छ ।
(ख)    यो रुखमाथि पलाउँछ, विशेष लेकमा हुन्छ ।
७.६. च्याउ –
(क)    मौसम अनुसार च्याउको तरकारी बनाइन्छ ।
(ख)    च्याउ थुप्रै किसिमको हुन्छ – दोपेलो च्याउ, देउले च्याउ, सल्ले च्याउ, गोबरे च्याउ, वाडिमा च्याउ, कालुङ्गे च्याउ,     फ्रिङ्गे च्याउ, दाम फाक्ले      च्याउ, झरी च्याउ आदि ।
(ग)    दोपेलो च्याउ र देउले च्याउ सबैभन्दा मीठो च्याउमध्येमा पर्दछ । च्याउ विशेष पहिचान गरेर मात्र खानुपर्दछ ।
७.७. निगुरो –
(क)    बैशाख, जेठतिर निगुरोको तरकारी र अचार बनाइन्छ ।
(ख)    सेपिलो ठाउँमा हुन्छ ।
७.८. कुरिलो र टुसा –
(क)    यसको तरकारी र अचार साँधेर खाइन्छ ।
(ख)    राई बच्चाहरुको न्वारान गर्दा कुरिलो (बुङाटुङ्मा) चाहिन्छ ।
७.९. बाँसको तामा –
(क)    तामाको अमिलो अचार बनाइन्छ ।
(ख)    यससँग आलु तरकारी बनाइ खाइन्छ ।
(ग)    तामा ताजा तरकारी मासुसँग मिसाएर खाइन्छ ।
७.१०. सिन्की –
(क)    मूलाको सिन्की बनाएर अचार वा तरकारी खाइन्छ ।
(ख)    मूलालाई खाडलमा वा ढुंग्रोमा किच्याई खाँदेर बनाइन्छ ।
७.११. गुन्द्रुक –
(क)    रायो, मूला, तोरीसागको गुन्द्रुक बनाएर तिहुन वा अचार खाइन्छ ।
(ख)    रायो, मूला वा तोरीसागलाई खाडलमा वा ढुंग्रोमा खाँदेर बनाइन्छ ।
७.१२. टिम्बुर –
(क)    टिम्बुरको अचार बनाइन्छ । यो जुनसुकै बेला पनि खाइन्छ ।
(ख)    पेट दुखेको बेलामा टिम्बुरलाई पानिमा पकाएर औषधीको रुपमा खाने गरिन्छ ।
(ग)    टिम्बुर तीन किसिमको हुन्छ – सिल्टिम्बुर, बोके टिम्बुर र इक्पा । सिल्टिम्बुरलाई औषधीको रुपमा प्रयोग गरिन्छ भने बोके टिम्बुरलाई माछा मार्दा माछालाई लट्याउनको निम्ति प्रयोग गरिन्छ ।
७.१३. कुभिण्डो –
(क)    कुभिण्डो हिउँद महिनामा विवाह भोज आदिमा फिलिङ्गेको छोप हाली अचार बनाई खाने चलन छ ।
(ख)    कुभिण्डो चाना काटेर सुकाएपछि तरकारी पनि खान सकिन्छ ।
७.१४. फर्सि –
(क)    यसको तरकारी र अचार पनि खाइन्छ ।
(ख)    फर्सि उसिनेर खाजा पनि खाइन्छ ।
(ग)    फर्सि र चामलको खिचडी बनाएर खाइन्छ ।
(घ)    फर्सिको बियाँको धुलो अचार पनि बनाइन्छ ।
७.१५. जिम्बु –
(क)    जिम्बु कालो दाल र मसेममा झानेर खाइन्छ । यसलाई अचार साथै आलुको तरकारीसंग मिसाएर पनि खाइन्छ ।
७.१६. सिलाम –
(क)    सिलामको अचार बनाइन्छ ।
(ख)    सिलामसँग चामल भिजाई मिसाएर खाने गरिन्छ । 
(ग)    सिलाम दुई किसिमको हुन्छ – घरेलु र जंगली (छिनिक) सिलाम । जंगली सिलाम अचार बनाउँन प्रयोग गरिन्छ भने यो बढी लेकमा हुने गर्दछ ।
७.१७. मालिङ्गो वा निगालो –
(क)    यसको टुसाको तरकारी र अचार बनाइ खाइन्छ ।
(ख)    यो लेकमा हुने गर्दछ ।

७.१८.    आलु –
(क)     आलुको तरकारी दाल बनाइ खाइन्छ ।
(ख)    आलु उसिनेर साँधेर पनि खान सकिन्छ ।
(ग)    डल्ले खुर्सानीको अचार र उसिनेको आलुको खाजा पनि खाने गरिन्छ ।
(घ)    आलुको मस्यौरा बनाएर तिहुनको रुपमा खाइन्छ ।
७.१९.    ठोट्ने –
(क)    ठोट्नेको तरकारी र अचार खाइन्छ ।
७.२०.    इन्द्रेणी –
(क)    जंंगलमा हुने इन्द्रेणीको अचार बनाएर खाइन्छ ।
७.२१.    चिण्डे –
(क)    चिण्डेको मुन्टाको अचार बनाएर खाइन्छ ।
७.२२.    टाँकी –
(क)    टाँकीको फूलको अचार र मुन्टाको तरकारी बनाइ खाइन्छ ।
(ख)    टाँकीको फूल सेतोमा रातो टिकटिके हुन्छ र यसको कलिलो पातको अचार पनि खाइन्छ।
७.२३.    टोटला –
(क)    टोटलाको अचार बनाएर खाइन्छ ।
(ख)    चामल र टोटलाको तिते बनाएर खाइन्छ ।
७.२४.    कालोपोके –
(क)    मकैको कालोपोकेको अचार बनाएर खाइन्छ । काँचै पनि खाइन्छ ।
७.२५.    इस्कूस÷करेला –
(क)     इस्कूसको फलको तरकारी एवं अचार खाइन्छ ।
(ख)     इस्कूसको मुन्टाको तरकारी पनि खाइन्छ ।
(ग)    इस्कूसको तरुल वा जरा उसिनेर खाजाको रुपमा खाइन्छ साथै तरकारी पनि खाने गरिन्छ
७.२६.    भकिम्लो –  
(क)    भकिम्लोको दाना कुटेर धुलो अचार बनाइन्छ ।
(ख)    यसको चूक पनि बनाइन्छ ।
७.२७.    चुत्रो –
(क)    चुत्रोको पनि अचार तरकारी बनाइ खाइन्छ ।
(ख)    चुत्रोको पाकेको दाना खाइन्छ र यो बढी लेकमा हुने गर्दछ ।
७.२८.    मल्लिडो –
(क)     मल्लिडोको अचार खाइन्छ ।
(ख)    लडेपडेकोमा मल्लिडोको औषधीको रुपमा प्रयोग हुन्छ । यसलाई भुटेर, कुटेर पिठो बनाई औषधीको रुपमा प्रयोग गरिन्छ ।
७.२९.    ठेकीफल –
(क)     ठेकीफलको तरकारी खाइन्छ ।
७.३०.    कोइराला –
(क)    कोइरालाको फूलको अचार र तरकारी बनाएर खाइन्छ ।
(ख)    यसलाई उसिनेर पनि खाइन्छ ।
७.३१.    काभ्रा –
(क)     काभ्राको कोपिलाको अमिलो अचार बनाएर खाइन्छ ।
७.३२.    लप्सी –
(क)     लप्सीको अचार बनाएर खाइन्छ ।
(ख)    पाकेको लप्सी पनि खाइन्छ ।
(ग)     सुंगुरको खुट्टासंग उसिनेर लप्सीको अचार खाने गरिन्छ ।
७.३३.    गोलभेडा –
(क)    गोलभेडाको अचार खाइन्छ ।
(ख)    गोलभेडालाई काटेर सुकाएर सिम्टा बनाई पछि पनि खान सकिन्छ ।
७.३४.    सिमसाग÷सिमरायो –
(क)    यसको तरकारी बनाएर खाइन्छ ।
७.३५.    हलहले –
(क)    हलहलेको साग तरकारी खाइन्छ ।
७.३६.    गिठाभ्याकूर –
(क)    गिठाभ्याकूर उसिनेर खाइन्छ ।
७.३७.    थाकल –
(क)    थाकल पाकेपछि कालो हुन्छ र यसलाई खाइन्छ ।
(ख)    थाकलको गुन्द्री पनि बनाइन्छ ।
(ग)    थाकल जंगलमा हुने गर्दछ ।
७.३८.    कटुस –
(क)    ठूलो र सानो गरी तीन किसिमको हुन्छ । ढाल्ने, पात्ले र फुस्रे कटुस । यसको स्वाद मिठो हुन्छ ।
७.३९.    चिङ्गफिङ्ग –
(क)    यसको फूलको अचार बनाएर खाइन्छ ।
७.४०.    जरिङ्गो –
(क)    जरिंगोको साग खाइन्छ ।
७.४१.    फूल तरुल÷पुष्टकारी ः उसिनेर खाने गरिन्छ । फूल तरुल कोदोसंग मिसाएर जाँड पनि बनाइन्छ ।
७.४२.    सिमल तरुल ः उसिनेर खाने गरिन्छ । जाँड पनि बनाइन्छ ।
७.४३.    गोल काँक्री  ः काँचै पनि खाइन्छ र यसलाई अचार बनाएर पनि खाइन्छ ।
खण्ड ८
माछामासुबाट निर्मित परिकारहरू

१.  कुखुराको मासु र भुत्लाको वाचिपा –
(क)    वाचिपालाई तिते पनि भनिन्छ । खासगरी जीउ दुखेमा वाचिपा औषधीको रुपमा खाने गरिन्छ । सुत्केरीको विशेष खानाको रुपमा प्रयोग     गरिन्छ ।
(ख)    कुलपित्री गर्दा मारेको कुखुराको भुत्ला डढाएर त्यसको खरानी र चामल मिसाएर वाचिपा बनाइन्छ ।
(ग)     छिप्पिएको भालेको सिरुवा औषधीको रुपमा खाने गरिन्छ ।
२.  सुगँुरको मासु –
(क)    सुँगुरको मासु रक्ति लगाएर भुटुवा बनाइन्छ ।
(ख)    सँगुरको खुट्टाको अचार पनि बनाइन्छ ।
(ग)    सँुगुरको साँप्राको कोसेली पनि बोकिन्छ ।
३.  राँगाको मासु –
    (क)    रागाको मासुको भुटुवा बनाई खाइन्छ ।
    (ख)    रागाको सुकुटीको अचार तरकारी दुवै बनाइन्छ ।
४.  माछा –
(क)    माछाको तरकारी (झोल) बनाई खाइन्छ ।
(ख)    माछाको लोहोको अचार पनि बनाइन्छ । तर पहाडको बग्ने खोलाको माछाको मात्र लोहोको अचार खाने गरिन्छ ।
(ग)    मान्छे मरेको संस्कार कार्यमा माछाको उपयोग सुँगुरको मासुको विकल्पको रुपमा प्रयोग गरिन्छ ।
५.   सिद्रा– सिद्रा माछाको एक प्रजाती हो ।
(क)    सुकाएको माछा (सिद्रा) को अचार, तरकारी पकाएर खाइन्छ ।
(ख)    कूलपित्र गर्दा माछा उपलब्ध नहुँदा सिद्राको पनि उपयोग गरिन्छ ।
६.   गोरुको मासु
(क)    गोरुको मासु तरकारी खाइन्छ । तर नेपालको संविधान प्रदत्त अधिकारले गाई गोरुलाई राष्ट्रिय जनावरको रुपमा मान्यता दिएको हुँदा एवं हिन्दू धर्मको प्रभावले गर्दा हिजोआज किरातीहरुले गोरुको मासुको हड्डी चलाउने गर्दछन् । तथापि नेपाल बाहिरका देशमा किरातीहरुले यथावत चलाई रहेका छन् ।
(ख)    यसलाई सिकुटी बनाएर पछि खाने पनि गरिन्छ ।
७.  मृगको मासु  ः मृग मारी मृगको मासु तरकारी अथवा पोलेर खाइन्छ र पित्री कार्यमा पनि चलाइन्छ ।
८.  दुम्सी ः दुम्सीको मासु पोलेर तरकारी खाइन्छ ।
९.  कालिज, प्युरा, लुइँचे ः कुखुराको जस्तै परिकार बनाई खाइन्छ ।
१०. बच्छियौं, अरिङ्गाल, सुनबारुला ः यिनीहरु बस्ने गोला (घर) काढेर वा पोलेर माउ र बच्चा (छावा) तरकारी भुटेर अचार बनाई खाइन्छ ।
११. भमरा, मौरी, पुत्का (कठेउरी) ः यिनीहरुको घारको मह किरात राईहरुको विशेष खाना हो । मौरी र पुत्काको चाकाको मैन पनि बनाइन्छ ।

खण्ड ९
किरात राईहरुको खानपिनमा पर्ने जडीबुटी औषधीहरु निम्न छन् ः

१.    तितेपाती – कूलपित्र, धर्मकर्म गर्दा र औषधीको रुपमा पनि प्रयोग गरिन्छ । टाउको दुखेकोमा यसलाई सुङ्दा र काटेकोमा यसको रस लगाउँदा        
     निको हुन्छ ।
२.    चिराइतो – औषधीको रुपमा प्रयोग गरिन्छ । यसको प्रयोग औलो निको पार्नको निम्ति प्रयोग गरिन्छ ।
३.    पाखन्वेत – जिउ दुखेको खण्डमा यसलाई औषधीको रुपमा प्रयोग गरिन्छ ।
४.    विखुमा – यो विषलाई काट्ने औषधी हो । खास गरी हरिताल÷हर्ताल लागेको बेलामा यसलाई कुटेर झोल बनाइ पिउँदा निको हुन्छ ।
५.    कुट्की – यो पनि विषलाई काट्ने औषधी हो । विशेष चिनी रोगीलाई फाइदा हुन्छ ।
६.    बोझो – गला सुकेको बेलामा बोझो खाने गरिन्छ । खुट्टा सुनिएको बेला (नाग लागेको बेला) यसलाई घोटेर लगाउँदा निको हुन्छ ।
७.    सिल टिम्बुर – पेट ढुस्स भएको बेलामा खाने गरिन्छ । घरेलु जनावरलाई देशानमसान लाग्दा औषधीको रुपमा प्रयोग गरिन्छ ।
८.    बोके टिम्बुर – पेट ढुस्स भएको बेलामा खाने गरिन्छ । इक्पा पनि खाइन्छ ।

९.    खानक्पा –
१०.    घुर्विस (डचेप) –
११.    चापुदे –                यी चार चिज मिलाई बुटी बनाएर लगाए रोगी विरामी सन्चो हुने विश्वास रहेको पाइन्छ ।
१२.    दुवारी खाप्तीरी –   
१३.    घिउ कुमारी – आगोले पोलेको ठाउँमा लगाउने गरिन्छ ।
१४.    फच्याङ्ग – घुँडा वा आँख्ला दुखेको ठाउँमा पिसेर लगाउने गरिन्छ ।
१५.    धोरताप्रे – ज्वरो आएको बेला घाँटी दुखेको वा खरो भएको समयमा खाने गरिन्छ ।
१६.    अविजाले झार – सानो नानीहरु विरामी भएको खण्डमा पिसेर ख्वाउने गरिन्छ ।
१७.    ऐसेलुको मुन्टा र जरा – नानीहरुलाई रुघाखोकी लागेको बेलामा ख्वाइन्छ ।
१८.    नाकीयोङ्ग – नाकीयोङ्गको तरकारी खाइन्छ साथै जीउ दुखेको अवस्थामा पनि खाइन्छ । वाइको गर्दा (पानीदेउ पूजा) प्रयोग गरिन्छ ।
१९.    मनपाहा – दादुरा, पेट दुख्दा, आउँ पर्दा उसिनेर झोल खाने गरिन्छ । टाइफाइड, थाङ्ने ज्वरोमा औषधी हुन्छ ।
२०.    धोविने झारको जरा – घाँटी दुखेको बेलामा खाइन्छ ।
२१.    हाडेउन्यू – यो काटेको ठाउँमा माडेर लगाइन्छ ।
२२.    पदीना – चिनी रोग, रक्तचाप र पहेंलो रोगमा औषधीको रुपमा खाइन्छ ।
२३.    हर्राबर्रा – घाँटी दुखेको र स्वर सुकेको बेलामा औषधीको रुपमा खाइन्छ ।
२४.    अमला – औषधीमा प्रयोग गरिन्छ र अचार पनि बनाइन्छ ।
२५.    पाँचऔले – काटेको ठाउँमा पिसेर दल्दा छिट्टै निको हुन्छ ।
२६.    हडचुरा (हाडजोड) – यसको बोट हुन्छ र यसको जरालाई किच्याएर, पिंधेर हाड भाँचिएको ठाउँमा यसको लेप लगाइन्छ । यसले हाड छिट्टै  
     जोड्ने विश्वास रही आएको छ ।
२७.    अम्फी – रिट्ठा जस्तो साबुनको रुपमा प्रयोग गरिन्छ ।
२८.    बेसार – तरकारीमा हालेर खाइन्छ र खोकी चल्दा र घाँटी दुख्दा यसको प्रयोग गरिन्छ ।
२९.    अदुवा – अदुवा तरकारीमा हालेर खाइन्छ र पित्रीपूजा गर्दा, धर्म कर्ममा बोटसंगै यसको प्रयोग गरिन्छ ।
३०.    ठेम्के – ठेम्केको जरा, पेट ढाडिंदा पिधेर खाँदा निको हुन्छ । यो तीतो हुन्छ ।
३१.    गुँएलो (खालामा) – बोक्रा पिधेर पेट दुखेको बेला खाँदा निको हुन्छ । यसको बोट ठूलो हुन्छ ।
३२.    सिन्कौली (पातरङी) – यसको बोट ठूलोखाले हुन्छ । यसको पात तरकारीमा हालेर खाइन्छ र बोक्रा पिधेर     तरकारीमा मसलाको रुपमा हालिन्छ ।
     यसको जराको बोक्रा मसलाको रुपमा खाने गरिन्छ ।
३३.    ओखर – ओखर खाइन्छ र तिहारको भाइटिकामा यसको प्रयोग गरिन्छ । वर्षायाममा हिलोले खाएको औंलाको कापमा यसको बोक्रा पिनेर
     औषधीको रुपमा प्रयोग गरिन्छ ।
३४.    ज्ञँवरा उखु – यो पहेंले रोग लागेमा औषधीको रुपमा पनि खाइन्छ ।
खण्ड १०

किरात राई जातिको नक्छो÷माङ्पाले लगाउने पहिरन साथै प्रयोगमा ल्याइने वस्तुहरू ः

१.    टोपी, पगरी (फेटा) ः यो पछाडिपट्टि फुर्का झर्ने गरी टाउकोमा गुथिन्छ । यसमा प्वाँख र दुम्सिका काँडाहरु सिउरिने गरिन्छ
२.    घागी (जामा) ः चोलो र फेरो जोडिएको लामो जामा । भरसक सेतो घरबुना हातैले बुनेको खेसको कपडा राम्रो मानिन्छ । यो छोरीचेलीहरुले बुनेको     हुनुपर्दछ ।
३.    पटुका (छाक्छिन्मा) ः बिजुवाले कम्मरमा बाँध्ने कपडालाई पटुका भनिन्छ । यो पनि जामा र फेटाजस्तै खेसको अथवा खाँडिको हुनुपर्दछ ।
४.    बिजुवाले विशेष कार्यक्रममा (ललकचुम–दुमी, नारीमोक्ते–बाहिङ) कोट जस्तो लगाउने ।
५.    दौरा सुरुवाल ः नाक्छो÷बिजुवाले पित्री कार्य गर्दा लगाउने ।
६.    क्रिङमालो ः बिजुवाले पित्री गर्दा लगाउने (क्रिङमालो–बाहिङ) ।
७.    झोला ः अल्लोको झोला (सिदिमो–बाहिङ) सुनाखरीको बुट्टादार झोला बिजुवाले विशेष कार्य गर्दा लगाउने ।
८.     झल्लरी (सेवारी) ः सुनाखरी फूलको सुकेको डाँठलाई चोया बनाई बाटेको डोरीमा दुम्सिको काँडा टुक्रा–टुक्रा बनाई थेगेको र मयुरको झल्लरी     पुच्छरले सिंगारिएको वस्तुलाई झल्लरी भनिन्छ । यो चाहिँ खोलाटोला अनुसार खोलादेउ गर्दा पहिरिने गरिन्छ । अन्य चिन्ता बस्दा लगाइन्दैन ।
९.     माला ः पत्थरको (वाच्छुक, पुच्छक, खाप्छुक), रूद्राक्ष र रिट्ठा, पुवाँलो, घण्टिको माला, सर्पको हाडको माला लगाइन्छ ।
१०.    प्वाँख (वासाङ) ः लाटीबुढेनी वा लामपुच्छ«े (खुक्वा) चराको पुच्छर, लुइँचेको पुच्छर, मयुरको पुच्छर, डाँफे चराको पुच्छर र दुम्सिको पुच्छर सहित     तीनवटा मुठालाई पगरीमा सिउरेर लगाइन्छ ।
११.    छालाको पेटी ः हरिणको छालाको पेटीमा चाँप, घुँघुँरा, झ्याली, मजुरा आदि कम्मर र दोकाँधे बनाई झुण्ड्याएर लगाइन्छ ।
१२.    पटुकाको बिचमा वरिपरि काउलो र अम्लिसोको पातमा अछेता मन्तरेर च्यापिन्छ । यसले बिजुवाको रक्षा गर्दछ ।
१३.    स्याउली ः काउलो, (तुम्पु÷ताङ्का) वा पात्ले (मुसुरे) स्याउलाको मुठामा अम्लिसोको पात वा मुन्टा सहित बाँधिएको हुन्छ ।
१४.    घुङ्रिङ ः यो घुङरिङ अथवा बाँसबाट बनाइन्छ । बिजुवाले थानमा सजाएर राख्छ र हातमा पनि लिएर चलाउँछ ।
१५.    नक्छो वा बिजुवाले तरवार, खुकुरी, कर्द भिर्दछ र कचुर काट्ने सानो खुर्पा खुर्मी, नली खुट्टाको हड्डी, धनुकाँड, झ्याम्टा, बाघको दारा÷नङ्ग्रा,     होङरायोको चुच्चोहरू थानमा राख्दछ ।
१६.    चिण्डो ः रक्सिले भरिएको र केराको पात राखी चलाइने चिण्डो (आप्चोङ्वी) बिजुवाको प्रमुख हतियारको रूपमा लिइन्छ । केराको पातमा राखिएको     चिण्डो (सोलेन्वा) आठदेखि सोह«वटासम्म बिजुवाले प्रयोग गर्दछ ।
१७.    डालोमा कोदो राखी त्यसमाथि एक चिण्डो रक्सि राखिन्छ जसलाई खुन्तिम्मा भनिन्छ ।
१८.    पात्लेको दुईवटा घोचामा ढोल (केन्) बाँधी त्यसको टुप्पामा स्याउला बाँधिन्छ जसलाई काङ्सुङ् भनिन्छ । नक्छोले कचुर काट्न नभ्याउँदा त्यही     स्याउलाको पात चुँडेर फ्याँकी जोखाना हेर्ने गर्दछ ।
१९.    जङ्गली अदुवा (नाप्चिवी) कचुर काट्न प्रयोग गरिन्छ ।
२०.    अदुवा (सुवि) कुलपित्री लगायत हरेक सामाजिक संस्कारहरूमा प्रयोग गरिन्छ ।
२१.    खोलादेउ गर्दा चाहिँ फूलै फूलको प्रयोग थानमा गरिन्छ । तिनीहरू निम्न छन् ः–
    क) सयपत्री (रोथकबुङ)            ख) तरवारे फूल (होप्छामाबुङ)            ग) छेकालाबुङ ?    
    घ) पानी अमला (लोलोवाबुङ)        ङ) सुनाखरीको प्रजाति (तारावाबुङ)         च) बेतलौरी (नागाबुङ)
    छ) सुनाखरीको फूल (आम्लाबुङ)

नोट ः ..........

सन्दर्भ श्रोत ः
    १. दोवाङदुम शामकालिङ – सन्तकुमार इशारा राई
    २. प्राचीन किरात इतिहास – प्रपन्नाचार्य
    ३. विभिन्न किरात राईको बुजुर्ग, भाषिक संस्थाहरूसित पटक पटक छलफल गरी प्राप्त भएको निष्कर्ष अनुसार
    ४. किरायाको प्रकाशन निप्सुङ बुलेटिनहरू
    ५. नेपाली बृहत शब्दकोश – राजकीय प्रज्ञा प्रतिष्ठान
    ६. किरात हिजो र आज – दुर्गाहाङ याक्खा राई
    ७. किरात इतिहास पृ.८,९, – बम बहादुर राई

1111111111111111111111111111111111111



किरात राई मुन्दुम, संगीत र साहित्य
किरात राई मुन्दुम, संगीत र साहित्य

विषय प्रवेश ः
किरात खम्बू राई जाति एक्काइसौं शताब्दिको पूर्व प्रभात कालमा आइपुग्दा एउटा गहन विषय मुन्दुम अभिलेखन कार्यमा जुटेका छौं । यस कार्यले भोलिका निमित्त सन्ततिलाई आफ्नो अस्तित्व, पहिचान र गरिमा बारेमा बोध गराउने छ । प्राचीन मानव सभ्यतासंगै किरात सभ्यताको कुरा उठाउनुपर्ने भएकोले किरात सभ्यताका विभिन्न चरणहरुमध्ये संगीत पक्ष पनि महत्वपूर्ण एउटा पाटो हो । मानव विकास क्रमसंगै किरात खम्बूहरुले आविस्कार र प्रयोग गर्दै आएका गीत संगीत, बाजागाजा तथा साहित्यबारे संक्षिप्त टिपोट गरिएको छ ।
    मुन्दुम किरात खम्बू राई जातिकै आदि एवं अन्त्य पहिल्याउने दर्शन शास्त्र हो । ‘मुन्दुम ’ श्रुति, आख्यान र दन्त्य कथ्य परम्पराबाटै अघि बढे तापनि यस शास्त्रद्वारा किरात खम्बु राई जातिको जीवनयापन अहिलेसम्म निर्देशित छ ।
    अहिलेका नाक्छोङ, बिजुवा वा माङ्पाहरुले प्राचीन लय, भाका र तालका आधारमा ती ‘रिदुम–मुन्दुम’हरूलाई नै पछ्याइरहेको पाइन्छ । यस अर्थमा ‘मुन्दुम’, ‘संगीत’ र ‘साहित्य’ एक अर्काका पूरक मान्नुपर्ने हुन्छ । मुन्दुमको ‘शब्द’ र ‘ध्वनी’ सुुन्दा पनि प्राच्य शब्द, शैली र भाकाहरू रहेकाले प्राचीन खम्बू किरातीहरुका रिदुम–मुन्दुम संगीतात्मक थियो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।
    रिदुम मुन्दुम बोल्दा, गाउँदा, वा फलाक्दा गरिने लयात्मक तौर तरीका साथै उठान बैठान गर्ने एक किसिमको जुन प्रविधी छ त्यो नै संगीत हो । त्यसकारण मुन्दुम र संगीत फरक गरेर आ–आफ्नो अवधारणा निर्माण गर्नु यहाँ सान्दर्भिक हुँदैन । हुन त मुन्दुम, संगीत र साहित्य पृथक अर्थ बोकेका शब्दहरु हुन् ।
    किरात खम्बु राई भन्नाले आठपहरे, कुलुङ, कोयू, खालिङ, चाम्लिङ, थुलुङ, दुमी, पुमा, बान्तावा, वाम्बुले, बाहिङ, नाछिरिङ, नेवाहाङ, याक्खा, लोहोरुङ, साम्पाङ्ग आदि पर्दछन् । यसभित्र पनि पाछाका धेरै हांगाबिंगाहरु छन् । ती हांगाबिंगाहरुमा तन्त्र मन्त्र र सूत्रहरु छन् । गीत, संगीत र नाचगानहरु छन् साथै बाजागाजाहरु छन् ।
    केही बाजाहरु फलामबाट बनेका छन् । अधिकांश बाजाहरु काठ, बांस र छालाबाट बनेका छन् । केही किराती बाजाहरु त्भचचब(अबततब अर्थात् माटोबाट बनाइएका पाइन्छन् भने केही बाजागाजाहरु जनावरका सिंग (पुङ्) र हाडबाट बनाइएका पनि पाइन्छन् । अन्तरराष्ट्रिय बाजागाजासंग तुलना गर्न सकिने बाजाहरु पनि छन् ।
    किरात खम्बू राई जातिहरु प्रस्तर युगीन अवस्था (एबबिभयष्तिजष्अ बनभ० का र सभ्य जाति मानिन्छन् साथै यही युगदेखि हात हतियार र बाजागाजाको प्रयोग गरिएको मानिन्छ ।
    अहिले पनि चाछुवा–चामाङ चाड (खोलादेउ) मा किरात खम्बु राई जातिले प्रयोग गर्दै आएका हातहतियार तथा बाजागाजाको लयात्मक गीतिवर्णन र पूजा नाक्छोङ, बिजुवा, माङपाद्वारा गरिन्छ ।
    नाक्छोङ, बिजुवा, माङपाहरु रिदुम मुन्दुम गाउँदा प्रायः एक्लै गाएको देखिन्छ तर अन्य किरात दाजुभाइ, दिदी बहिनीहरुले अन्य मेला पर्व र चाडमा गीत गाउँदा एकल (क्ययि), युगल (म्गभत) र समूह (न्चयगउ) मा स्वर मिलाएर गाएको देखिन्छ ।

खण्ड १

किरात राई बाजाहरु  ः
  
१.सुसेली (सुइसुइला) ः किरात राईहरुले सुसेलीलाई मीठो संगीतको रुपमा प्रयोग गरेको पाइन्छ । सुसेली कुनै वस्तुको सहायता बिना मुखले मात्रै पनि सुसेल्न सकिन्छ भने मुखमा हातको औंला प्रयोग गरेर टाढासम्म सांकेतिक आवाज सूचना प्रवाहको निम्ति पनि प्रयोग गरिन्छ ।

२. पात (पिपिरी) ः  सुसेलीको प्रयोगपछि बोट बिरुवाको पातलाई दोबारेर मुखमा ओंठको सहायताले फुकेर निकालेको आवाजलाई पनि सांगीतिक रुपमा प्रयोग गर्न सकिन्छ ।
३. सिङ् (पुङ्) ः  किरातीहरुले शिकारी युगदेखि नै सिङ् (पुङ्) बाजाको रुपमा प्रयोग गरेको देखिन्छ । अर्ना वा त्यस्तै खाले ठूला जनावरको सिङ् (ज्यचल) लाई पनि बाजाको रुपमा प्रयोग गरेको पाइन्छ ।
४. यलम्बर ः  बांसद्वारा निर्मित विभिन्न बाजाहरुमध्ये यलम्बर बाजा किरातीहरुको महत्वपूर्ण र मौलिक बाजा हो । जुन बांसको दुवैतिरको आंख्ला राखी त्यसैको चोया निकालेर तन्काई बांसकै चोइटा च्यापेर बीचमा चरकुने प्वाल पारी बनाएको हुन्छ । यो बाजा सांगीतिक सभ्यताको परिचायक पनि हो ।

५.बिनायो ः बिनायो बाजा पनि बांसको प्रजाति मालिङ्गोद्वारा निर्मित बाजा हो । मालिङ्गोको कप्टेरोलाई बीचमा नहर्नीले खिपेर एउटा सानो जिब्री निकालिन्छ र यसको एक छेउमा धागोको डोरीले बाँधी ओंठको छेउमा लगी श्वास (हावा) को माध्यमले बजाउने लोकप्रिय बाजा हो ।

६. मुरली ः मुरली बाजा पनि मालिङ्गो वा बांसद्वारा नै बनाइन्छ ।
७. जोरमुरली ः जोरमुरली मुरलीजस्तै मालिङ्गो वा बांसद्वारा बनाइन्छ । दुईवटा मुरलीलाई जोडेर धागोले बाँधी बनाइन्छ तर यसको बनावट मुरलीभन्दा थोरै फरक हुन्छ ।          मुरलीको फुक्ने छड्के ताछेर बनाइएको हुन्छ र प्वालहरु सिधा हुन्छ भने जोरमुरलीको फुक्ने सिधा ताछिएको हुन्छ र यसको प्वालहरु दायां बायां छेउ छेउमा बनाइएको हुन्छ ।

८.बांसुरी ः मुरलीजस्तै बांसुरी पनि सुसिर वाद्य अन्तरगतकै अर्को बाजा हो तर बांसुरीमा सातवटा प्वाल हुन्छ ।
९. बिम्बिलिमा ः यो बाजा बांसको जातिबाट पनि बनाइन्छ र खासगरी सप्रेको गहुँ, जौ, उवाका नलबाट बनाइएको मुरलीजस्तै फुकेर हावाद्वारा बज्ने बाजा हो । तर यो बाजा अहिले लोपोन्मुख रहेको देखिन्छ ।
१०.  ढोल (केन)  ः   किरातीहरुको प्रमुख तालबाजा ढोल (केन) नै हो । साकेवा लाक् (साकेला नाच) मा यो बाजा प्रमुख रुपमा प्रयोग गरिन्छ । यो नेपालकै लोकप्रिय बाजा पनि हो ।
११. ढ्याङ्ग्रो ः ढ्याङ्ग्रो प्रायशः धामी, झाँक्री, बिजुवा र माङ्पा साथै उनीहरुका सहयोगी केनछरुवाले प्रयोग गरेको पाइन्छ । ढ्याङ्ग्रो बजाउने गजा लेकाली बेत (कुकुरदाइने)बाट तीन ठाउँमा आगोले सेकाई बङ्याएर बनाइएको हुन्छ ।
१२. झ्याम्टा ः ढोल संगसंगै झ्याम्टा पनि साकेवा लाक् (साकेला नाच) मा बजाइन्छ । कतै कतै बिजुवा, माङपाहरुले पनि थानमा बस्दा पूजा आजा गर्दा प्रयोग गरेको पाइन्छ ।

१३. थाल ः थाल विशेषतः धामी, झाँक्री, बिजुवा, माङपाहरुले धामी बस्दा, फलाक्दा र मुन्दुम मन्त्रहरुका कैरन ल्याउँदा बजाउने गरेको पाइन्छ । कतै कतै रातको समयमा एकनाशले यो थाल बाजा बजाएर जङ्गली जनावरलाई मोहित पारी शिकार गर्ने गरेको पनि पाइन्छ ।

खण्ड २

किराती गीत संगीत, नाच र साहित्य
१. रिसिया ः मानव विकासको क्रमसंगै किरातीहरुले समाजलाई अनुशासित बनाउँदै लैजाँदा केही नियम, कानून, मुन्दुमको निर्माण गरे त्यही मुन्दुम लयात्मक ढंगले वाचन गर्ने शैली हो रिसिया वा रिसिवा ।

२. होक्छामा ः यो ज्यादै पुरानो लय हो । यो लय गाएर पानी पार्ने, रुखको पात झार्ने र फूल फुलाउने जस्ता ज्यादै चमत्कारपूर्ण रहस्यात्मक कार्य गरिन्थ्यो । जसभित्र किरात साहित्य र संगीतको प्रवल प्रभाव रहन्थ्यो ।
३. दोलोकोम्मादो ः यो गीत साकेला नाच्दै हिड्दा बाटो र साकेला थान वरिपरी फुल्न लागेका पूmलहरुको कोपिला फुलेर पनि ओइलिसक्यो र अब घर फर्किनु पर्छ भन्ने भाव बोकेको गीत र भाका हो ।
४. हाक्पारे ः यो गीतको लय पनि ज्यादै पुरानो हो । यो लयमा पुरानो कथा, किरात दर्शन, साहित्य र प्राकृतिक वर्णन पाइन्छ साथै मनको भावनाहरु र जीवन यापनका यावत पक्षहरुको वर्णन पनि पाइन्छ ।
५. यारी÷हियारी ः यो गीत विवाहको बेला केटा रकेटी दुवै पक्षबीच सवाल र जवाफ (जुवारी) शैलीमा गाइने गीत हो । यो गीत सुङखीम (जन्ती÷पाहुना राख्ने अस्थायी वा नयाँ घर) मा गाइने गरिन्छ । पाहुना बिदा गर्ने बेला पनि कतै कतै गाउने गरेको पाइन्छ ।
६. साइमाछाम ः यो गीतमा खासगरी नारी जातिले जन्म र मृत्युबीच जीवनमा भोगेको विभिन्न पक्षहरुको व्याख्या, विश्लेषण र वर्णन गरिएको पाइन्छ । जस्तै–
    नवै र महिना आमाको गर्भ
    दसै र महिना जनमै लियौं
    छ है र महिना काखैमा खेल्यौं
    दुई र वर्षमा पाइला सा¥यौं
    पाँचै र वर्षमा चोलिया लायौं
    पन्ध्र है वर्षमा विहे नै भयो
    बीसै र वर्षमा सामथ्र्य भयौं
    ........ असी है वर्षमा थपक्कै बसी
    घरले जाऊ जाऊ वनले आऊ आऊ
    खै मेलो सर्दैन ..................... आदि आदि

७. साकेवा लाक् (साकेला) ः साकेला, साकेला, साक्ले, तोषी, भुमि पूजा, आदि पर्यायवाची नामले चिनिने साकेला नाच किरातीहरुको प्रमुख लोक नाच हो । यसका विभिन्न नाच्ने शैलीहरु छन् जसलाई सिली भनिन्छ । गीत, संगीत र नाच सँगसँगै गरिने भएकोले यो पूर्ण साँगीतिक र साँस्कृतिक नाच हो । जसमा धेरै प्रकारका नाचिने सिलीहरु (हावभाव) छन् । जस्तै– नारावा सिली, सुम्दि सिली, सिखी सिली, पारु सिली, मोछामा सिली, नाइमा सिली, किवा सिलाी, चाम्चा सिली, चुइमा सिली, उप्पा सिली, नाकिमा सिली, रैका सिली आदि । यी उल्लेखित सिलीहरुको उत्पत्तिबारे प्रशस्तै कथा किंवदन्तिहरु पनि  यी उल्लेखित सिलीहरुको उत्पत्तिबारे प्रशस्तै कथा किंवदन्तिहरु पनि छन् । राई किरातीहरु पितृ र प्रकृति पूजक भएका हुनाले पितृ र प्रकृतिकै सेरोफेरोमा रहेर जन्मदेखि मृत्युसम्मका जीवनका भोगाइहरुबाट विविध सिलीहरु उत्पत्ति भएको छ । जसले किरातहरुले जीवनभरी समाजमा रहँदा के के गर्छन्, कस्तो कस्तो खान्छन् र कस कसलाई पूज्छन् पुकार्छन् यी सबैको वर्णन गीतमा हुन्छ भने नाचमा यी सबै हाउभाउहरु (न्भकतगचभ) प्रदर्शन गरिन्छ ।

८. अन्य नाच र गीतहरु ः  रिसिया, लौलौके भाका, झ्याउरे, चुट्के, ख्याली भाका, दम्के गीत, होप्माछाम लय आदि ।
    यस बाहेकका लोप हुने अवस्था र लोप भइसकेका गीत, संगीत, भाका, लय, बाजागाजा र किराती लोक साहित्य, लोक कथा, उखान टुक्काहरुको खोज अनुसन्धान र अभिलेखन गरिनु जरुरी छ । ठाउँ, स्थान र भेक अनुसारका हराउँदै गइरहेका भाका र बाजाहरु, भाषा र साहित्य, मन्त्र र मुन्दुमहरु संकलित गरिनु नितान्त आवश्यक छ । जसबाट राई किराती खम्बुहरुले जीवनयापन गर्ने संस्कृति र सभ्यताको विकास गर्दै लैजाने छन् ।
किरात सभ्यताका शिखर व्यक्तित्वहरू ः तोमा खेमा खक्चिलिपु एक प्रागऐतिहासिक अध्ययन
किरात सभ्यताका शिखर व्यक्तित्वहरू ः तोमा खेमा खक्चिलिपु एक प्रागऐतिहासिक अध्ययन
परिचय ः
किरात समुदायमा “तोमा, खेमा र खक्चिलिपु” को कथा अत्यन्त लोकप्रिय रहेको पाइन्छ । यो प्राग–ऐतिहासिक कालको घटना विवरण भएको हुनाले तिथि–मितिको स्पष्ट उल्लेख गर्न नसकिए पनि महाभारत कालभन्दा अगाडि पारुहाङ र नाइमाकाल भन्दा पछाडिको मानिन्छ । यो कथ्य होइन तथ्य हो । तर यथेष्ट खोज, अनुसन्धानको अभावमा यसलाई कथाकै रूपमा सुन्दै आएको पाइन्छ । यो त्यस्तो कथा हो जसका सार र गुणहरू आज किरातको मात्र होइन साराको लोक व्यवहार बन्न गएको पाइन्छ । तसर्थ यसलाई कथा भन्दा प्राग ऐतिहासिक वृत्तान्त भन्नु उपयुक्त हुन्छ । यस वृत्तान्तमा ती व्यक्तित्वहरूलाई किरात समुदायले आदिम पुर्खा र सीपका मालिक मात्र होइनन्, किरात सभ्यताकै शिखर नारी र पुरूष हुन् भन्ने कुरालाई प्रमाणित गर्न यो संक्षिप्त लेख प्रस्तुत गरिएको छ । अतः तोमा, खेमा र खक्चिलिपुलाई किन सभ्यताको शिखर व्यक्तित्वहरूमा गणना गरिनुपर्दछ भन्ने आधारहरू निम्न बुँदाका शीर्षकहरू मार्फत् अध्ययन गरिनेछ ।

तोमा, खेमा र खक्चिलिपुको जीवन वृत्तान्त ः
किरातहरूको आदिम पुर्खा पारुहाङ, नायमा पछि पिता पापा पातेसुङ् र मामा दिलीदुम् भनिएको छ । कसैले पारुहाङ पछि हेन्कुबुङ र निजपछि पापा पातेसुङ र मामा दिलीदुमको वंशावली बताएका छन् । उनीहरूलाई दाखिली यारीता र मुखली यारिता पनि भनिन्थ्यो । समय बित्दै जाने क्रममा मामा दिलीदुमको गर्भबाट दुई छोरी र एक छोराको जन्म भयो । तिनीहरूको नाम क्रमशः जेठीको तोमा, कान्छीको खेमा र छोराको नाम सम्चु राखियो । यिनै सम्चु पछि खक्चिलिपु भनी कहलिए ।
    दैवसञ्जोग यी बालकहरू सानो छँदा नै मातापिताको देहान्त भएकाले उनीहरू ठूलो बिचल्लीमा परे । तोमा, खेमाको राम्रो बुद्धिज्ञान आइसकेको थिएन । खक्चिलिपु त झन् सानै थिए  । यी टुहुराहरूलाई जीवन निर्वाहको लागि ठूलो संकट भोग्नुप¥यो । घरमा पिठोको बन्दोबस्त नभएकाले तोमा खेमाले भाइलाई बोकेर केही नजीकको बस्तीतिर चाहार्न लागे । जाँतोमा छोडिएको सामल बटुलेर जीवन निर्वाह गर्न लागे । तर सधैं जान थालेपछि गाउँलेहरूले छिःछिः दुर दुर गर्न लागे । आइन्दा त्यसरी घरघरमा नआवोस् भनेर गाउँलेहरू भेला भई जाँतोमा एक मुठी सामल नछोड्नू भन्ने उर्दी भयो । तर एउटी बुढीको कानले राम्रो भर नपाएको हुनाले उनले चाहिँ एक माना सामल छोड्नू भनेको सुनिछिन् ।
सदाझैं तोमा, खेमा भाइलाई बोकेर सामल बटुल्दै जाँदा सञ्जोगवश त्यही बहिरी बुढीको जाँतोमा पुगेछन् । त्यसदिन अलिधेरै सामल पाएकोले खुसी हुँदै घरमा आएर खोले पकाउन लागे । दिदी चाहिँ घर सोहोर पटार गर्न लागे । भाइ चाहिँ आज त अघाउँजी खान पाइने भयो भनेर खुसीले नाच्न उफ्रन लाग्यो । उफ्रिदा उफ्रिदै बिचराको खुट्टा लामो दाउरामा अल्झेर खोलेको भान घोप्टिन पुग्यो । भान घोप्टिएपछि तोमा, खेमालाई साह्रै रिस उठ्यो त्यसैले भाइलाई पिट्नसम्म पिटे । भाइ काप्ची काप्ची रून थाले । भाइ रूँदा रूँदै थकित भएर निदायो । भरखरै निदाएको भाइलाई तोमा र खेमाले उठाउन खोजे तर धेरै दिनको भाको र थकित भएकोले भाइ उठ्न सकेन । तसर्थ भाइ मरेछ भन्ठानेर त्यो घर छोडी अन्तै जाने सुर गरे । जान अघि उनीहरूले एउटा केराको बोट पनि रोपिदिए । त्यसपछि दुवै दिदी बहिनी पुत्लामाथि उफ्री उफ्री नाच्न थाले, उफ्रदा चिण्डो फुट्यो र चिण्डो फुट्दा भाइको टाउको र झिक्रा भाचिँदा करङ भाँचिएको भन्ने ठाने ।
    यसपछि उनीहरू भाइलाई एक्लै छोडेर त्यहाँबाट हिँडे । हिँड्दै डुल्दै जाँदा उनीहरू जायजुम (खोटाङको अर्खौले गाउँ विकास समितिमा पर्ने मलथम्का डाँडा) पुगे । त्यहाँ केही समय सम्म बसे तर गुजाराको सहारा नभएको हुनाले अन्तै जाने निश्चय गरे । दिदी लेक जाऔं भन्थिन्, बहिनी बेंसी जाऔं भन्थिन् । दुईजनाको सल्लाह नमिलेकोले दुवै आ–आफ्नै बाटो लाग्ने निर्णय गरे । यस अनुसार उनीहरू जायजुमबाट हिंड्न अघि भविष्यवाणीको लागि तुक्यारी पुमा (बाबरी) पूmलको बिरूवा रोपे । किरात लोक विश्वास अनुसार जायजुमबाट हिंड्दा पन्छीको जूनी धारण गरे । यस अनुसार दिदी हङ्ग्रायो र बहिनी चाहिँ धनेश भइन् । बहिनी चाहिँ अलिक चञ्चले भएकीले के कसो होला भनी अरू चराचुरूङ्गीलाई नजिस्क्याउन भनी दिदीले सम्झाई बुझाई छुटिई आ–आफ्नो बाटो लागे ।
धनेश रूप धारण गरेकी खेमा मधेश बेंसीको फाँटमा स्वतन्त्र ढंगले डुल्न थालिन् । प्राकृतिक हराभरामा उनको जीवन आनन्दसाथ बित्न लाग्यो । स्वच्छ हावापानी र वातावरणले स्वास्थ्यमा पूर्ण लाभ भयो । त्यो सुन्दर संसारमा रम्दा रम्दा उनले दिदीको अर्तिलाई बिर्सिन पुगिन् । तसर्थ आफ्नो मामा पोप्पो (लाटकोसेरो)लाई जिस्क्याउन थालिन् । लाटकोसेरो त्यस समयको सिपालु कलाकार थियो । डोको, दाम्लो, नाम्लो, थुम्से, घुम, नाङ्लो आदि बुन्नु उनको काम थियो । यस काममा उनको साह्रै एकाग्रता थियो । त्यसैले एक ठाउँमा घोप्टिएर काम गर्न थालेपछि घोप्टिएको घोप्टिएकै हुन्थे । त्यो देखेर खेमालाई हाँसो उठ्थ्यो । तसर्थ उनी लाटकोसेरोलाई यसरी गिज्याउँथे, “ए गोज्याङ्ग्रो, घोप्टे, डेढे ।” यो सुनेर लाटकोसेरो चाहिँ रिसले चूर हुन्थ्यो । अनि यसो चलमलाउन खोज्यो भने धनेश चाहिँ भुर्र उडेर अर्कै रूखमा पुगिहाल्थिन् र फेरि भन्न थाल्थिन्, “अन्धो, बहिरो” इत्यादी भनेर पटक–पटक धनेशरूपी खेमाबाट यस्तो जिस्क्याई खान पर्दा उनलाई सहि नसक्नु भै सकेको थियो । त्यसैले एक दिन लाटकोसेरोले फकाई फकाई खेमालाई आफ्नो वशमा पा¥यो र खानेकुराको लोभ देखाई मुख आँ गर्न लगायो । खेमाले पनि लोभमा मुख आँ गरिन् । त्यत्ति नै बेला लाटकोसेरोले खेमाको मुटु कलेजो झिकेर खाइदियो जसले गर्दा खेमाको जीवन लीला समाप्त भयो । त्यसपछि लाटकोसेरोले बिस्तारै सिङ्गै शरीर खाएर सिध्यायो ।
    यता लेकाली स्वच्छ हावापानी र वातावरणमा हङ्ग्रायो रूपी तोमाको जीवन पनि आनन्दसाथ बित्न लाग्यो । धेरै ऋतुहरू यसरी नै बिते । एक दिन उनलाई कता कता बहिनीको याद आयो । त्यसैले बहिनीको अवस्था कस्तो होला भनी बुझ्नलाई जायजुम गइन् । त्यहाँ बहिनीको पूmल चाहिँ मरेको थियो । तसर्थ बहिनी यो संसारमा छैन भन्ने बुझिन् । के कसो भयो भनी उनी सबैलाई सोध्न थालिन् तर कसैले प्रष्ट जानकारी नदिएपछि अन्त्यमा मामालाई सोध्न गइन् । मामाले पनि शुरूमा त थाहा छैन भनी टारी दिए । तर पनि मामाकै कैफियत छ भन्ठानी रोइ कराई सोध्न थालेपछि बल्ल साँचो बात खुल्यो । “वहाँ पर शौच गर्ने ठाउँमा गएर हेर अनि थाहा पाउनेछस्” भनेपछि तोमा त्यहीँ नै हेर्न पुगिन् । बहिनी साँच्ची नै मामाको शिकार भएकी रहिछिन् । त्यहाँ हाडखुर थुप्रिएको थियो । तोमाले तिनै हाडखुरलाई एउटा काठको आरीमा उठाई खरानी र पानीसंग मोलेर मजेत्रोले छोपिन् । यसरी छोपेपछि बहिनीको शोकमा धेरैदिनसम्म रिसिया (भजन, कीर्तन) गाएपछि अचानक एक दिन बहिनी पसिनै पसिना भएर उठिन् । (किरातीहरूले किनीमा र जाँड बनाउने काइदा यसैबाट सिकेका हुन् भन्ने भनाइ छ ।) बहिनीले “म त धेरै निदाएँछु दिदी” भनिन् । यसरी ती दुई दिदी बहिनीको पुनर्मिलन भयो । यसपछि उनीहरू पन्छीरूपी जीवनलाई परित्याग गरी पुनः मानव जीवनमा अवतरण भए । अब जीवन निर्वाहको लागि कुनै न कुनै पेशा अपनाउनु पर्ने आवश्यकता थियो । तसर्थ उनीहरू विभिन्न ठाउँहरूमा डुल्दै अन्तमा ‘जायजुम’ मा नै पुगे । यहाँ उनीहरूले पहिलो चोटि घरेलु उद्योगको रूपमा तान बुन्ने काम (कपासबाट खाँडी बुन्ने) थालनी गरे । आधुनिक कपडा बुनाइको सृष्टि यही ‘जायजुम’ मा तोमा, खेमाबाट भएको विश्वास किरातहरू गर्दछन् ।
अब यता भाइ खक्चिलिपु चाहिँ भोकले लखतरान परेर निन्द्राबाट बिउँझियो । उनको पहिलो नजर केराको बोटमा प¥यो । अचम्म मानेर जुरूक्क उठी यताउता हेर्न लाग्यो । दिदीहरू थिएनन् । खोलेको भाँडो लडिरहेको थियो । मनमा भक्कानो छुटेर आयो । बेस्सरी रोई कराई दिदीहरूलाई बोलायो तर दिदीहरू आएनन् । उनी यताउता छटपट गर्दागर्दै एउटा खाडलमा नजर प¥यो । त्यहाँ आफूजस्तै सक्कलमा एउटा पुत्ला लडिरहेको थियो । यी सबै कुराहरू के भईरहेको छ उनलाई अनौठो लाग्यो । उनी आफू सुतेकै ठाउँमा आए । त्यहाँ एउटा कर्द पाए । त्यही कर्द टिपेर केराको बोटलाई ताक्दै भन्न लागे, “ए केरा, पसाउँछस् कि काटिदिउँ ?” साँच्चिकै केरा पसायो । फेरि भने, “पाक्छस् कि काटिदिउँ ?” पुनः केरा पाक्यो र त्यही केरा खाएर भोकको निदान गरे ।
धेरै दिन बित्यो दिदीहरू पनि आएनन् । एक्लो जीवन बिताउनु परेकोले कष्टकर र नियास्रो  पनि त्यत्तिकै थियो । जीवन निर्वाह गर्ने क्रममा उनले शिकारी धन्दा शुरू गरे । पासो बनाउन सिके । पासोमा ताँबे ढुकुर (ढुकुरको एक जात) पारे । त्यसको गाँडमा भटमास, धान, कोदो आदि रहेछ । उनले त्यो बिउ छर्ने बुद्धि आयो तसर्थ बिउ छरे जसबाट लह लह बाली लाग्यो । त्यसलाई पुन ः छर्ने र दानाहरू बढाउने काम गरे । एवं रीतले खक्चिलिपु कृषक भए । धेरै अन्न फलाउन थालेपछि खाद्यान्नको अभाव हट्यो ।
यसैगरी उनको बैंस पनि चढ्दै गयो । नयाँ नयाँ उपायहरू गर्ने उत्सुकता बढेर आयो । तसर्थ अल्लाको लोकोटाबाट नाम्लो, दाम्लो, जाल बुन्न सिके । जाल तयारी भएपछि माछा मार्न थाले । कृषिबाहेक माछा मार्नु उनको सहायक पेशा भयो । उनको भाग्य दिनदिनै उदाउँदै गयो ।
    एक दिनको घटना यस्तो थियो – सदा झैं उनी खोलामा माछा मार्न गएका थिए । जाल हाने तर माछा होइन ढुंगा प¥यो, त्यसलाई फ्याँकिदिए । पुनः जतिपटक जाल हाने पनि उही ढुंगा परेकोले हारमान्नु भई टाढा–टाढा पुग्ने गरी घुइक्याउन थाले तैपनि सोही ढुंगा जालमा अड्कन छाडेन । तसर्थ अन्त्यमा लोहोरो ढुंगा बनाउने बिचार गरी फुर्लुङ (माछा राख्ने चोयाको जाली) मा  राखे । त्यसदिन समय पनि बितिसकेकाले दिनभरिको माछा यही ढुंगा भयो भन्ठानी घर फर्की त्यसलाई अगेना माथिको छेममा (सानो भार) राखे ।
भोलिपल्ट फेरि माछा मार्न गए । त्यसदिन बोक्न नसक्ने गरी माछा म¥यो । खुशीको सीमा रहेन र त्यसैले चाँडै घर फक्र्यो । घर आइपुग्दा भात, तिहुन, पानी सबै तयारी थियो । उ आश्चर्यमा प¥यो र “मेरो घरमा भात पकाउने को हो ?” भनी सोध्न लाग्यो । परबाट एउटी बुढीले “म है म” भनेर जवाफ दिइन् । खक्चिलिपु खुशी हुँदै बुढीलाई बोलाएर संगै भात भान्सा गर्न लागे । मेरो लागि यत्रो कष्ट किन उठाउनु भयो बज्यू भनी सौहाद्र्रता प्रकट गर्दा बुढी चाहिँ तिम्रो एक्लोपन देखेर सकीनसकी कर्तब्य निभाएको कुरा बताई । यो सुनेर खक्चिलिपु अत्यन्त आभारी भयो ।
    एवं क्रमले दिनहरू बित्दै गए । तर बुढीयालाई भने त्यतिका दिन आफुले ढाँटेकोमा भित्रभित्रै असजिलो महसुस भैरहेको थियो । संगतले चोर पनि साधु हुन्छ भने जस्तो खक्चिलिपुको खक्चिलिपुको शुद्ध संगतले बुढियाको मन पनि सुमार्गतिर परिवर्तन भएर आयो । त्यसैले एकदिन बुढीले नै खक्चिलिपुसंग आफूले ढाँटेको भेदहरू खोलिन् । त्यतिमात्र होइन भात पकाउने को रहेछ बिचार गर् भनी बुढीले उपाय पनि बताइ दिइन् । (यहाँनेर आएर चाम्लुङ र दुमीहरूमा कुरा अलि फरक परेको छ । दुमीका पुर्खाहरूले चाहिँ दुइटा बुढी थिई, एउटीले ढाँटेको अर्कोले चाल पाएको हुनाले उसैले त्यो कुरा खक्चिलिपुलाई भेद खोलिदिई भनेका छन् ।) जे होस् भात पकाउने को रहेछ त भनी पत्ता लगाउन खक्चिलिपु माछा मार्न गएजस्तो गरी बाहिर सिकुवाको कुनामा नाङ्लोले छोपेर बस्यो । केही क्षणमा छेमबाट त्यही लोहोरो ढुंगा फुत्रुक्क झरी तुरून्त सुन्दर नारीको रूप धारण गरी, चुल्हो लिपपोत गरी खाना पकाउन सामल निफन्नलाई खोज्दै बाहिर आई र नाङ्लो उचाल्दा त्यति नै बेला खक्चिलिपुले च्याप्प दाहिने हात समाई भन्न लागे – “तिमी को हौ ?” ती सुन्दर नारीले हात छोड्ने आग्रह गर्दै आफू त्यहाँबाट गई जाने कुरा उठाइन् । खक्चिलिपुले हात नछोडी बारम्बार उनको परिचय माग्न थाल्यो । अन्त्यमा तिनले – “म नागेलुम् (नागकन्या) हुँ” तिमीले मलाई कैयौं चोटि फालेका छौ मेरो टाउको फुटेको छ, हातखुट्टा भाँचिएको छ, म पूरा घाइते भएकी छु ।” भनी रोइ कराइ गर्न लागिन् । नागकन्याको कुरा सुनेपछि  खक्चिलिपुले आफूले नचिनेकोले त्यसरी भूल हुन गएको बिन्ति गरी आइन्दा ‘माया’मा अटल रहनेछु भनी प्रतिज्ञा गरेपछि दुवैको हित्त चित्त मिल्यो । बस् त्यसदिनदेखि नै तिनीहरू दाम्पत्य जीवनमा आवद्ध भई सुखसयलका साथ रहन लागे ।
    यसरी दाम्पत्य जीवनमा प्रवेश गरेको धेरै दिन भइसकेको थियो । घर व्यवहारमा कुनै कमी थिएन । खेती किसान सबै सहज रूपमा चलिरहेको थियो । तिनीहरूको आत्मामा एउटा असल कुराले बास ग¥यो, त्यो थियो – मानव जीवनलाई कसरी सु–संस्कृत बनाउने ? कस्तो धर्म कर्म गर्ने ? जसले गर्दा बन्धुत्वको एकीकृत भावना सिर्जना होस् । यसको लागि उनीहरूले निराकार माथि हैन भौतिक जगत तथा प्रकृति प्रेमप्रति आफ्नो विचार र कार्यलाई समर्पित गरे । आफ्नो कीर्ति र नाम दरसन्तानले तबमात्र लिइरहन्छन् जसले असल कर्म गरेका छन् भन्ने चिन्तन गरी एउटा छमदम (किरात धर्म तथा संस्कृति अनुसार तीनसम्म गरिने महान् कार्य जसमा गर्नेले नाम र उपाधी पाउँछ ।) को आयोजना गरी नाम लगाउने सल्लाह भयो । यो त्यस युगको प्रथम महत्वपूर्ण कर्म थियो । यसै कर्मबाट पनि भूमिपूजाको पनि प्रारम्भ भएको हो जो आजसम्म पनि किरातीहरूले गर्दै ल्याएका छन् ।
अब छमदमको लागि जाँड रक्सी, सुँगुर, अदुवा, मोधाम (चराको मासु), कुखुरा, चिण्डो, भाला, भकिम्ला, ढोल, झ्याम्टा, धामी, मसिमदी .(धामीले रीत अनुसार नाच्नको लागि व्यवस्था गरेको महिलाहरू) जस्ता सबै कुराहरू जम्मा भयो । काम थाल्ने निधो पनि भयो । तर पनि एउटै कुराको अभाव रह्यो, त्यो थियो – तोमा, खेमाको उपस्थिति । चेली नभै यो कार्य नउत्रने भएकाले उनीहरूको खोजी अनिवार्य थियो । उनीहरू कहाँ छन्, जीवित छन् या मरिसके कुनै टुङ्गो थिएन । तसर्थ उनीहरूले छिटो दौडन सक्ने उपियाँलाई पठाए । उपियाँ उफ्रँदै पुगी तोमा र खेमाको जीउमा टोक्न लाग्यो । उनीहरूले उपियाँलाई पक्रेर टाउको किची फ्याँकिदिए । त्यसैले उपियाँको टाउको च्याप्टो हुन्छ भनिन्छ । उपियाँ फर्केर नआएपछि बाख्रालाई पठाए, बाख्रा फर्केर नआएकाले अविश्वासी मानी बाहिर हट्टा गरे । त्यसैले किरातीले बाख्रा खादैनन् भन्ने भनाई छ (स्वर्गीय भमलसिंह मुरहको भनाइ) । यसपछि सुँगुरलाई पठाए । सुँगुरलाई पनि तोमा, खेमाले पक्रेर थुनिदिए । अन्तमा कुखुराको भाले पठाए । भाले जायजुम पुगेर “कुखुरी काँ सम्चु खक्चिलिपु” भनेर बास्न थाल्यो । मरेको भाइको नाम लिएर भाले बासेको सुनी यो त अभास सुन्न प¥यो भनी तानको बाइसुम (लौरी) एकजनाले र अर्कीले थुरी लिएर भालेलाई झट्टी हान्न थाले । भाले चाहिँ भागेर पर गई त्यही नाम लिएर बास्थ्यो । एवं क्रमले तोमा खेमा झट्टी हान्दै गए भाले बास्दै गयो । अन्त्यमा उनीहरू आफ्नै भाइको घरमा पुगे । त्यहाँ धुमधामसंग मानिस जम्मा भएको देखेर आश्चर्यमा परे । मरेको भाइ जीवित देखेर उनीहरू घर आगन प्रवेश गर्न सकेनन् । माइती नातागोता सबैले आग्रह गर्दा पनि उनीहरू त्यहाँ जान लाज माने । अन्त्यमा रातै पाकेको भकिम्लाको बोट आगनमा गाडिदिएपछि बल्ल अमिलोको लोभमा जिब्रोमा पानी काढ्दै झुत्ती खान लागे । यसरी जब चेलीले आँगन टेके, त्यसपछि विधि पूरा भयो र धुमधामसंग उल्लासमय वातावरणमा छमदम सम्पन्न भयो । यसै कर्ममा सम्चुको नाम खक्चिलिपु भनेर राखी लामो समयसम्म बिछोडिएको चेली माइतीको रमाइलो भेटघाट पनि भयो । अन्त्यमा जाने बेलामा आफ्ना जीउका प्वाँखहरू चिनोको रूपमा माइतीलाई छोडेर गएको कुरा पुर्खाहरूले उल्लेख गर्दछन् । यसरी यो जीवन वृत्तान्त समाप्त हुन्छ ।
    यो कथामात्र होइन गाथा हो, कल्पना होइन यथार्थ हो भन्ने कुरा अगाडि प्रष्ट हुँदै जानेछ । दश थरी किरातहरूको दशथरी कुराले घटना वृत्तान्तलाई कतै काल्पनिक र बाङ्गोटिङगो पारेको पनि यथार्थ बोध हुन्छ तथापि जुन कुरा पुर्खाहरूबाट अभिव्यक्त भएका छन्, त्यो कुरालाई कसिमा घोट्नु आजका विद्वान्हरूको कर्तव्य हुनेछ ।

‘जायजुम’को भौगोलिक अवस्थिति र तोमा खेमाको घरेलु उद्योगः
खोटाङ जिल्लाको अर्खौले गाउँ विकास समिति अन्तर्गत पर्ने मलथुम्का डाँडालाई किरात इतिहास तथा धर्म र संस्कृतिले ‘जायजुम’ डाँडा नामाकरण गरेको पाइन्छ । कसैले यसलाई ‘तायाचुङ’ पनि भनेका छन् । विभिन्न थर र बोली लोलीको कारणले यसरी नाम फरक परेपनि ठाउँचाहिँ उही मलथुम्का नै हो । दिक्तेल सदरमुकामबाट हलेसी जाने करीब ५ घण्टाको बाटो हिँडेपछि अर्खौले बजार हुदै जायजुम पुगिन्छ । टाढैबाट सुन्दर र अग्लो देखिने यो डाँडा करीब पाँचहजार फिटको उचाइमा अवस्थित छ । गुराँस र कटुसका रूखहरूले शोभायमान बनाएको जायजुम डाँडा काटेर गएपछि मात्र हलेसी बजार पुगिन्छ । यहाँबाट निकै राम्रा दृश्यहरू चारैतर्पm देख्न पाइन्छ । यो जायजुम थाहा नपाउनेलाई खुर्पाको बिंड र थाहा पाउनेलाई श्रीखण्ड भने अवश्य नै हो ।
यो त्यही ठाउँ हो जहाँ किरात सभ्यताका जनक एवं पुर्खा चेलीद्वय तोमा र खेमाले प्रथम पटक घरेलु उद्योग स्थापना गरी खाडी र अल्लाको कपडा बुन्न शुरू गरेका थिए । यदि तपाई हलेसी जाँदा आउँदा जायजुमको भ्रमण गर्न अलिकति समय खर्चिनु भयो भने त्यहीँ एक ठाउँमा भग्नावशेषको रूपमा तानबुन्ने ठाउँ र अर्को ठाउँमा धागोका प्युरीहरू राख्ने ढुङ्गाको खोपिल्टा पाउनुहुनेछ । त्यही ठाउँमा तोमा खेमा गाईवस्तु चराउँदै तान बुन्ने र धागो कात्ने गर्दथे । यो धेरैलाई थाहा भएकै कुरा हो कि धेरै पछि सम्म तानको ढुङ्गा र काठहरू ठड्याइएका थिए । त्यहाँ तान बुन्न बस्ने ठाउँ थियो र कोही सीप सिक्न चाहने महिलाहरूले यसै ठाउँमा आई धागो चढाएर सीपका ज्ञानहरू माग्थे । यो लेखकले बालक छँदै करीब ३८ वर्ष अघि हलेसी बजार जाने क्रममा काठ र ढुंगाको खम्बामा धागोका लप्काहरू झुण्डिएको स्पष्ट देखेको थियो । तर ०५५ सालमा त्यहाँ पुग्दा केही थिएन केवल ढुंगाको पर्खाल मात्र भत्किएको अवस्थामा देखियो । अहिले त्यहाँ रूखहरू पनि छैनन् । तसर्थ किरात इतिहास धर्म र संस्कृतिले जायजुमलाई जति महत्व दिएको छ, त्यति महत्व वर्तमान आकृतिबाट ठहर लाग्दैन । यो एक प्रकारले विनाशै भइसकेको देखिन्छ । प्रचार प्रसारको कमी, महत्व कम मात्र बुझ्नु, चासो नराख्नु र हेला गर्ने प्रवृत्तिले आजका युवाहरूलाई जायजुम डाँडा र इतिहासको महत्वबारे थाहा नहुन सक्दछ । तर धेरै वृद्धाहरूलाई शोधनी गरेमा सबैले एकै स्वरमा भन्छन् कि यो आदिम किरात दिदीबहिनी तोमा र तोमा र खेमाको सिकिरी माकिरी (सीप बुनाइ)गर्ने घर हो । उनीहरूलाई सीपको श्रष्टा मानी चढाइने धागोको कोसेलीले के जनाउँछ भने यी महिलाहरू त्यस युगका महान् कलाकार र शिल्पकार थिए जसको कला र सीप आज विकसित भएर नाना थरीका रङ्गी बिरङ्गी कपडाहरू उत्पादन शुरू भयो । तसर्थ उनीहरूलाई “सीपका रानी, सीपका मालिक” भवानीको रूपमा भोग ग्रहण गर्ने विशेषताको रूपमा मात्र चर्चा भएको पाइन्छ । तर किरात धर्म र संस्कृतिमा महिलाहरूको भूमिका सीपसंग आबद्ध भएको पाइन्छ । हाम्रो सामाजिक व्यवस्थामा हामीले देखेकै भोगेकै छौं कि अन्य जातिहरूभन्दा किरात महिलाहरूले पहिले देखिनै खाँडी, छिट, टोपी, झल्ले रूमाल, लोती, फ्याङ्गा, कुची, पैसा राख्ने लोती, सुत्ता, झोला, फयाक्सुम (धामीले प्रयोग गर्ने झोला) सिलदुम्री (दुम्सीको काँडा जडेको धामीको टोपी वा फेटा), राडी, गल्फन आदि बुन्दै आएका हुन् । आज पनि प्रायः किरात महिलाहरूको हातमा धागो र काँटा झुण्डिरहेकै देखिन्छ । आज नयाँ वस्तुले पुरानोको ठाउँ लिंदै जाने क्रम रहे पनि अद्यावधी अर्खौले र हलेसीमा बुनिने कोकोटीको र खाँडीको प्रचलनले के जनाउँछ भने निश्चय नै यो तिनै ऐतिहासिक नारी तोमा र खेमाकै प्रत्यक्ष प्रभाव हो भन्न सकिनेछ ।

तोमा, खेमा र खक्चिलिपु ः व्यक्ति एक नाम अनेक
तोमा, खेमा र खक्चिलिपुको वंशावलीको सन्दर्भलाई हेर्दा उनीहरू पापा पातेसुङ र मामा दिलीदुमको छोरी र छोरा हो भन्ने कुरामा किरातहरूको मत रहेको छ । तर तोमा, खेमा र खक्चिलिपुको नाम सम्बन्धमा विभिन्न भाषा, परिवेश र भौगोलिक स्थितिको कारण फरक देखिन्छ । यस अनुसार दूमी, साङपाङ र कोयीले तोमा, खेमा, खक्चिलिपु, चामलुङले तोयामा, खियामा खोचिलिप्पा, बान्तावाले तायामा, खियामा, हेच्चाकुप्पा र खालिङले ग्रामे लास्से खक्चिलिप्पा भनी नाम लिन्छन् । कुनै कुनै दूमीले तोमा र खेमालाई ग्रमु र लजु पनि भनेको पाइन्छ ।
यसरी हरेक थरी किरातहरूले तिनीहरूलाई विभिन्न नामले सम्बोधन गरेता पनि ती तीनैजना व्यक्तिहरू सभ्यताका शिखर व्यक्तित्व हुन् । जसले त्यस युगमा आजका मानवले प्रयोग गरी आएका सामग्रीहरू र मानी आएका रीतिरिवाजहरूको जग बसाउने महत्वपुर्ण काम गरे । त्यसरी नै धेरै किरातहरूले आफ्नो वंशावलीमा उनीहरूका नाम सहर्षकासाथ उल्लेख गर्दछन् । यस दृष्टिले हेर्दा यी व्यक्तिहरू कुनै कथाको काल्पनिक पात्र नभएर वास्तविक र सिर्जनशील मानिस थिए भन्ने बुझिन्छ । सामाजिक व्यवस्था र परम्पराको कारणले उनीहरू किरात धर्म र   संस्कृतिमा मर्यादा पुरुष र नारीको रूपमा गणना हुन्छ । किरात समुदायको उत्थानमा यो ठूलो योगदान थियो ।

हलेसीको महादेव गुफा खक्चिलिपुको घर ः एक भनाइ
    आज हलेसीको गुफालाई हिन्दूहरू महादेव र पार्वतीको गुफा मानेका छन् भने बौद्ध समुदायले आफ्ना गुम्बा ठानेका छन् । तर किरात पुर्खाहरूले यसलाई खक्चिलिपुको घर भनी कथा कहिरन ल्याएको पाइन्छ । शिव र पारुहाङ कुन चाहिँ जेष्ठ हुन् भन्ने सवाल पनि हाम्रा समाजमा एउटा चिन्तनको विषय बन्न गएको छ । अहिलेसम्म पाइएको किंवदन्तीमा शिवले कुनै समयमा किरातको रुप धारण गरेको प्रसंगलाई आधार मान्ने हो भने किरात जेष्ठ हुनुपर्दछ र कारण कसैले कसैको रूप धारण गर्ने भनेको उसको सद्गुण र चिन्तनको अनुयायी बन्नु हो । त्यसैले आज शिवको अनुयायीको जोगी, बुद्धको अनुयायीको रूपमा भन्ते, यशु मसिहको अनुयायीको रूपमा पोप र पाष्टरहरू पारुहाङ खक्चिलिपुको अनुयायीको रूपमा किरात धामीहरू देखिन्छन् । त्यसैले नै शिवलाई किरातेश्वर महादेवको रूपमा पुजिने चलन आएको छ । अब सवाल छ – यो गुफाको अधीन सर्वप्रथम कसले ग¥यो ? आध्यात्मिक दर्शनले यो गफाको सृष्टि नै राक्षसबाट बच्न शिवले गरेका हुन् भनिएको छ । तर भौतिकवादी चिन्तनले यस गुफाको सृष्टि कुनै ज्वालामुखीको कारण मानेको छ । वर्तमानमा त्यसका रूप, रङ, आकृति र चट्टानहरूलाई हेर्दा यो ज्वालामुखीभन्दा अरू केही होइन भन्ने स्थिति देखिन्छ । यसको विस्फोटन कहिले भयो भन्ने प्रमाण नभए पनि पारूहाङ खक्चिलिपु भन्दा अगाडिको भएको मान्नुपर्दछ । त्यसैले नै धेरै पछि खक्चिलिपुले यो गुफालाई आफ्नो घर बनाए । यसरी भौतिकवादी चिन्तनबाट हेर्दा यो गुफाको अधीन किरात पुर्खा खक्चिलिपुले नै सर्वप्रथम गरेको देखिन्छ र त्यस्तै किंवदन्ती पनि बन्दै आएको पाइन्छ ।
    उनका यस्ता किंवदन्ती र कथा कहिरनहरूमा हलेसी गुफादेखि साल्पासम्म पुग्ने मार्ग वरिपरि पर्ने लौरेथाने, साम्फेलु (चिलिमढुंगा) साल्पा, सुलिचुम पर्वत, इर्ख‘वा, चिर्खवा र तरार्ई फाँटमा थरूवाजु (सप्तरी), मामेहाङ (मोरङ) र साइकानेउका (त्रिपुराभारत)सम्मका क्षेत्रहरू बारम्बार व्याख्या भइरहने विषयवस्तु हुन् । ती क्षेत्रका महत्वबारे किरात धर्म र संस्कृतिका बिजुवा, नागिरे, धामी (चुलाको पूजामा नाग गुरू मानेर धामी) र ताया (जान्ने सुन्ने) पुर्खाहरूले आफ्नो भलह (धार्मिक मुन्दुमको बाटो) खेद्ने वा पछ्याउने मार्ग हो भनी बताउँदै आएका छन् । यी सबै ठाउँहरू खक्चिलिपुले भ्रमण गरेका थिए । किरात धामीहरूले खाप्कर (धामी उपचार, चिन्ता) गर्दा र मर्नेलाई आत्मिक बाटो देखाउँदा समेत यही बाटो पहिल्याउने गर्दछन् । यी कुराहरूबाट के थाहा लाग्छ भने खक्चिलिपुले आफ्नो घर हलेसी गुफालाई केन्द्रीत गरी उनी कहिले लेकको भ्रमण गर्न त्रिपुरा भारतसम्म पुग्ने गरेको बुझिन्छ । पुर्खाहरूको भनाइमा हिमालमा बस्ने भोटेदेखि लिएर मध्य पहाडमा बस्ने राई, लिम्बू, सुनुवार र  तराईमा बस्ने थारू, धिमाल र दनुवारहरू सबै किराती नै हुन् । हिजो आज नयाँ अनुसन्धानविद्हरूले जिरेल, हायू, नागा र चेपाङहरू पनि किरात नै हुन् भन्ने देखिन्छ ।

तोमा, खेमा खक्चिलिपु किरात वंशको आधार स्तम्भ ः
विभिन्न किंवदन्तीः किरात धर्म र संस्कृतिमा तोमा, खेमा र खक्चिलिपुलाई किरात वंशको प्रवर्तक वा आधारस्तम्भ मानेको पाइन्छ । यस सम्बन्धी विभिन्न किंवदन्तीहरू रहेका छन् । त्यसमध्ये केही किंवदन्तीहरू निम्नानुसार छन् ः
१.    तोमाको वंशज भोटे तामाङ र खेमाको वंशज थारू, दनुवार र धिमाल हुन् भन्ने किंवदन्ती रहेको छ । यसअनुसार तोमा र खेमा जायजुमबाट हिंडेपछि लेक जाने तोमाबाट भोटे, तामाङ र बेंसी जाने खेमाबाट थारू, दनुवार र धिमालको वंशज फैलिएको हो । (धनरूप सत्म राई, सप्तेश्वर, को भनाइ ।)
२. तोमा खेमाको वंशावलीलाई विश्लेषण गर्दा कसैले पारूहाङ र नाइमाको सन्तान साल्पा र रि–ब्रिमा निजहरूको सन्तान पातेसुङ, निजको सन्तान चाप्चा (बाघ), वर्पा मोक्सु (भालु) र हँछा (मानिस) र हँछाको सन्तान खक्चिलिपु नै हलेसी गुफामा बस्दथे भन्ने गरिएको पाइन्छ । (बलराम सरचु राई, खार्मी, को भनाइ ।)
३. भोजपुरको बान्तवा हंछेन पाछाका पुर्खाहरूको भनाइमा पारूहाङको छोरा हेम्कुबुङ निजको छोरा पातेसुङ र निजको सन्तान तोमा, खेमा र खक्चिलिपु हो भन्ने गरिएको पाइन्छ । (रणबहादुर हंछेन राई ,भोजपुर, को भनाइ ।)
४. अर्को किंवदन्ती अनुसार खक्चिलिपु र नागकन्या सिक्रिमाको सन्तान साल्पा र रिब्रिमा हो । साल्पा र रिब्रिमा दाजुबहिनी विवाह गर्न नहुने भएकाले साल्मा लेक गई बनेल भएर बस्यो र बहिनी रिब्रिमा चाहिँ बेंसीझरी अन्नबाली लगाई बस्यो । बनेल बालीमा चर्न झर्दा रिब्रिमाले पासोमा पारी मारिन् । पुनः रिब्रिमाले बदेललाई मनुष्यमा अवतरण गराई जूनी फेरिएपछि विवाह गरे । उनीहरूबाट जन्मेको तीन सन्तानमा जेठा मुकाम्बुबाट भोटे, तामाङ र गुरूङ, माइला हर्कबुङबाट राई, लिम्बू र सुनुवार र कान्छो रिब्लछाबाट थारू, दनुवार र धिमाल जन्मे । (दलबहादुर चामलुङ राई ।)
५. त्यस्तै खक्चिलिपुलाई चिनाउने अर्को वंशावली केही वर्ष अगाडि प्रकाशित भएको छ । त्यसमा सुम्निमा पारूहाङको सन्तान मनोयोङहाङ, योयोङहाङ र थोयोङ हाङ हुन् । योयोङहाङको सन्तान खुम्बूहाङ निजको सन्तान खक्चिलिपू, निजको सन्तान थाक्वाहाङ, निजको सन्तान व्यरूङहाङ र नागाहाङ हुन् । व्यरूङहाङको सन्तान योक्नेहाङ, निजको सन्तान चाम्फेहाङ, मगपाहाङ (मगर), स्याङ्रूकहाङ (गुरूङ, थकाली), ताङवाहाङ (तामाङ, तिब्बतियन) र थाङदाहाङ (थारू) हुन् र चाम्फेहाङको छोरा यलुङहाङ (यलम्बर) हुन् भनिएको छ । – कृष्ण चाम्लिङद्वारा प्रस्तुत खम्बूहाङ वंशावली, खम्बूवान बुलेटिन – १ (खम्बूवान आवाज) ।
उपरोक्त प्रसंगहरूले के जनाउँछ भने तोमा, खेमा, खक्चिलिपु किरातीहरूका पुर्खा हुन् । उनैको सन्तानको रूपमा हिमालमा भोटे, तामाङ, पहाडमा राई, लिम्बू, सुनुवार र तराईमा थारू धिमाल, दनुवार आदि भए । उनी लगभग ७५ वर्ष बाँचेको अनुमान गरेका छन् र उनी जहाँ–जहाँ यात्रुको रूपमा भ्रमण गरे त्यहाँ – त्यहाँ आफ्नो सृष्टिलाई फैलाए । त्यसैले किरात मतवाली जातिहरूमा  केही रीतिविधि र चलनमा फरक परेता पनि साँस्कृतिक हातहतियार, भाला, धनुकाँड, सांगीतिक सामग्रीहरू ढोल, झ्याम्टा, भूँ (अर्नाको सिङ) गहनामा मुगाको दाना, प्वाँलो र वस्त्रहरूमा पनि समानता पाइन्छ । तसर्थ किरात मतवालीहरूको श्रष्टा र लोक रीतिरिवाजको जनकको हैसियतले उनीहरूलाई त्यस युगको सभ्यता र चेतनाको सन्देशवाहकको रूपमा चिनिन्छ ।

छमदम ः खक्चिलिपुको प्रथम सामाजिक धार्मिक कर्म
    हिन्दू कर्मकाण्डमा सप्ताह पुराण लगाए जस्तै किरात धर्म र संस्कृतिमा खक्चिलिपुले नै सर्वप्रथम छमदमको आयोजना गरेका थिए । पुर्खाहरूको भनाइमा उनी आफै नै बेजोड नागिरे धामी थिए  र यसै छमदमबाट उनको पूमा नु (नाम र विशेषण) खक्चिलिपु भनेर राखियो । यहि  परम्परा किरातहरूमा रह्यो र अहिलेसम्म प्रचलनमा रहेको छ । यस कार्यमा नागिरेले घरको चुलोबाट विधिवत भ्रमण आरम्भ गरेर खक्चिलिपुले भ्रमण गरेको सबै ठाउँहरूको यात्रालाई पूरा गरेर अन्त्यमा चुल्होमा नै आएर समाप्त हुन्छ । यो कार्य गर्नको लागि श्रीमान श्रीमती दुवै जीवित हुनुपर्दछ या त तपासे रहेको नारी वा पुरुष हुनुपर्दछ । आवश्यकीय सामग्रीहरूमा जगर फुलेको सुँगुर, राँगो, कुखुरा, मोधाम (छिलिपा चराको मासु), १६ पाथी कोदो, १६ वटा जाँडको घ्याम्पा, १६ वटा चिण्डो, १६ वटा कुखुरा चाहिन्छ । आँगनमा इसिलिम (एक जातको कटुसको रूख ) गाडिन्छ । खक्चिलिपुले चाहिँ भकिम्लाको रूख रोपेको प्रसंग माथि नै उल्लेख भैसकेको छ । नागिरेको साथमा १६ बहिनी मस्युमे र ताया पुर्खाहरू रहनुपर्दछ । विधि अनुसार धामीले आफ्नो बाटो पहिल्याई नाच्छ भने मस्युमेहरूले चाहिँ रिसिया (धार्मिक गीत भजन) गाउँदै ढोल, झ्याम्टा र भूँ (अर्नाको सिङ) को आवाजमा विभिन्न सिलीहरूमा नाच्दछन् । फिन्ता–फिन्ता (चरण–चरण) अनुसार कहिले आँगनको इसिलिमलाई केन्द्रीत गरी नाचिन्छ ।
    विवाह कर्मभन्दा यो बढी खर्चालु हुन्छ । तथापि छमदम गर्नुको उद्देश्य हो – पूमा नु (फूल, नाम र विशेषण या उपाधी दिनु) लगाउनु, किरात स्वधर्म र संस्कृतिलाई बचाई राख्नु किरात कर्म धर्म गर्दा पूमानुलाई स्मरण गर्न‘, आयुलाई बढाउनु, भूमिमातालाई सेवा गर्नु, पितृदेवलाइ  खुशी पार्नु, अन्नबाली प्रयोगमा नियम बसाउनु, दर सन्तानलाई सुखी तुल्याउनु, सबैलाई एउटै मूल्य मान्यतामा आवद्ध गर्नु आदि हुनेछ ।
यसरी एक युगमा खक्चिलिपुले आरम्भ गरेको छमदमको प्रचलनबाट यस्तो ‘पूमानु’ वा नुङकु (पुर्खौली नाम) लगाउनेहरू धेरै संख्यामा रहेका छन् । यो पूमानु पुर्खाहरूबाट कथेर लगाइन्छ । यो प्रचलन दुमी किरातहरूमा रत्कु हदी र रङकासु तर्पm उनीहरूको पुर्खा तोदिप्पु र तोदिप्मु र सत्म पाछामा निगुहाङको समयदेखि पूमानु लगाएको अभिलेख पाइएको छ । दुमी पाछाहरूमा यसअघि के कति पूमा नु लगाइएका थिए त्यो खोजको विषय हो । दुमी किरातहरूको वंशावली संकलन गर्दा विभिन्न पाछाका व्यक्तिहरूले लगाएको पूमानु यसै लेखको अन्त्यमा परिशिष्ट १ मा दिइएको छ ।
    यसरी पूमानु लगाउने प्रचलनबाट के थाहा पाइन्छ भने खक्चिलिपु किरात इतिहासमा धर्म, संस्कृति र सभ्यताका जनकको रूपमा चिनिन्छ । उनको यो देन सम्पूर्ण किरातहरूलाई एक सुत्रमा आवद्ध गर्ने मूलमन्त्र बनेको छ । उनको यही महान् कर्मले गर्दा आजपनि उनलाई सबैले आदिम पुरूषको रूपमा मानिरहेका छन् ।

साकेला र तोमा खेमा खक्चिलिपु ः एउटै सिक्काको दुई पाटा
आज जुन रूपमा किरात राईहरूले गौरवका साथ वेशाखे उभौली पूर्णिमामा साकेला पूजा गर्दछन्  यो पूजा गर्ने परम्परा नै खक्चिलिपुबाट प्रारम्भ भएको हो । तसर्थ साकेला र खक्चिलिपु बीच अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । यो पूजामा भूमि वा प्रकृतिको पूजा गरिन्छ । तसर्थ किरातीहरू प्रकृतिका सेवक हुन् भन्ने देखिन्छ । यही ‘भूमि पूजा’लाई नै भूमेपूजा, साकेला, साकेवा, साक्खेवा वा साकेल भन्ने गरेको पाइन्छ । भू भन्नाले जमीनलाई बुझिन्छ । पूजा गर्ने स्थानलाई साधारण भाषामा भूमेथान भनिन्छ भने किरात भाषामा ‘इङखुली’ भनिन्छ ।
यो इङखुली भूमि वा भूमेको रूपमा नाग बस्छन् भन्ने विश्वास गरिन्छ । तसर्थ नागको प्रतीकको रूपमा महत्वपूर्ण देव ढुंगाहरू त्यसमा राखिएका हुन्छन् र, तिनै नागरूपी भूमिदेवलाई आफ्नो श्रष्टा, पालक र सम्भारकर्ता ठानी सुँगुर, कुखुरा, चोखो रक्सी, जाँड, धूप, अदुवा र चामलले पूजा गर्दछन् । खक्चिलिपुको जीवन वृत्तान्त अनुसार किरातीहरू नागका भाञ्जा हुन् भने खक्चिलिपु चाहिँ स्वयं ज्वाइँ हुन् । तसर्थ उनले आफ्नो ससुराली भूमि वा नागलाई पूजा गरेका हुन् र यस्तै परम्परालाई उनका सन्तानहरूले पनि गर्दै ल्याएकाले किरातीहरूको माझमा साकेलाले महत्वपूर्ण स्थान पाएको हो ।
यो साकेलामा किरात कला सीप र सभ्यतालाई झल्काउने सिली (अभिनय) हरू टिपेर नाचिन्छ । यो सिलीहरू एकातिर शिकारी र कृषि जीवनलाई झल्काउने रहेको छ भने अर्कोतिर सीप कलाको विकासलाई झल्काउने रहेको पाइन्छ । धनुकाँड, भाला र अन्य हतियारहरू खेलाई शिकार गर्ने, खाने, कृषि जीवनको अभिनय गर्दा अन्नबालीको छरपाउ, गोडमेल, कटनी मरनी, उठाउने, अर्साल्ने, कुट्न पिट्न, निफननाफन, खाना बनाउने, पितृदेव र भूमिलाई चढाउने, आफू खाने, अरूलाई दिने, मनोरञ्जन गर्ने सिलीहरू गरिन्छ । यसैगरी सीप र कलाको अभिनय गर्दा कपास छर्ने, गोड्ने, उठाउनेदेखि लिएर लुगा बुन्ने, सिउने आफूले लाउने, अरूलाई लगाई दिने, काइयो ठकेर्ना खिप्ने, बनाउने, केश कोर्ने, राम्रो हुने, नाच्ने, हर्ष उल्लास गर्ने इत्यादि सिलीहरू गरिन्छ । यो एउटा ठूलो नृत्यकला पनि हो । वास्तवमा आजको डिस्को डान्ससम्मको श्रोत भनेको साकेला नाच नै हो । यी सबै सिलीहरू गर्नको तात्पर्य सम्पूर्ण रूपमा तोमा, खेमा, खक्चिलिपुले  आरम्भमा भोग्नुपरेको दुःखद् कहानी र त्यसबाट मुक्ति पाउन गरेको उद्योगसंग सम्बन्धित रहेको छ रहेको छ । उनीहरूलाई तिनै व्यवसाय र सीप र कलाले त्यस युगमा महत्वपूर्ण मानवको रूपमा स्थापित ग¥यो र त्यही कला र सीप आउँदा पुस्ताहरूले अनुशरण गरे । मानव कर्मबाट मात्र महान् बन्छ भन्ने पाठ यी चेली माइतीको चिन्तन र कर्मबाट निःसृत हुन्छ । तसर्थ आजपनि किरातहरूले साकेला नछोड्नुको पछाडि यी नै तर्कहरू रहका छन् । पितृपुर्खाहरू खुशी हुन्, अन्नको सह नजाओस्, आयु बढोस्, पानी परी प्रकृति उर्वर होस् भन्ने कामनाको साथ सम्पन्न गरिने यो साकेला पूजा यसको नाच आजकाल अन्य जातिहरूमा पनि मनोरञ्जनको साधन बन्न गएको देखिन्छ । सामाजिक एकता र भ्रातृत्वलाई जोड दिने साकेला पूजाको महत्वपूर्ण इङखुलीहरूमा खोटाङ नेर्पाका नौ पगरीका साझा इङखुली, खोटाङ माक्पाको इङखुली, ससर्काको इङखुली, पाथेकाको इङखुली पर्दछन् । यसबाहेक अन्य कतिपय इङखुलीहरू गाउँ गाउँमा थुप्रै स्थापित छन् । यी सबै तायादिनका इङखुलीहरू हुन् ।
    यी सम्पूर्ण इङखुलीहरूको स्थापना र त्यसको पूजामा नाचिने नाचले हाम्रो सभ्यताको आरम्भिक बिन्दुलाई झल्काइरहेको देखिन्छ । समग्रमा भन्ने हो भने कृषि युगको आरम्भिक बिन्दु नै तोमा, खेमा खक्चिलिपुको जीवनगाथाबाट भएको पाइन्छ ।

सीप र कलाका मालिक ः तोमा, खेमा र खक्चिलिपु
आवश्यकता नै  आविस्कारको जननी हो भन्ने कुरा यी आदिम चेली माइतीको जीवन वृत्तान्तबाट थाहा लाग्छ । यी सीप र कलाहरूको ज्ञान उनीहरूले चराचुरूङ्गी र जनावरबाट प्राप्त गरेका हुन् । नाम्लो, दाम्लो, डोको, नाङ्लो आदिको आविस्कार चराचुरूङ्गीले लगाउने गुँडको अनुशरण थियो । यी तिनै व्यक्तित्वहरू आफूमा गुण र सीपले सम्पन्न हुनमा कला र सिपकै साधना थियो भन्ने देखिन्छ, र यी तिनैलाई एक अर्कासंग अलग गरेर अध्ययन गर्दा अपूर्णता हुन जान्छ । तसर्थ तोमा खेमा जहाँ हुन्छन्,  त्यहाँ खक्चिलिपु संगसंगै जोडी आउँछ र जहाँ खक्चिलिपुको गाथा आउँछ त्यहाँ तोमा, खेमा पनि संगसंगै मिसिन आउँछन् । मानौं उनीहरू आदि, मध्ये र अन्त्य मिलेको कुनै सिंगो व्यवस्था हो । तोमा, खेमाले एकातिर सीप र उद्योगको प्रतिनिधित्व गरेको देखिन्छ भने अर्कोतिर खक्चिलिपुले सामाजिक चालचलन र व्यवहारलाई स्थापित गर्दै कृषि युगलाई जन्माएको देखिन्छ । कृषिको लागि खन्न,े जोत्ने, हिल्याउने नभै नहुने सामग्रीहरू हुन् । यी सामग्रीहरूको सृष्टि नै खक्चिलिपुको व्यवसायबाट शुरू भएको देखिन्छ । यहाँ अर्को अर्थ नलागेमा अहिलेसम्म हिन्दू संस्कारमा “बाहुनले हलो जोत्न हुँदैन” भन्ने चलन रहेको छ भने बनाउने त कुरै भएन । “बाहुनले प्याज, रक्सी, जाँड खान हुँदैन” भन्ने आहान छ भने यसको सृष्टि त्यस वर्गबाट भएको अनुमान गर्न सकिन्न । त्यसैले हुनसक्छ कमण्डलु र बाघको छाला ओढ्ने व्यक्तित्वहरूबाट तानको जुवा र राशी प्रयोग गरी कपडा बुनियो भन्ने वृत्तान्त कतै पनि सुन्नमा नआएको हो । बरू यो कर्मचाहिँ हातमा चिण्डो बोक्नेहरूले नै गरे ।
आज तोमा, खेमा, खक्चिलिपुको सीप र कलाको जगमा कैयौं महलहरू बनिसकेका छन् तसर्थ जहाँ–जहाँ सीप र कलाहरू फल्छन् फुल्छन् त्यहाँ–त्यहाँ उनीहरू पुगेका हुन्छन् । चराचुरूङ्गीलाई थाप्ने पासो आज विकसित भएर शत्रुको साधना गर्ने धनुको रूपमा प्रयोग भएको देखिन्छ । यो खक्चिलिपुकै पासोको विकसित रूप हो । त्यसैगरी राजा महाराजाहरूले लगाउने श्रीपेचहरू खक्चिलिपुको सिली गर्ने धामीहरूले लगाउने फेटा र सिलदुम्रीको विकसित रूप हो भने करेन्टले चल्ने आजको भाइब्रेटर काइँयोको इतिहास पारुहाङले नाइमालाई कोसेली पठाइदिएको काइयो ठकेर्नासंग जोडिन पुग्छ ।

सामाजिक परम्पराका श्रष्टा ः तोमा, खेमा र खक्चिलिपु
सामाजिक परम्पराको श्रष्टाको रूपमा पनि यी व्यक्तिहरू पूज्य छन् । यसको प्रसंगलाई कोट्याउँदा किरातहरूले गर्ने विवाह परम्परालाई हेर्दा छर्लङ्ग हुन्छ । केटी भित्राउन घरभित्र हुल्ने बेलामा केटाले केटीको दाहिने हात पक्रेर साँगरछेउमा उभिएकी आफ्नी आमालाई दिनुपर्छ र आमाले घरभित्र तान्छिन् । यो प्रचलन खक्चिलिपुले नागेलुमलाई पक्रिएपछि वैवाहिक बन्धनमा बाँधिएको प्रसंगसंग जोडिन पुग्छ ।
यसैगरी बेहुलीको घरमा जन्ती ल्याएपछि बेहुलाका तर्फबाट ल्याएको पानपूmल केटीको घरमा प्रस्तुत गर्दा, “पारुहाङ–नायमा, पापा पातेसुङ, मामा दिलिदुमको छोरा खक्चिलिपु चेल्पु (ज्वाइँ) नागेलुमको विवाहदेखि नै गरिल्याएको रीत हामी ल्याउँदैछौं हजुर ! बाबा” भनी ज्यादै नम्र भएर बक्साउनी फर्साउनी गरिन्छ । यसको प्रतिउत्तरमा यरी नै, “बाबा ! हजुरहरूको पानपूmल खानु हामीलाई शरम लाग्छ, पाप लाग्छ तर पनि खक्चिलिपु चेल्पु नागेलुमको पालादेखि चलिआएको चलन हुनाले तपाईहरूको पानपूmल सुप्तुलुङलाई देखाउँदैछौं है !” भनी धामी र पुर्खाहरूले रीतिविधि गर्दछन् । त्यसपछि ज्वाइँले सासुलाई ढोगेपछि सबैको सबैसंग ढोगभेट चल्दछ । पुरानो साइनो छिनिन्छ र नयाँ साइनो जोडिन्छ । एक गाउँको एक वंशको सम्बन्ध अर्को गाउँ र वंशसँग जोडिन्छ । यसबाट सामाजिक मर्यादा, एकता र सहिष्णुताको भावना अभिवृद्धि हुन्छ । यो परम्पराको श्रष्टा पनि किरात किंवदन्तीले खक्चिलिपुलाई मानेको छ ।
त्यस्तै वर्षमा एक पटक गरिने न्वांगी होस् वा बेला–बेलामा गरिने छोर्सु (चुल्होलाई सुँगुर को मासु चढाई गरिने सम्मान), नाग, तिधाम यसमा प्रयोग गरिने नयाँ अदुवा, रक्सी, नयाँ चामल आदिले उही पुरातन परम्परालाई नै समेटेको देखिन्छ ।
नारी समानताका प्रतीक ः तोमा, खेमा  र खक्चिलिपु
तोमा, खेमा र खक्चिलिपुको जीवन वृत्तान्तले नारीप्रतिको भावलाई पनि सम्मान गरेको देखिन्छ । नारी समाजको अभिन्न अंग हुन्, उनीहरूमा धैर्य, साहस र ज्ञानको भण्डार हुन्छ भन्ने प्रमाण तोमा, खेमाको जीवन चरित्रले प्रस्तुत गरेको हुन्छ । खक्चिलिपु आफू अन्नपातका धनी, सुन्दरी श्रीमतीे र जमिनको मालिक भएर पनि छमदम जस्तो सामाजिक कर्मप्रति सौखिन हुनु, यसमा चेलीको उपस्थितिलाई अनिवार्य ठान्नु, समाजमा नारीको महत्वलाई स्वीकार्नु हो ।
निष्कर्ष ः
  यसरी विभिन्न दृष्टिले तोमा, खेमा र खक्चिलिपुको जीवनगाथाबाट वर्तमान समाजले धेरै कुराहरू ग्रहण गरेको पाइन्छ । हाम्रो गाउँघरमा अभैm पनि मानिसहरू परदेश लाग्दा घरमा पूmल र गडुवामा राखिएको साइतपानीले छर्केर हिँडेपछि सो साइतपानी कतै सुरक्षित राखिन्छ । त्यसपछि के अनुमान गर्न सकिन्छ भने यदि पूmल ओइलिएको छ भने परदेशी सञ्चो छैन र यदि झरिलै छ भने आराम छ । वास्तवमा यो प्रचलन सबभन्दा पहिले तोमा, खेमा जायजुमबाट छुटेर लेक र बेंसी जाने क्रममा भविष्यवाणीको लागि पूmल  रोपेका थिए । पछि बहिनी जीवित छैनन् भन्ने कुरा दिदीले पूmल मरेको स्थितिबाट प्रष्ट भइन् ।
        आज संसारमा कतिपय सिद्धान्त, वाद, रीतिरिवाज र प्रथाहरू जन्मिए, हुर्किए र कतिपय काम नलाग्ने भई मरिसकेका छन् । तर किरात धर्म तथा संस्कृतिमा तोमा, खेमा र खक्चिलिपुले  स्थापित गरेको रीतिविधि मूल्य र मान्यताहरू एकमाथि अर्को थपिएर विशाल र परिस्कृत हुँदै गएको पाइन्छ । यसलाई मानव जीवनको अभिन्न अंग मानिएको छ । आजसम्म ती परम्पराहरू नहराउनु, साकेला पूजाको बिस्तार हुनु, अल्लो खाँडी र कोकोटीको बुनाइमा उनी र नाइलन थपिनु, आदिवासीहरूले आफ्नो भाषा, धर्म र संस्कृतिको बुलन्द आवाज लिई स्वअस्तित्व खोज्नु यस्तै उदाहरणहरू हुन् जुन मान्यता यिनै आदिम नारी र पुरूषले आरम्भ गरेका थिए । किरात धर्म र संस्कृतिले अन्य धर्म र संस्कृतिमा उठाइएका व्यूहरचना, भेदनीति, षड्यन्त्र, छलकपट, युद्ध, मारकाट जस्ता सवालहरू भन्दा मानव कसरी सभ्य र सुसंस्कृत हुने, सामाजिक एकता, सहिष्णुता कसरी ल्याउने, गाँस, बास, कपास र सुरक्षाको प्रयत्न कसरी गर्ने भन्ने सवालहरूमा मात्र उन्मुख   रह्यो । आजको समाज त्यसैको परिधीभित्र घुम्दै फिर्दै बाँचिरहेको छ । त्यस युगमा बालकको रूपमा जन्मेको किरात धार्मिक मूल्य र मान्यताहरू आज हाम्रो लागि सिरानी भएको छ । यसलाई विश्वले किरात सभ्यता भनेर चिनिनु पर्दछ । मेसोपोटामिया, चिनीया, मिश्र, यूनानी जस्ता विश्वका चर्चित सभ्यताहरू भन्दा पनि जेष्ठ रहेको यो सभ्यता वैज्ञानिक शोध–खोजको अभावले  तोमा, खेमा र खक्चिलिपू लोककथाको कुनै काल्पनिक पात्र हुन् भन्ने कतिलाई लागेको छ । तथापि  इमि त्चभभक ःबथ म्ष्भ द्यगत न्भलभकष्क म्य ल्यत ँबमभ ब्धबथ भन्ने अंग्रेजी उक्तिलाई स्वीकार्ने हो भने पुनः भन्नुपर्दछ – “उनीहरूले शुरू गरेको कृषि व्यवस्था सामाजिक रीतिथिति, परम्परा, चालचलन, व्यवहार, सीप र कलामा नै हाम्रो वर्तमान अध्याय अडिएको हुनाले यी आदिम नारी र पुरूष सभ्यताको शिखर व्यक्तित्वको रुपमा निरन्तर सम्मानित भइरहनेछन् ।”

अन्तमा, नेपाली लोक संस्कृति अनुसार गाउँघरमा गाइने श्लोकमा किरात राईको सीप, कला  र  रीति   – रिवाजलाई समेट्ने निम्न श्लोकहरूले पनि उपरोक्त कुराहरूलाई नै पुष्ट्याइँ गर्दछ ः
        कसले बुनेको डाली र छपनी, कसले बुनेको फिपी             
        कसले बाँधेको राईबन्धी पगरी, कसले बाँधेको थिति     ।।१।।
        राईले बुनेको डाली र छपनी, राईले बुनेको फिपी
        राईले बाँधेको राईबन्धी पगरी, राईले बाँधेको थिति     ।।२।।

 नै बली प्रथाको प्रारम्भ ः एक घतलाग्दो किरात मिथक
घरको मुल खाँबोको पूजा नै बली प्रथाको प्रारम्भ ः एक घतलाग्दो किरात मिथक

77777777777777
   
वर्तमान परिवेश ः
हाम्रो समाजमा अहिलेसम्म किरात महिलाहरूले बच्चा जन्मेपछि त्यसलाई सुताउन कोक्रो बुनाउने चलन छ । अनि त्यस कोक्रोमा बच्चा सुताउन अगाडि न्वारानको दिन पारेर कोक्रोलाई भोग ख्वाउन एउटा कुखुरा काटेर रगत पारिन्छ । त्यसपछि एउटा कुचो राखेर नानी जस्तो गरी बोकिन्छ । अनि त्यसपछि मात्र नानी सुताइन्छ । यसरीे कुचो राख्न अगाडि रगत पार्नु र नानी सुताउन अगाडि कुचो सुताउनुको अर्थ नै नानीलाई कुनै दुखबिमार नहोस्, भूतप्रेत, ऑखीडाही नलागोस्, त्यही कोक्रोले भोग खाएर बच्चाको मृत्यु नहोस् भन्ने हो । स्मरण रहोस्, त्यस कोक्रोमा छोरी भए खुर्मी र छोरा भए कर्द समेत सिउरिने चलन छ । यसको अर्थ त्यस हतियारले उसका विरुद्ध आउने दुखबिमार, भूतप्रेत, मसान, ऑखीडाही आदिलाई छेक्न सकोस्, काट्न सकोस् भन्ने हो ।
यो हतियार राख्ने प्रचलन किरात राईहरूको परम्परामा जिवीत हुँदा कोक्रोदेखि शुरु भई मर्दा चिहानमा पनि लगाई दिने प्रचलन रहेकोछ । तसर्थ हतियार उसको अनन्त साथी र साहारा हो । जहिले किरात सभ्यताका महान पुर्खा खक्चिलिपु, तोमा, खेमा दिदीहरूबाट सानैमा बिछोडिनु प¥यो, त्यस अवस्थामा पनि निजको साहारा र साथी भनेको दिदीहरूले भाईको सिरानीमा छोडेको एउटै हतियार – कर्द मात्र थियो । त्यही हतियारले उनलाई प्रकृतिसंग संघर्ष गर्न सिकायो । उसले त्यही हतियार हातमा लिई केराको बोटलाई काट्ने धम्की दिई केरा पसाउन लगायो, ढुकुर मारेर त्यसको गाँडबाट अन्न निकाली बिजन फैलायो । उनैले कृषक तथा गृहस्थी जीवन बिताएपछि किरात कर्म छमदम (सात दिनसम्म गरिने किरातको नाम र विशेषण दिइन गरिने कर्म) सम्पन्न गर्न सुँगुर तथा कुखुराको बली चढाएको किंवदन्तीहरू पाइन्छन् । यी अनगिन्ती वृत्तान्तहरूले मानिसहरूलाई हतियार तथा बलीसंगको सम्बन्ध देखाउँछ र जहाँ हतियार हुन्छ त्यहाँ हिंसा पनि हुन्छ । हिंसा गर्नलाई पनि हतियार चाहिन्छ चाहे आधुनिक युगको फलामे हतियार होस् या ढुङ्गे युगको ढुङ्गा या काठ । मानिसले शिकारी युगमा आपूmलाई जीवीत राख्नको लागि या त जीव जन्तुको हिंसा गर्दथे या त फलफूलको साहारा लिन्थे । मानव विकासको इतिहासमा प्राग्–ऐतिहासिक मानिसहरूले खाएर फालिएको जीवजन्तुको हाडखोरका अवशेषहरूमा मावनको हाडखोरहरू पनि रहेको पाइएकाले अनुमानतः सभ्यताको प्रारम्भ अगाडि उनीहरूले मानवलाई समेत पनि खान बाँकी राखेनन् भन्ने निष्कर्ष समाजशास्त्री तथा मानवशास्त्रीहरू निष्कर्ष निकाल्दछन् ।
    तसर्थ मानिस प्रारम्भदेखि नै हिंस्रक हो र आजसम्म पनि हिंस्रक नै रहेको छ । राष्ट्रिय अन्तराष्ट्रिय युद्धहरूले यसलाई सिद्ध गरेकै छ । आधुनिक सभ्यताको यो चरणमा आईसक्ता पनि मानिसले मानिसको हिंसामा राष्ट्रको ठूलो धन वैधानिक तवरवाटै खर्चिरहेका छन् भने मानिस हतियारधारी होइनन्, हिंस्रक होइनन् र बलीपूजक पनि होइनन् भनेर भन्न मिल्दैन । तर यसो भनेर बली पूजालाई अधिक प्रश्रय दिइनु पर्छ भन्न खोजेको पनि पटक्कै होइन । यहाँ केवल बलीपूजाको सन्दर्भको कुरा किरात मिथकसंग छ, यो नायमको समयदेखि नै चलिआएको हो भन्ने प्रसंग उठाइएको मात्र हो ।
    विद्यमान अवस्थासम्म के देखिन्छ भने मानिस शक्तिको पूजक भएकाले पनि प्रकृति तथा देवी देवताहरूसंग डराएर बली पूजा गर्दैै आएका हुन् । तसर्थ किरात राईहरूको प्रमुख धार्मिक चाडपर्वहरूमा अर्धवार्षिक र घरको छिमोदिमोहरू (आफ्नो घरको कुलदेवताहरू) लाई वार्षिक रूपमा बलीपूजा गरी शक्ति, अन्नपानीको सह, सुस्वास्थ्य तथा सन्तानको वर समेत मागिन्छ । यस्तो लामो इतिहास अनि मौलिक परम्परा हँुदाहुँदै किरातीहरू बलीपूजक होइन भन्दा अनौठो लाग्छ । बरु किरात धर्ममा बली पूजालाई सुधार गर्नु पर्दछ, अत्यधिक बली पूजाको कुनै अर्थ छैन भनेर मानिसलाई ज्ञान तथा सन्देश दिन सकिन्छ । सुधार गर्नुपर्ने कैयौं कुराहरू हुन सक्छन् र सुधार पनि हुँदै जानेछन् भन्ने कुरामा दुई मत नरहला । तर भएको मौलिक परम्परालाई नै यो हाम्रो होइन यो त हिन्दुहरूले जबरजस्ती लादेको प्रतिफल मात्र हो किरातको अगेनामा पापको एउटा कालो टाटो छ त्यो बलीको रगत हो जसले किरात किरातीहरूलाई ज्ञानको ढोका खोल्न बाधा दिएको छ आदि इत्यादि भनेर सिद्ध गर्न अनेकौं नचाहिँदा प्रमाणहरू जुटाउन थालियो भने यसले आप्mनो पुर्खाहरूप्रति सम्मान गरेको ठहर्दैैन । यसले त पुर्खाहरूप्रति अनादर गरेको, इतिहासलाई दुत्कारेको मानिने छ । यसरी आप्mनै पुर्खाहरूप्रति गौरव र विश्वास गर्न नसक्नेहरूबाट अहिले एक आन्दोलनको रूपमा आएको आदिवासी तथा किरातहरूको मौलिक, भाषा, धर्म, संस्कृति बचाउनु पर्छ भन्ने नाराको संकल्प कसरी पुरा गर्न सकिन्छ ।  यसले त किरातहरूलाई यसरी फुटाउनेछ कि आप्mनो हक हितको लागि लड्ने शक्तिलाई नै भुत्ते बनाउने छ । यसरी दाजुभाइमा लड्नु भनेको किरातहरूको संघर्षशील धारलाई पुरै मेटाउनु र ‘फुटाऊ र शासन गर’ भन्ने वातावरणलाई सिर्जना गर्नु हो । तसर्थ यस्तो षडयन्त्रलाई अगाडि नै चिनेर त्यसलाई पर्दाफास गर्न सक्नु पर्दछ । होइन भने किरातको एक वर्ग बलीपूजक र अर्को वर्ग फलफूल पूजकको रूपमा आ–आप्mनो वकालत गर्दा गर्दै ‘सातगाउँ डुब्दा पनि माझीको सल्लाह नटुंगिए’ जस्तै किरातीहरूको हातमा अन्त्यमा नेल्सन मण्डेलाको भनाई जस्तै ‘सेताहरूले कालाहरूलाई आखा चिम्लन लगाई हातमा बाइबल थम्याई आँखा उघार्दा भूमिचाहिँ सेताको हातमा परिसकेको’ उक्ति जस्तै ‘भाइ फुटे गवाँर लुटे’ नहोला भन्न सकिन्न ।
किरात राई जातिको संस्कृति तथा संस्कारहरू ः अवधारणा पत्र
किरात राई जातिको संस्कृति तथा संस्कारहरू ः अवधारणा पत्र
– चतुरभक्त राई
खण्ड– १,
       क, संस्कृति र संस्कारको अर्थ र परिभाषा
       ख, किरात राई जातिको संस्कार र संस्कृति
       ग, किरात राईजातिको इतिहास
       घ, किरात राईहरूको  मुल थलो र बसोवास
       ङ, किरात राईको (थर) माङ्लुङ्, सामाई र पाछा
खण्ड–२
     १,किरात राईहरूको जीवन पद्धतिको क्रमसंग संबन्धित संस्कार र संस्कृतिहरू
    क, जन्म संस्कार
    ख, न्वरान
    ग, पास्नी
    घ, छेवर
       ङ, गुन्युचोली
     च, विवाह
           १, मागी
           २, चोरी
           ३, जारी
           ४, केटी पक्री गर्ने विवाह
           ५, विवाह संबन्धि संस्कारहरू
       छ, मृत्यु संस्कार
           १, सहज मृत्यु
           २, असहज मृत्यु
           ३, जुठोबाट चोखिने विधि
       ४, मारुनी नाच खेलाउने
    २, किरात धर्म तथा संस्कार, संंस्कृतिका विशेषताहरू
    ३, किरात राईहरूको प्रमुख चाडबाड, संस्कार र संस्कृतिहरू
         क, चुलासंग सम्बन्ध राख्ने चाडहरू          
            १, साकेला ः उधौली र उभौली
            २, नुवागी
            ३, दिबुमी वा शिकारी पूजा
        ख, चुलासंग सम्बन्ध नहुने चाडहरू       
            १, माघेसंक्रान्ति
            २, साउने संक्रान्ति     
            ३, तिहार
            ४, वन शिकारी वा नामरुङ् शिकारी पूजा
            ५, घरायशी (माङ) देवताहरूको पूजा
     ४, किरात राईहरूले प्रयोग गर्ने औषधिजन्य, व्यवहारजन्य र संस्कार संस्कृतिजन्य वनस्पतिहरू
     ५, किरात जनश्रुति र लोकसाहित्य
            क, पारुहाङ र नायम÷नायिमा÷नाइमा
            ख, टावामा, खियामा,खियामा रक्षकुपा, हेच्चाकुप्पा, खक्चिलिपु र नागेलुमको कथा
            घ, थुब्यु
            ङ, नाम्दुलेम÷नाम्दुलेम्मा
            च, साल्पा र रिब्रीमा÷रिभेमा
            छ, शिर उठाउने,
            च, श्राप तथा हिया बगाउने
        ज, घरको मूल खॉबो पूजा

     
   

खण्ड–१
१, संस्कृति र संस्कारको अर्थ र परिभाषा
11111111111111111

५, किरात राई जातिको इतिहास ः
    इतिहासमा किरात जात भन्नाले मंगोल समुदायमा पर्ने, धिमाल, दनुवार, थारु, मगर, गुरुङ लगायत सबै पर्दछन् तर वर्तमान अवस्थामा राई, लिम्बू, याक्खा र सुनुवारले मात्र गर्वका साथ किरात स्विकारेका छन् । किरात जाति दक्षिण र दक्षिणपूर्वी एशिया क्षेत्रको आदिवासी भएको हुनाले यस जातिको इतिहास अति प्राचीन र व्यापक छ तर यहाँ किरात जातिभित्र पर्ने किरात राईहरूको बारेमा मात्र केही छोटो चर्चा गरिन्छ ।
    वल्लो किरात र माझ किरातका रैथाने जाति किरात राईहरू नै हुन् । आधुनिक केन्द्रीकृत राज्य व्यवस्था स्थापना हुनु अगाडि किरात राईहरूमा संघात्मक राज्य व्यवस्था रहेको पाइन्छ । किरात राईहरू वर्तमान नेपालको पूर्वी भागमा सैकडौं वर्षसम्म सिमीत भएर बस्नु परेता पनि उनीहरूको लोक कथा र परम्पराहरू काठमाडौं उपत्यकामा किरात शासनकालसंग जोडिएका छन् । त्यसैले किरात राईहरू प्राचीन नेपालका किरात राजा यलम्बरको सन्तान हो भनी गौरव गर्दछन् । तर कालान्तरमा भौगोलिक कठिनता र आर्थिक श्रोतको अभावले गर्दा किरात राईहरू सामान्य कृषक र भारतमा अंग्रेज शासनको बिस्तारपछि ‘गोर्खा सैनिक’ को रूपमा परिचित भएका छन् ।
    किरातहरू संसारकै आदिम  मूल जातिहरूमध्येका हुन भन्ने कुरामा दुई मत छैन । कालन्तरमा सोही जातिभित्र विभिन्न थरीका जातिय समुदायहरू विकसित भए र ती नै समुदाय भित्र एक समुदायको रुपमा राई जातिको उत्पत्ति भयो । त्यसपछि भन्न थालियो किरात राई । किरातभित्र राईहरूको उत्पत्ति कहिले भयो भन्ने कुराको इतिहास अत्यन्त खोजको विषय हो । तथापि यसको इतिहासलाई शाके १० शताब्दीदेखि १८ शताब्दीताका “राई” नाम प्रचलनमा आएको कुरा उल्लेख गरेको पाइन्छ । (डा.स्वामी प्रपन्नाचार्य प्राचीन किरात इतिहास पृ.६४२–६४३) त्यस्तै अर्का लेखकले “राई” शब्द पहिलो पटक शाके १२५९ (१३३७) मा जुम्लाका अपाडराजा पुण्यमल्लदेवका कनकपत्रमा  ‘राईको आदेश’ भन्ने वाक्य देखा परेको उल्लेख गरेका छन (पृष्ठ दुर्गाहाङ् याक्खाराई किरात हिजो र आज, पृष्ठ ४२) । तर यो “राई” शब्द आउन अगाडि शाके १०१७ मा नै “राय” शब्द उल्लेख भएको कुरो भारतको गडवालमा प्राप्त शुरवीसिंह प‘वारका राजदरवारी निजी पुस्तकालयमा संग्रहित भोजपत्रमा लिखित ग्रन्थहरू– काशिकाबृत्तिको टिप्पणी र काव्यसुधानिधिको रचयितामा उल्लेख भएको “इति श्री नेपालस्य पूर्वाञ्चल खोटाङक्षेत्रवास्तव्येन चालिङरायकुलभुषणेन हकवलीना वरचिता टिप्पणी समाप्त” वाक्यबाट थाहालाग्छ (पृष्ठ४०) । तसर्थ “राई” शब्द “राय” शब्दको अपभ्रंश रुप हो । राई शब्द कुनै विशेषण, विशिष्ट उपाधी वा किरातको कुनै एक वंशलाई जनाउन प्रयोग भएको पाइन्छ । यी तथ्यहरूबाट किरात र राई एक अर्कामा अन्योन्याश्रित पदावलीहरू हुन भन्ने बुझिन्छ । त्यसैले “राई” भन्ने वित्तिकै त्यसमा “किरात” जोडिन्छ । अझ भन्ने हो भने “राई” लाई जनाउने “किरात” शब्दलाई “किराती” भन्ने शब्द पनि जनजिब्रोमा प्रयोगमा आइसकेको पाइन्छ । त्यसैले ‘किराती’ शब्दले चाहि खास राईहरूलाई मात्र जनाउ‘छ भन्नु अत्युक्ति नहोला । तर “किरात” मात्र भन्यो भने राई, लिम्बु, , याक्खा, सुनुवार जातिलाई समेत जनाउ‘छ । अत यी किरातहरू वल्लोकिरात (विशेषत सुनुवारहरूको बाहुल्य भएको क्षेत्र), माझकिरात (राईहरूको बाहुल्य भएको क्षेत्र) र पल्लोकिरात भन्नाले लिम्बुहरू बाहुल्य भएको क्षेत्र) मानिन्छ । तर यी तीन नै क्षेत्र लगायत अन्य क्षेत्रहरूमा समेत राईहरू छरिएर रहेका तथ्यहरू विस्तारै खुल्दैछन ।  यहॉ हाम्रो सन्दर्भ तिनै किरात राईहरूको संस्कार र संस्कृतिको बारेमा चर्चा गर्न खोजिएको हो ।

६, किरात राईहरूको मूल थलो र बसोबास ः
    काठमाडौं उपत्यकामा किरात शासन अन्त भएपछि किरातहरूको मुख्य थलो धुलीखेलदेखि पूर्व किरात प्रदेश नै हुन गयो । करीब दुई सय तीस वर्ष अगाडिदेखि पृथ्वी नारायण शाहले वर्तमान नेपालको एकीकरण गर्नु अगाडि सुनकोशी नदी पूर्व तिर फैलिएको किरात प्रदेशमा किरात जातिका राई, लिम्बू र सुनुवारहरूले राजकाज गर्दथे । किरात भित्रका राईजातिको मुख्य थलो किरात प्रदेश नै थियो ।
    बसाइ सराईको कारणले हाल किरात राईहरू विश्वको विभिन्न भाग र मुलुकहरूमा बसोबास गर्न पुगेका छन् । हाल किरात राईहरूको जनसंख्या नेपालभित्र करीब सातदेखि साढेसात लाख र नेपाल बाहिर भारत, भुटान, वर्मा, हङकङ, थाइलैण्ड, यु.के.र अन्य मुलुकहरूमा त्यसभन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । यसरी नेपाल र नेपाल बाहिर रहेका किरात राईहरूको कुल जनसंख्या पन्ध्रलाख भन्दा बढी रहेको अनुमान गरिएको छ ।
    सन् २००१ को राष्ट्रिय जनगणनाले देखाएको तथ्यांक अनुसार सो वर्षमा नेपालमा राईहरूको जनसंख्या ६,३५,१५१ थियो जसमध्ये २,९४,३३७ अर्थात् ४६.३४ प्रतिशत संखुवासभा जिल्ला लगायत माझ किरातका भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बू जिल्लाहरूमा बसोबास गरेका देखिन्छन् । वल्लो किरातमा पर्ने तीन जिल्लाहरू दोलखा, रामेछाप र सिन्धुलीमा किरात राईहरूको जनसंख्या ५,७४८ अर्थात् ०.९ प्रतिशत मात्र देखिन्छ । पल्लो किरातमा पर्ने धनकुटा, तेह«थुम, पाँचथर, ताप्लेजुङ र इलाम जिल्लाहरूमा किरात राईहरूको जनसंख्या १४४,३१९ अर्थात् कुल जनसंख्याको २२.७२ प्रतिशत रहेको छ । पूर्वी तराइका पाँच जिल्लाहरू जस्तैः झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहामा राईहरूको जनसंख्या १२१,१५५ अर्थात् कुल जनसंख्याको २० प्रतिशत देखिन्छ । त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा २८,३२५ अर्थात् कुल जनसंख्याको ४.४५ प्रतिशत देखिन आउँछ । बाँकी करीब ५ प्रतिशत राईहरू नेपालका अन्य जिल्लाहरूमा छरिएर रहेका छन् । नेपालको पुरानो बसाइ–सराइ पश्चिमदेखि पूर्वतर्फ भएको कारणले किरात राईहरू आफ्ना मूल थलोबाट पल्लो किरात प्रदेश हुँदै भारत, वर्मा र थाइलैण्ड दुई शताब्दि अगाडिदेखि नै पुगेका भएता पनि नेपालको तराइ जिल्लाहरूमा भने सन् १९५० पछि औलो उन्मूलन भए पश्चात् मात्र व्यापक रूपले बसोबास गरेका हुन् ।


७, किरात राईका थर, सामे र पाछाहरू –  
    सामे वा सामेइ भन्नाले रक्त समूह र पाछा भन्नाले उप समूह भनेर बुझ्न जरुरी छ । यस रुपमा आदिवासी किरात राईहरूको थर र पाछाहरूको विकास ययार्थपरक छ । पारुहाङ् र सुम्निमाको सन्तानको रुपमा संसारभर फैलिएर रहेको किरातहरूको  एक अभिन्न शाखाको रुपमा फैलिएर रहेको किरात राईहरू जातको रुपमा एउटै भए पनि थर, सामे र पाछा विभिन्न रहेको पाइन्छ । किरात राई यायोक्खाको अध्ययनले किरात राईहरूको जम्मा २८ थरीका राई र २८ सै थरीका भाषा रहेकोमा हाल जीवित रुपमा रहेको जम्मा २७ थरीका २६ नै भाषाहरू रहेको निम्न विवरणात्मक तथ्याङ्घ प्रस्तुत गरेको छ ।
  
१. आठपहरे         
२ं. कुलुङ                  
३. कोयु            
४. खालिङ
५. चामलिङ             
६. छिन्ताङ
७. छुलुङ
८. छिलिङ÷छ्युलुङ
९. जेरङ
१०.तिलुङ      
११. थुलुङ            
१२. दुङमाली
१३. दुमी               
१४. नाछिरिङ   
१५. फाङ्दुवाली÷पाङतुवाली
१६. पुमा        
१७ंं. बान्तावा   
१८. बाहिङ                                                       
१९. बुङ्लावा÷साम     
२०. बेल्हारे        .     
२१. मुगाली   
२२. मेवाहाङ
२३. लिङखिम
२४. लोहरूङ  
२५. वाम्बुले                       
२६. याम्फू               
२७. साम्पाङ्ग
२८. सोताङ
२९. चुक्वा÷पोहिङ ( हाल लोप   
      भैसकेको )                                     

उपरोक्त २८।२९ थरिका किरात राईहरूःलाई जनाउने शब्दहरूलाई थरको रुपमा लिइन्छ र हरेक थरीको आफ्नो सामे पाछाहरू रहेका छन । सामे भन्नाले किरात राईहरूको प्राचीन परीचय गराउने शब्द जसमा उनीहरू कुन ठाउ‘बाट आएको र कसको सन्तान भन्ने अर्थलाई समेट्दछ । सामेबाट फुटेर पाछाको रुपमा हांगाविंगाभई पैmलिएको पाइन्छ । किरात राईहरूको विभिन्न थर हुने भएकाले अहिले पनि नचिनेको तर राई जस्तै मानिस देखिएमा “तपाई राई हुनुहुन्छ ?” भनेर परिचय पाइसकेपछि पुनः “कुन थरीका राई हुनुहुन्छ ?” भनेर सोधिन्छ । त्यसपछि यदि आफ्नै थरीको रहेछ भने “कुन पाछा ?” भनेर सोधिन्छ । यदि पाछाबाट उनको परिचय स्पष्ट नभएमा पुनः सामेबाट पाछा पत्ता लगाउने काम गरिन्छ । यत्तिमात्र होइन यसको प्रयोग  विबाह, कुल पित्रपूजा, नयॉ अन्नबालीपूजा गर्दा समेत हुन्छ । तसर्थ किरात राईहरूलाई चिन्ने एउटा सर्वमान्य पद्धति भनेको उसको जात, थर, सामे र पाछा हो भन्ने जान्नु पर्दछ । हाल यी राईहरुको थरहरुमध्ये सबभन्दा बढी पाछा चाम्लिङ राईहरुको पाइन्छ । किरात राईहरुको संस्कार र संस्कृतिअनुसार सामे र पाछाहरु रहेका छन् ।
 
खण्ड–२

१. किरात राईहरूको जीवन पद्धतिको क्रमसंग संबन्धित संस्कार र संस्कृतिहरू
 किरात राईहरूको समाजमा जन्मदेखि मृत्यूसम्मका संस्कारलाई आफ्नै ढंगबाट परिपालन गरेर एक अभिन्न संस्कृतिको रुपमा स्थापित गरेको पाइन्छ । यसलाई निम्नानुसार औल्याउन सकिन्छ ।

क, जन्म संस्कार ः–
    किरात राईहरूको विवाहित महिला यदि लामो समयसम्म पनि गर्भधानको तयारीा रहन सकिनन् भने चुला तथा पितृपूजा गरेर सन्तानको बाटो खुलाईदेऊ भनेर बलमाग्ने, किरात ऐतिहासिक, धार्मिक स्थल साल्पा गई वर माग्ने गरिन्छ । तसर्थ गीतमा पनि भनिन्छ । “साल्पै गयौं वरै माग्यौं, वरैमाथि सन्तान ल्यायौं, सै राजा सै सै सै रानी सै सै सै सै । वच्चा गर्भमा छँदा बच्चाको बाउले हानमार गर्नु, खड्गो काट्नु हुँदैन, मृत शरीर छुनु हुँदैन, मलामी गई ढुंगा बोक्न हुँदैन भन्ने संस्कार रहेको छ । यदि संस्कारलाई उल्लंघन ग¥यो भने बच्चा मर्ने सम्भावना रहन्छ ।
    बच्चा जन्मेपछि छोरा भए भालेले र छोरी भए पोथीको नङ्ग्राले सुत्केरी आमा बच्चालाई कोरजस्तो गरेर सियाँ वायू हट् है भन्दै धपाइन्छ र कुखुरा दाबिलोले हिर्काई मारिन्छ । उक्त कुखुराको टाउको सिंगै पकाएर भातमा ठड्याएर राखी सुत्केरीलाई खान दिइन्छ ।

ख, न्वारान ः –
    सामान्यतः छोरा जन्मेको ४ वा ६ दिनमा र छोरी जन्मेको ३ वा ५ दिनमा नानीको नाम राख्ने र चुलोमा देखाई आमालाई सुन्केरीबाट चोख्याउने विधिलाई न्वारान भनिन्छ । उक्त दिने घर लिपपोत गरिन्छ । धाराबाट भरेर ल्याएको चोखो पानी, हर्रा, चिम्ट्याइलो माटो, दुवो र पातीको चोखो मुण्टोले पानी छर्कदै घर चोख्याइन्छ । बच्चालाई नयॉ कपडा ओडाईदिन नहुने भएकाले आमाले प्रयोग गरेको कुनै कपडाको लुगा सिलाई लगाईदिने प्रचलन रहेको छ । त्यसैगरी राम्रो बार पारेर बुनेको नया कोक्रोमा नानी सुताउनु अघि विशेषगरी आमाहरूले कोक्रोलाई छोरोभए भाले र छोरी भए पोथी काटेर भोगदिई रगत पारिन्छ । त्यसपछि छोरी भए सानो खुर्मी र छोरो भए एउटा कर्द कोक्रोको काम्रोमा सिउरिइन्छ र पहिलो पटक कुचो लगाएर बोकीन्छ । त्यसपछि नानीलाई सुताई बोकिन्छ । यसको अर्थ कोक्रोले नानीलाई कुनै दुःखाई पिर नदियोस भन्ने हो । त्यसदिन छोरो भए कान र छोरी भए कान र कसैले नाक समेत छे‘डीदिने र ५ वा ७ डोरा धागो बाटेर हातमा चुरा र खुट्टामा कल्ली पनि लगाई दिइन्छ । आमन्त्रितजनले त्यसदिन बच्चाको नाम आ–आफ्नो ढगले लगाईदिने प्रचलन छ । ऐतिहासिक कालमा वंशावलीमा जे जस्तो नामको रुप रहेपनि त्यसपछि आजतक किरात राईहरुको नाम र जातको बीचमा पुरुष भए हाङ, लाल, जीत, धोज, सुर, हर्क, सेर, रुप, सिं, मणि, मान, धन, दल, सोर, जङ, पाल, भक्त, वीर, धीर आदि शब्द राखिन्छ भने स्त्री भए सरी, छली, मा, शोभा, पुरी, माया, जस्ता शब्दहरु जोडिइन्छन् ।

ग, पास्नी ः–
बच्चालाई पहिलो भात खुलाई गर्ने संस्कृति नै पास्नी हो । छोराको ४ वा ६ महिनामा र छोरीको ५ महिनामा राम्रो बार पारेर कॉसाको थालमा ढक्का पैसा, चामल राखी त्यसमा दियो  बालिन्छ । एउटा थालमा दही चामल टिकाकोलागि मथिन्छ । एउटा थाल र बटुकामा बच्चालाई ख्वाउने भात र कुखुराको मासुको तिहुन राखिन्छ । एउटा नाङ्लोमा बच्चाको नयॉ लुगा पनि राखिन्छ । अव एकजना बज्यू वा बाजेले सबै देउ देउतालाई दही चामल सारसुर गरी त्यसपछि नयॉलुगा र दियोलाई पूजा गर्दछ । त्यसपछि बच्चालाई आमाहरूले पहिलो चोटी नयॉ कपडा ओडाईदिएपछि बज्यू वा बाजेले बच्चालाई टिका लगाई दिई चाँदिको ढक्का रुपैयाको चम्चीले पहिलो एकदुई गॉस ख्वाउनु पर्दछ । त्यसपछि आमन्त्रित सवैले आशिर्वाद दिदै टिका लगाई दिन्छन् ।  त्यसपछि आमन्त्रित सबैले आशीर्वाद दिंदै टिका लगाइदिन्छन् । सक्नेले चाँदिको चुरा, कल्ली तथा सुनको कुण्डल,  सुनाखरीको धागो बाटेर पनि लगाइदिने प्रचलन रहेको छ । सुनाखरीको धागो बाटेर लगाइदिने गरिन्छ ।

घ, छेवर ः–
    जन्मेको चारवर्षदेखि उता खोलाटोला अनुसार बच्चाको पहिलो पटक केश खौरी दिने कर्म नै छेवर हो । उक्त दिन बच्चालाई गोठमा लगी मामा मावली वा जेठोपाकोको हातबाट केश काट्नु पर्दछ । केश भुइ‘मा नझरोस् भन्नाको लागि चेलीले टपरामा थाप्नु पर्दछ, अन्त्यमा केशलाई चोखो ठाउ‘मा लगेर राखिन्छ । त्यसदिन नयॉ सिलाइएको लुगा नाङ्लोमा राखी दही चामलले दियोको साथमा पूजा गर्दै आशिर्वाद दिइन्छ । सोही लुगाा बच्चालाई नुहाईदुहाई गरी नयॉ लुगा – टोपी, दौरा, सुरुवाल र भोटो पहिराएर दियो कलश अगाडि राखी पहिले बाबु आमा र त्यसपछि अन्य मान्यजनहरूबाट दक्षिणा र आशिर्वाद सहित टिका लगाई दिइन्छ । यस अवस्थामा कतै कतै बाबुले धनुकॉड तथा मामाले टोपी ओडाईदिने चलन पनि रहेको छ ।

ङ, गुन्युचोली ः–
सामान्यतः छोरी जन्मेको ३ वर्षदेखि उता बिजोडी वर्षमा गुन्युचोलो, पटुकी, बर्को पहिराई गरिदिने कर्म नै गुन्युचोलीे हो । यसदिन प्रथम पटक आमाबाबुले टिका लगाई दिएपछि अरुबाट टिका लगाई दक्षिणा दिने र सक्नेले चाँदि, सुनको चुरा, गहनाहरू पनि लगाईदिने प्रचलन रहेको पाइन्छ ।
टिकाको सम्पूर्ण कार्यक्रम समाप्त भएपछि छेवर र गुन्यूचोलो दुवैको अन्त्यमा मामामावलीको शिर राख्ने भनी सुगुरको ढाडे, भुटेको मासु, रक्सी, भाती र अचारविचारको कोसेली राखिदिने चलन रहेको छ । यसवापत मावलीहरूबाट जो सकेको दान दक्षिणा सहित आशिर्वाद दिन्छन् । उक्त कोसेलीहरूमध्ये पिउने चिजहरू केही भाग त्यही नै खाईपिई गरी मनोरञ्जन गरिन्छ भने केही चाहिं मावलीहरू आफैले लिएर जान्छन ।

च, विवाह ः
च, विवाह ः–
    किरात राईहरुको संस्कारमा चार प्रकारको विवाह हुन्छ ः–
    १, मागी विवाह
    २, चोरी विवाह÷प्रेम विवाह
    ३, केटी पक्री गर्ने विवाह   
    ४,जारी विवाह            
 १, मागी विवाह ः –
    स्वेच्छाले केटाको तर्फबाट केटीको घरमा रक्सीको कोसेली लगेर केटी मगनी गर्ने परम्परालाई नै मागी विवाह भनिन्छ ।
यो परम्परा किरात हरुमा ज्यादै लामो समयदेखि चलिआएको हो र भनिन्छ यो प्रचलन पारुहाङ नायमकै पालादेखि चलिआएको हो ।
अहिले पनि सर्वाधिक रुपमा यही प्रचलन कायम रहेको छ । यस कार्यमा केटा केटापक्षबाट दुई र केटीपक्षबाट दुईजना गरी जम्मा ४ जना कलिया (मध्यस्थ व्यक्ति), धिवात्तो (बधू पक्षको ज्यादै नजीकको घर वा दाजुभाइ जसले भाइरीत समेत खान पाउँछ), सारते (केटीको लागि पहिलो कुराको मेलो झिक्ने मानिस) र गाउँघरको जान्नेसुन्ने पुर्खाहरु र गाछिघर (केटीको घर) समेतको ठूलो भूमिका हुन्छ ।

२, चोरी विवाह÷प्रेम विवाह ः–
    केटीको सहमति भएर पनि आमाबाबुको असहमतिमा आफ्ना नजिकका माइती वा नातेदारको सहयोग वा आफैले प्रेम गरी विवाह गर्ने पद्दती नै चोरी विवाह हो । चोरी विवाह गर्नेले चोरको सोरमा केटीको घरमा दुईजना मानिस पठाई तपाईहरूको छोरीचेली फलानाको घरमा वा पासमा छ भनी जानकारी दिनु पर्छ । यतिखेर केटीपक्षबाट गालि पनि आउन सक्छ । तर दूध दिने गाईको लात्ती पनि सहनुपर्दछ भन्ने भनाइलाई केटापक्षकाले एउटा नीतिको रुपमा पालन गर्दछन् । त्यसपछि केटीको घरको मर्जी बमोजिम केटाकेटी दुवैलाई बोलाई घर टेकाउने काम हुन्छ । अन्य रीतिहरु मागी विवाह समान छन् ।

३, जारी विवाह ः – कसैको श्रीमती हर्ने काम नै जारी विवाह हो । यस्तोमा जारले पहिलेको केटालाई जारी खत र धनमाल भएमा केटीले पञ्चभलाद्मी बसेको ठाउँमा फिर्ता गर्नुपर्दछ ।

साधुले जारी उठाई शिर उठाउन पाउने ः–
    आफ्नो स्वास्नी पोइला गएमा साधुले जारी उठाई आफ्नो धनमाल फिर्ता लिन पाउछ । जारी उठाएपछि उसले घरमा शिर उठाउने भनी सुगुर, कुखुरा र केराको बोट मार हानेर छिन्ने काम गर्दछ । यसको लागि साधुलाई पछाडिपट्टि तिरको ठोक्रो बोकाइन्छ र पहिले उसको धनुकाँडले एक तीर जारको घरतिर, एक तीर धरतीमा र एक तीर आकाशतिर हानेपछि मार हान्ने काम गरिन्छ । पहिले सुंगुर त्यसपछि केरा र अन्त्यमा कुखुरा काट्छ । अरु आमन्त्रितहरुले त्यतिखेर “सायी फुकौ” (शिर उठ्यो) भनेर कराउँछन् । मार हानेको जन्तुको मासु साधुले खानु हुँदैन ।

४, केटी पक्री गर्ने विवाह ः–
    जबरजस्ती हरण गरी अर्काको छोरीचेली विवाह गर्ने प्रचलनलाई नै जबरजस्त हरण हरण विवाह भनिन्छ । धेरैपछिसम्म कायम भएको यस्तो विवाह प्रचलन अब समाप्त भइसकेको छ । यसरी गरिएको विवाहबाट जन्मेको सन्तान टाठोबाठो हुन्छन् भन्ने अवधारणा र केटा लाटो लठप्रो भएमा बुहारी नपाइने स्थिति रहेमा पनि यस्तो विवाह गरिन्थ्यो भने त्यो समयका राजा महाराजाहरुले समेत यस्तो विवाह गर्ने चलन रहेको हुँदा अन्य जनस्तरमा पनि यस्तो प्रचलनको प्रश्रय पाएको देखिन्छ । तर वर्तमानमा यस्तो विवाह पूर्ण वर्जित रहेको छ र वर्जित गरिनु पनि पर्दछ ।

५, विवाहसम्बन्धि परम्परा तथा संस्कारहरू ः–
क, केटी मगनी ः–
मागी विवाहको हकमा कसैको छोरी माग्न जॉदा एकैचोटी केटीको घरमा नगै कुनै भरपर्दो मानिसलाई एक जोर रक्सीको कठुवा राखी सारते पक्री उसैको माध्यमबाट केटी दिने कुरा पक्का भएपछि मात्र रक्सीको कोसेली लगेर केटीको घरमा कन्य मगनी गर्न गइन्छ । कन्याको घरबाट पनि आपूmले मात्र सुटुक्क कन्या नदिई छरछिमेकीहरू वा आफ्नो विश्वासिलो मानिस बोलाई सोधपुछ गरी अरुको राय पनि बुझ्ने काम हुन्छ । केटाको तर्फबाट कोसेली जोडी कठूवामा रक्सी राखीदिएपछि मात्र बक्साउने फर्साउने काम हुन्छ । केटी दिएपछि कोसेलीलाई कन्याको तर्फबाट स्वीकारी खाने पिउने काम हुन्छ ।

ख, साइमुन्द्रो खसाउने ः–
कन्या प्राप्त भैसकेपछि केटाको घरमा भित्र्याउने बार बेला हेरी उक्त दिन केटा सहित बुढापाका कलियाहरू केटीको घरमा आई रीतिविधिपूर्ण रुपमा कोशेली पातहरू प्रस्तुत गर्नु पर्दछ । यत्तिखेर केटाको तर्फबाटरु ५०० देखि रु १००० सम्म थैलीभित्र हाली जोडी कठुवामा रक्सीसहित बेहुलीको लागि प्रस्तुत गरिन्छ । कसैले एकजोडी भाडावर्तन वा डबका पनि राखेको पाइन्छ । यही विधिलार्ई ‘साईमुन्द्रो खसाउने’ भनिन्छ । यसपछि केटीमाथि केटाको पुरा हक लाग्छ । तसर्थ यदि केटीले केटा छाडयो भने पनि केटाले जारी उठाउन पाउ‘छ ।  साइमुन्द्रोको काम सकिएपछि केटीको बाबुआमा दुवै जीवित भएमा संयुक्त रुपमा र नभएमा अरु संयुक्त जोडी भएकाले नै पहिले दही चामलको टिका लगाईदिईन्छ र त्यसपछि अरुवाट समेत टिकाटालो गरेर केटीलाई केटाको घरमा भित्र्याउन जिम्मा दिइन्छ ।

ग, केटी भित्र्याउने ः– केटाको घरमा ल्याएपछि मूलदैलो छेउमा केटाले केटीको दाहिने हात समातेर आमालाई दिनुपर्छ आमाले हात समातेर घरभित्र हुलेपछि मात्र केटा भित्र पस्छ । केटाकेटीलाई पितृ बस्ने ठाउँमा राखेर स्वयंवर गरिन्छ । केटाले केटीको सिउँदोमा सिन्दूर लगाइदिन्छ । त्यसपछि गहनापातले पहिराई जोडाजोडी हुनेले सर्वप्रथम टिका लगाइदिएपछि अरुले पनि टिका लगाइदिई आशीर्वाद दिन्छन् । त्यसपछि दही र रक्सी एक अर्काको जुठो मिसाएर ख्वाउने गरिन्छ । त्यसदिन केटीले केटालाई औपचारिक रुपमा श्रीमतीको रुपमा ढोग दिनु पर्छ ।

घ, जन्त जाने ः–
तोकिएको दिन बेहुला बेहुलीलाई घरभित्र टिका लगाईदिई नौमति बाजा सहित बेहुला बेहुली, चुला धामी, जोडी कलिया, जान्नेसुन्ने पुर्खा र रीतका सामग्रीहरू सहित सयसाठी जन्तहरू लिएर केटीको घरमा जान्छन् । बाटोमा छोरीचेलीको माइत भए त्यो पनि खॉदै पिउ‘दै दक्षिणा दिदै केटीको घरमुनी पारेर जन्ती जानु पर्छ । केटीको घर नजिक पुगेपछि दुवैपट्टिको कलिया भेट भई जोडी कठूवा बेहुला पट्टिकाले राखी नमस्कार गरेपछि सम्पूर्ण बक्साउनी फर्साउनी हुन्छ ।

ङ, जन्ती पर्साउने ः–
बक्साउने फर्साउनीपछि कलियाको आदेश बमोजिम बेहुला बेहुली सहित जन्तीलाई पर्छाउन बेहुलीपट्टिका गाछीघर, धिवात्तो, वात्तो दाज्यूभाई र नाताहरू आई दियो कलश, दही, अक्षत, बेहुलाबेहुलीलाई पहिराउने कपडा, गरगहना नाङ्लोमा राखेर कन्यचेलीहरूलाई बोकाई तीन फन्को मारेपछि एकैचोटी जन्तीलाई दही चामलले पर्छाउ‘छन । यत्ति नै खेर उता बाजा बजाउनेले बाजा भाका फिराई फिराई गडगडाएर बजाउ‘छ भने बन्दुकेले आलोपालो गरी पहिले बेहुलीतर्फकाले पडकाउने त्यसपछि बेहुलातर्फकाले क्रमशः पडकाउने गरिन्छ । त्यसपछि बेहुला बेहुलीलाई बेहुलीको आमा बाबुबाट सर्वप्रथम टिकाटालो गर्ने काम
हुन्छ । त्यसपछि अरुबाट टिकाटालो तथा उपहारहरू भएमा चढाउने काम हुन्छ ।

च, लगन पोशाक र गरगहना ः–
बेहुलाको हकमा माझकिरातमा चलनमा आएको लगन पोशाक सेतो दौरा, सुरुवाल, पटुका, फेटा, दुवैपट्टि पछ्यौरा, कालो जुत्ता र छाता, प्वॉलो वा जन्तर, बेहुलीको लागि सारी, पछेउरा, चोला, छाता, सेतो पटुका, सक्नेले खुट्टामा चॉदीको कल्ली, हातमा चॉदीको बॉही चुरा, जन्तर, तिलहरी, कानमा चेप्टे सुन, ढुङ्ग्र्री, मुन्द्री जस्ता गहनापातले पहिराइन्छ । बेहुली पट्टिकाले सक्नेले बेहुलालाई कानमा सुनको गकुल, हातमा चॉदीको छापावाल चुरा, औंठी र बेहुला बेहुली दुवै वा एउटालाई पहिराउने चलन पनि रहेको पाइन्छ ।

छ. भतेरको व्यवस्था ः–
जन्तीलाई पर्छाइसकेपछि भतेरको लागि भान्साडेरामा लगिन्छ । बेहुला बेहुलीलाई विशेष खालको बरणी सिलाई त्यसैमा खाने कुरा राखिन्छ । खानाको विशेष परिकार बेहुलाले बरणी फोर्दा विशेष रमाइलो पनि गर्दछन् । सर्वप्रथम बेहुलाले खानाको लागि हात छोडेपछि अरुले पनि शुरु गर्दछन ।

ज. घरऑगन वा सुङ्खिममा प्रवेशः–
खानापछि जन्तीहरू बेहुलीपट्टिको कलियाको आज्ञाबमोजिम गाछिघरको आगनमा प्रवेश गर्दछन् । जन्तीहरू रातभर आराम गर्नको लागि छाजन हालेर विशेष व्यवस्था गरिएको हुन्छ । यस्तो व्यवस्था गरिएको ठाउँलाई सुङ्िखम भनिन्छ ।
बेलुकी बेहुला बेहुली, दुवैतर्फको कलिया, धिवात्तो, नक्छो, तायामी तथा जान्नेसुन्ने पुर्खाहरू र रितभॉतको कोसेलीहरू समेत भित्र हुली रीतभॉतको कार्य शुरुहुन्छ । बाहिर दमाइले पनि नौमति बाजा बजाउन शुरु गर्दछ ।

नोट ः–यह‘ा ध्यान दिने कुरा यो छ की केही किरात राईहरूको चलनमा बेहुलीलाई केवल सुङ्खििमपछि घरभित्र गरिने रीतिविधिको बेलामा मात्र ल्याई बेहुलासंग पहिलो पटक भेटाउने काम हुन्छ भने अर्को चलनमा बेहुलाको घरबाट जन्ती जॉदै बेहुलीसंग जाने चलन रहेको छ । यी दुवैचलन किरात राईहरूमा चलेको  पाइन्छ ।

झ. वचन वागदत्ता
    यो विवाहको अर्को महत्वपूर्ण पक्ष हो । नौलाख किरात राईहरूमा यो प्रचलनमा एकरुपता छैन । तथापि यसको लागि बेहुलापट्टिकाले जोडी तामेभाडा, ढ्याकेपैसा र जोडी रक्सीको कठुवा राख्नुपर्दछ । नक्छोले कुखुरालाई ठटाएर मारी केराको पातमा रगत खसाउनु पर्दछ यसलाई हाइकु भनिन्छ । यो हाइकु झरेको राम्रो मानिन्छ । नझरेमा अर्को कुखुराको झार्नुु पर्दछ । यसपछि सर्वप्रथम बेहुलीतर्फका पुर्खाले आज उप्रान्त हाम्रा छोरी फलाना वंश, फलना सामे, फलाना पाछा, फलानाको छोरी नातिनी फलाना वंश, फलाना सामे, फलाना पाछा, फलानाको छोरा फलानालाई एक दियौं दुई दियौं तीन दियौं, तपाइहरुको पासमा दियौं, छाकजुठो समेत तपाईहरूमा आजदेखि सरेको छ, धार्नीको छोरीचेलीलाई बिसौली बनाउन पाइदैन, आजदेखि तपाई हाम्रो ठूलो नाता कायम भयो । यो निरन्सेकसम्म सुमधुर रहीरहोस भनी बताएपछि बेहुलापट्टिकाले पनि माथिकै भाकामा स्वीकारेको अभिव्यक्ति दिनु पर्दछ ।

ञ, श्लोकको प्रचलन ः–
रीतिविधिको लगभग उत्तरार्धतिर पुगेपछि बाहिर सुङ्खिममा सिलक सिलोक शुरु हुन्छ र पहिले बेहुलीपट्टिकाले अत्तु थाप्ने सिलोक शुरु गरेपछि जन्तीतर्फकाले त्यसलाई फुकाउ‘दछन । यो क्रम रातभर र जन्ती नफर्केसम्म पनि चलिरहन सक्तछ । किरातमा कथ्य सिलोकहरू धेरै छन् यसैलाई पालैपालो सवाल जवाफ गर्दछन् । उता दमाइहरुले पनि नौमति बाजा बजाएर रमाइलो गर्दछन् ।
ट, जन्तीलाई बिदा दिने ः–
सम्पूर्ण रितभॉत समाप्त गरेर विहान जन्ती विदाउने बेलामा घरको केही पर बाटोमा पैय‘ुको सेउली गाडी बेउलीको मत्रो र मासुको सिल झुण्ड्याई दुईजोडी रक्सीको कठुवा समेत राखेर जन्तीको बाटो छेक्तै बेहुलीपट्टिकाहरू धुमधाम पितृ बुझाउने हुवारी मछमा सिलीनाचिन्छ । जन्तीहरू पनि त्यही बाटो भएर आउ‘छन । त्यहॉ बेहुलीले घरको सह सबै नलैजावोस भन्नाको लागि नक्छोले मन्त्रद्वारा झार्ने काम पनि गर्दछ । अव जन्तीहरू त्यही आई उक्त रक्सी खाएर एकछिन साकेला संयुक्त रुपमा नाच्छन् । यत्ति नै खेर बेहुलापट्टिका कुनै एकजनाले बेहुलीको पछेउरा र अर्को एकजनाले मासुको सिल तानेर लैजान खोज्दा बेहुली पट्टिकाले समात्ने र एकक्षण खोसाखोस गरिन्छ । तर च्यात्नु, फ्याक्नु पाइदैन । यदि बेहुलीपट्टिकाले नै जितेर लग्यो भने बेहुलापट्टिकाले रितअनुसार दस्तुर आठाना चाराना तिरेर लैजानु पर्दछ । त्यसपछि जन्तीहरू नाच्दै बाटो लाग्छन् भने यता बेहुलीपट्टिकाहरूले चाहि सेउली उखेली हातहातमा नचाउ‘दै ल्याएर नक्छोसंग घरभित्र पसी हुवारे सिली नाच्छन् । अगेना वरिपरि नाचेपछि नक्छोले यसलाई विधिपूर्वक समाप्त गर्दछ । यो रीति हेर्नमा सारै रमाइलो हुन्छ ।


ठ. बेहुलाको घरमा जन्ती पर्छाउने ः–
    बेहुलीलाई बेहुलाको घरमा जन्तीको साथमा ल्याइसकेपछि आगनमा जन्ती पर्साइन्छ र पुनः आगनमा टिका लगाइदिई सगुन स्वरुप रक्सी र दही दिदी बहिनीले खुवाउँछन् । त्यसपछि भतेरमा सवैलाई भातभान्सा गराइन्छ । यहॉ पनि बेहुलाले बरण्डी फोर्नु पर्दछ । यसपछि लगभग विवाहको चरण समाप्त हुदै जान्छ ।
ड. दुरन फर्काउने ः–
बेहुला बेहुली त्यसैदिन वा भोलि दुरन फर्काउने भनी बेहुली सहित कोसेलीको रुपमा रक्सी र सुगुरको साप्रो सहित बेहुलीको घरमा फर्कनु पर्दछ । त्यो कोसेली गाछीघर, कलिया र धिवात्तो लगायत कोसेलीको रुपमा सबैले खान्छन् ।
ढ, कजेरीको शिर उठाउने रीत ः–
    विवाह भैसकेपछि बेहुली र बेहुलाको घर दुवैपट्टिका आ–आफ्नो मूलकजेरी र अन्य कजेरीहरुको नाममा शिर उठाउने रीत राखीदिनुपर्दछ । यो रीत खाएर रातभर नाचगान गर्ने गर्दछन् । यसपछि विवाह कर्म समाप्त हुन्छ ।
ण, विधवाले विवाह गर्न पाउने ः–
विधवा महिलाले पुनः विवाह गर्न पाउने पनि किरात राईहरूको संस्कार रहेको पाइन्छ भने जस्तोसुकै रंगको पोशाक पनि लगाउन सक्तछन ।
त, अन्तर्जात विवाह गर्न पाउने ः–
    किरात राईहरूले अन्यजात विवाह गरेमा दालढिडो वा भात चलाएर पितृमा प्रवेश गराउन सकिन्छ । तर लिम्बु, याक्खा, भोटे र सुनुवार विवाह गरेमा दालभात चलाउन पर्दैन । यसको अर्थ ती जातिहरूको पुर्खा एउटै हो भन्ने जनाउ‘छ । दालभात चलाउने दिन दाज्यूभाई सवै जम्मा भई भतेर लगाई बेहुलीले सबै छोई चलाई गरेपछि बॉड्नु पर्दछ । यसपछि उ पित्री प्रवेशको लागि ग्राह्य हुन्छ । तर यत्ति भएर पनि ती स्त्रीको मृत्युपछि उ कुलपित्रमा नगई थानीदेव भएर उत्रन्छ भन्ने चलन रहेको छ । माझकिरातमा त्यस्ता थानीहरू थुप्रै रहेका छन ।

थ. मृत्यु संस्कार ः
    यो स्पष्ट छ की किरात राईहरू आपूm मरेपछि स्वर्गलोक वा मत्र्यलोकमा जाने बारे कुनै विश्वास गर्दैनन् । बरु उनीहरू आफ्नै चुल्हामा आउने कुरामा विश्वास गर्दछन् । तर यसरी चुल्हामा आउनको लागि पनि सहज मरण हुनु आवश्यक छ । तसर्थ किरात राईहरूको मृत्यु संस्कारहरू बारे कुरा गर्दा निम्न संस्कारहरू बारे सम्झन आवश्यक छ ।
१, सहज मृत्यु–
    सामान्य अवस्थाबाट भएको मरणलाई समानपूर्ण ढंगबाट संस्कार गरिन्छ । यसको लागि मरेपछि शवलाई घरभित्र हुली दैलो पट्टि टाउको फर्काएर राखिन्छ । राडीमा राख्न हुदैन तसर्थ मान्द्रो माथि गुन्द्री ओछयाई त्यसमाथि राख्नु पर्दंछ । कसैले शवको निधारमा ढ्याके पैसा राखेर सुनपानीले छर्की मुख र खुट्टामा कॉसा थालले छोप्ने पनि गर्दछन । दाज्यूभाई नरनाता सवैको घरबाट थोरै थोरै जॉड संकलन गरी मृतकलाई रीतिविधिअनुसार ख्वाउनु पर्दछ । खोलाटोला अनुसार कसैलेकुखुरा काटेर पखेटाको टुप्पो शवको काखीमा च्यापीदिने र कुखुराको खुट्टाले चाहिं चिहानबाट सातो झिक्ने चलन रहेको छ । धामीले विधिपूर्वबक बाटो लगाई घरबाट शव निकाली मृतककै बारीमा दबाउनु पर्दछ । चिहान खन्न अघि नक्षोले जॉडले ठाउ‘लाई घेरा हाल्ने र एक रुपे ढ्रयाके पैसा राखेर भूमिमातासंग जग्गा किन्नु पर्छ । चिहान खन्न किनिएको जग्गा बाहेक अन्त खन्न वा जान हु‘दैन । किनिएको पैसा भरै चिहानमा नै लगाई दिनु पर्छ । चिहानमा सब्लेटो र बिव्लाटो दुईवटा लिस्नु बनाई राखिन्छ जहॉ बिव्लाटोबाट मृतकको मृतात्मा पस्छ र सव्लेटोबाट जीवितको  सातो निस्कन्छ ।  शवलाई चिहानमा लगाउनु अधि तीनपटक चिहानलाई घुमाईन्छ । चिहानको शिर कता पार्ने भन्ने कुरा आ–आफ्नो चलन रहेको छ । कसैले खोलातिर पार्छन । यसको अर्थ आदिम किरातमाता नागकन्याको घर खोला भएकाले हो भन्ने भनाइ रहेको छ ।
    चिहान तीनतहको हुन्छ । शव सुतेको तह, शवलाई ढाकेको तह र चिहानको बाहिरी तह । शवलाई पुर्न अघि पहिले घरको मूल मानिसले त्यसपछि अरुले मट्टि दिनुपर्छ । मट्टि दिंदा देव्रेहातले तीनपटक दिई तीनपटक नै मट्टि फर्काउनु पर्दछ । त्यसपछि शव पुरिन्छ । शवपुरीसकेपछि चिहानबाट सातो झिक्नु पर्दछ । यसको पनि विभिन्न विधिहरू रहेको छ । कसैले सिस्नु र अघि शवको काखिीमा राख्ज मारीएको कुखुराको खुट्टाले चिहान कोर्दै निकाल्छन भने कसैले नक्षोको भालाले कोट्याउ‘दै निकालेको देखिन्छ । सातो झिकीसकेपछि एउटा सव्लेटो लिस्नु चाहिं झिकिन्छ ।
जुठो वा दुःख बार्ने विधि ः–
लाशलाई दबाईसकेपछि दुखबार्ने पुरुषहरूले धारामा गई कपाल खौरनु पर्दछ भने स्त्री वा महिलाहरूले चाहि कपाल नुहाउनु पर्दछ । मरौ परेको घरमा भित्रबाट गोबरले मात्र लिप्तै बाहिर निकाल्नु पर्दछ । जुठो बार्नेहरू लगायत सबै मलामीहरू शव दबाईसकेपछि ऑगनमा राखिएको आगाको पुल्ठालाई टेक्तै घरभित्र पस्नु पर्दछ । हप्तादिन भित्रमा सवै दाज्युभाइको घरबाट पुनः जॉड संकलन गरी छानेको जॉडलाई तोम्बामा राखी सु‘गुरको मासु सो नभए माछाको साथमा पित्रृमा मृतकको आत्मालाई डाक्नु पर्दछ । यसरी डाकेर खानदिई पुनःसाझा मृतपुर्खाहरू बस्नेठाउ‘ “बलमदेल” मा पु¥याई राख्नु पर्दछ । मरेको दिन घर परिवार र आफन्तहरूले १ छाक नून बार्नुपर्छ त्यसपछि खुला हुन्छ । आमाको मृत्युमा चोखिने समय नआएसम्म दूध बार्ने र यदि कॉसा थाल छोरीचेलीलाई दान गर्नुछ भने कॉसामा पनि खान हुदैन ।
२, असहज मृत्यु
    लडेर, डढेर, डुबेर, गोली लागेर, घाउखटिरा आएर, सुनिएर, विष खाएर, झुण्डिएर, सुत्केरी भएर इत्यादि कारणहरूबाट मरेमा त्यसलाई असहज मृत्यु मानिन्छ । यस्ताको लाशलाई घरमा भित्र ल्याइन्न । बाहिर बाहिरै दबाउन लगिन्छ । बारीमा पनि दवाइन्न केबल वनमा मात्र दवाइन्छ । यस्तोलाई पितृमा बोलाउन आवश्यक पर्दैन । चिनो चौतारो पनि बनाइन्न । साथै छेवर र गुन्युचोला नदिएको बच्चाहरू मरेमा पनि वनमा नै दवाउनु पर्दछ । चोखिने दिन बेलुका धामी विजुवाको चिन्ता बसाई त्यस्ताको मृतात्मालाई मार्नु पर्छ या पुनः घरगाउ‘लाई दुख नदिने बाटो लगाउनु पर्दछ । यसलाई सियॉ मार्ने पनि भनिन्छ ।

३, जुठोबाट चोखिने विधि या किरियाकाज ः–
    किरात राईहरूले मरेको दिनलाई गणना गरेर विजोडी दिन वा महिना पारी चोखिनु पर्दछ जुठोबाट चाखिने दिन पुनः उक्त मृतकलाई घरको चुलामा बोलाई खान दिएर पुनः बलमदेलमा नै पु¥याउनु पर्दछ । जुठोबाट चोखिने दिन मृतकको नाममा चिनो चौतारो पनि बनाई, शिलालेख राखी बर पिपल रोपीदिइन्छ । चोतारोमा मृतकको प्रतीक ढुङ्गा गाडेर त्यसमा नक्षोद्वारा रगतले खन्याउने भात, मासु चढाउने गरिन्छ । दुःख फुकाउने भनी मावली र सशुरालीतर्फबाट दुःखबार्नेहरूलाई फेटा, मत्रो दिने पनि चलन छ । दान दिने कुराहरू भएमा यसैदिन भाञ्जा वा भाञ्जीलाई दिइन्छ । त्यसदिन यस अघि बारीएको कुराहरू चेलीको हातबाट किरीयापुत्रीमा बसेकोलाई ख्वाई फुकाउनु पर्दछ । किरीयापुत्री बसेकाले छोरी चेली भानाभाञ्जा, ज्वाई चेला सवैलाई टिका लगाईदिएपछि सवै कर्म, धर्म खुला हुन्छ । ढोगभेट सवै फुक्छ । किरीयाकाजमा लगाएको टिका अशुभ भएकाले तुरुन्त पुछेर
फालिन्छ । जुठाबाट चोखिने र बार्ने कुुराहरू पनि खोलाटोलअनुसार केही फरक पर्दछ । 

४, दुःख बिर्साउनी नाचगान ः
    सहज मृत्यु भएको मानिस्हरूको हकमा किरीया काजको दिन बेलुकी नरनाताहरू थुनी मारुनी नाच नचाउने तथा सो आयोजना गर्न नसकिएमा रातभर नाचगान गरेर मृतकलाई खुसी पार्ने प्रचलन पनि किरात राईहरूमा रहेको पाइन्छ ।
२, किरात धर्म तथा संस्कृतिका विशेषताहरू ः–
    किरात राईहरूको धर्म, संस्कार तथा संस्कृतिको निम्न विशेषताहरू रहेका छन –
१ आकाश, सूर्य, धरती, सिमे भूमे, नदीनाला, नाग ,आगो, जङ्गल, भिर, पहरालाई पूजा गर्नु
२, मानव र चराचर जगतलाई पाल्ने प्रकृतिलाई देवत्वको रुपमा मानी वार्षिक रुपमा नयॉ अन्नवाली पाक्ता उधौली र नयॉ बाली 
   छरपाउ गर्दा उभौली भनी प्रकृतिको पूजा गर्ने
३, आफ्ना मृत पुर्खाहरूलाई ऐतिहासिक पितृत्व शक्ति मानी वार्षिक वा आवश्यक पर्दा न्वागी र अन्य पूजाहरू गर्ने ।
४, पुनरजन्मको कुरामा विश्वास नगर्ने र मृत पुर्खाहरूलाई आशिर्वाद माग्ने, सन्तानको वाटो वन्द नगर भनी हकार्ने पनि ।
५, वंश सम्मिलनमा विश्वास राख्ने, त्यसैले हाडभॉची भाई तुल्याई आफ्नो पाछामा समावेश गर्ने, निश्चित पुस्ता गलेपछि भाई 
   फुटाई कुलमा कुटुम्व काजमा भाई पनि बन्ने,
६, वैवाहिक संवन्ध नजिकका नाता तथा सजातिय वंशज एवं कुटुम्बहरूसंगमात्र जोड्ने
७, आफ्नो परमपरागत धार्मिक, सास्कृतिक अनुष्ठानहरू सम्पन्न गर्न अदुवा, अक्षता, केराको पात,
   चोखो जॉड, रक्सी, चरा, माछा, मृग, तथा गाई गोरूको मासु, र कुखुरा तथा सुगुरको रगत आदिलाई केराको पातमा राखी अति 
   पवित्र धार्मिक वस्तुको रुपमा मानी आफ्नो कुलपित्रलाई चढाउने
८. हरेक धार्मिक अनुष्ठान, परम्परा र संस्कार सस्कृतिहरू सम्पन्न गर्न नक्षो, जान्नेपुर्खा र वाहिरको लागुभागु धपाउन विजुवा, 
   झाक्री, बैदाङ धामीहरूको प्रयोग गरिने।
९. हरेक बैशाके पूर्णेदेखि औंशीसम्म उभौलीको अवसरमा साकेवा, तोसी वा भूमे आदि भनेर भूमि वा प्रकृतिको
   पूजा गर्ने र उधौलीको समयमा नया वर्षको बाली पाकेको खुसीयालीमा चासोक वा न्वागी चाड मनाउने
१०. छितकी पातकीलाई सामाजिक बहिष्कार गरी एक घरे एकथरेको रुपमा व्यवहार गरी अनुुशासित समाजिक
   व्यवस्था कायम गर्ने ।
११. गैर जातिय महिला विवाह गरेमा सातथरीका किरात राईहरू भेलागरी दाल ढिडो पकाएर ख्वाई वंशमा प्रवेश
   गराउने ।
१२. पितृसत्ता र मातृसत्ता दुवैको सह–अस्तित्व कायम भएको हुनाले किरात राईहरूको पाछा जनाउने कुरामा पुरुष
    र महिला दुवैको सामे समानान्तर ढंगले प्रचलनमा आएको पाइन्छ ।
१३. विवातिह केटा केटी वीच बिछोड हुने स्थिति रहेमा केटाको तर्फवाट केटीलाई केही बक्साउनी फर्साउनी गरेर कन्य चोखाउन 
     सकिने प्रचलन रहेको ।
१४. शिर उठाउने ः– जगा मुद्धामा हारेमा, श्रीमती पोइला गएमा वा यस्तै अनुचित कार्यवाट व्यक्तिको शिर ढल्न
    गएमा रातो अचना चिसो छपना गरेर संवन्धित व्यक्तिको शिर उठाउने चलन रहेको ।
१५ तीनचुल्हा ः–  किरातको राईको सवभन्दा ठूलो देवत्व मानिएको तीनचुलामध्ये घरको, पाहुनाको र दाज्यूभाईको चुल्हा मानिन्छ ।  
     यसले बसुदैव कुटुमबकमको भावनालाई अंगिकार गरेको पाइन्छ ।
१६. पितृ तथा प्रकृति पूजाहरूमा मुखजुठो गरेर मात्र पूजा गरिन्छ ।
१७. मृत शरिरलाई चिहान बनाई दवाउने र मृत शरिर जागेमा नक्षोव्दारा भत्काई डढाउने प्रचलन रहेको
१८. घर घडेरी खन्दा, नया घरमा सर्दा, नया कोक्रोमा वच्चालाई सुताउ‘दा कुखुराको भाले काटेर पूजा गरेर मात्र प्रयोगमा ल्याइने ।
१९. आफ्नो ज्वाईलाई छोरा सरह व्यवहार गर्ने
२०. महिलालाई स्रिष्टिकी जननी, सभ्यता र शीपकी मालिक मानिएको ।
२१. सेतो लुगालाई शुभ ठानी धर्म कर्ममा प्रयोग गरिने ।
२२. भाला, ढाल, तरवार, धनुष, तीर, चिण्डो, भू‘ (अर्नाको सिं), जस्ता सामग्रीहरूको प्रयोग गर्ने ।
२३. वार्षिक रुपमा घरमा वनमा शिकारी वा दिवुमीको पूजा गर्ने
२४. वार्षिक रुपमा संसारीपूजा गरेर रोगव्याधिहरू खोलामा बगाउने ।
२५. चाडलाई कसैको विजय पराजय र सत्ता प्राप्तीको उत्सव नमानी विशुद्ध सामाजिक धार्मिक चाडको रुपमा मान्ने
२६. मृतकको नाममा चिनो चौतारौ बनाई बर पिपल रोप्न,पाटीपौवा, सॉगु, बनाउने
२७. मृतकलाई मृत्यूको प्रकार हेरी सोहीअनुसार संस्कार गर्ने चलन रहेको ।
२८, खोलामा हिवा वा श्राप बगाउने

३, किरात राईहरूको प्रमुख चाडबाड तथा संस्कार संस्कृतिहरू
    किरात राईहरूको विभिन्न चाडहरू हुन्छन ती सम्पूर्ण चाडहरूलाई मुख्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।

५,  ः–
   

५, किरात राईरूको समाजमा रहेको जनश्रुति र जनसाहित्य
    किरात राईहरूको हरेक गाउ‘ र खोलाटेलहरूमा किरातका कंबदन्तीहरू यत्रतत्र पाइन्छन् । ढुङ्गा, खोला, खोल्सी, धारा, कुवा, कुलो, चौतारो, पहाड, रुख, जग्गा, बारी, वन, पाखा, बाटो, खेत, घर, ओडार, भिर, पहरा, पोखरी, भूमेथान, शिकारीथान, वंश, थर, सामे, पाछा, पूmलफलेदो, खाद्यपदार्थ इत्यादिसंग कुनै न कुृनै किंबदन्ती रहेको पाइन्छ र ती किंबदन्तीहरूको आ–आफ्नो महत्व रहेकाछन । ती सम्पूर्ण किंबदन्तीहरूमध्ये निम्न किंबदन्तीहरू प्राय तीनबटै किरात प्रदेशहरूमा प्रचलनमा रहेको पाइन्छ ।
क, पारुहाङ् नायम ः– (हेर्नुहोस परिशिष्ट–३)
ख, घरको मुलखॉबोको पूजा ः– (हेर्नुहोस परिशिष्ट–४)
ग, तोयामा, खियामा, हेच्चाकुप्पा र नागेलुम ः– (हेर्नुहोस परिशिष्ट –५)
घ, नाम्दुलेम ः– (हेर्नुहोस परिशिष्ट–६)
ङ,  थुब्यू ः– (हेर्नुहोस माथिकै परिशिष्ट)
ङ, साल्पा र रिब्रीमा ः– (हेर्नुहोस परिशिष्ट–७)
च, शिर उठाउने ः– (हेर्नुहोस – )
छ, श्राप तथा हिवा बगाउने चलन ज,बुढानिलकण्ठसंग सम्बन्धित किंबदन्तीहरू
झ, राजापटुकसंग सम्बन्धित किंबदन्तीहरू                                 
किरात राई जातिको संस्कृति तथा संस्कारहरू 
जीतपाल किरात राई
१. विषय प्रवेश
हिजो आज किरात धर्म र यसको परम्परा बारे सकारात्मक साथै नकारात्मक चर्चा, व्याख्या र विश्लेषण विभिन्न संचार माध्यमहरुमा आउने गरेको छ । यसो हुनु स्वभाविक पनि हो किनकि वि.सं. २०४६ सालको जनआन्दोलन अगाडि दुईसय वर्ष भन्दा बढी यस मुलुकमा एक तन्त्रीय राज्यव्यवस्थाले अपनाएको एक धर्म, एक भाषा, एक भेष जस्तो स्वेच्छाचारी र दमनकारी नीतिले गर्दा यहाँ हिन्दु धर्म बाहेक अन्य धर्मबारे छलफल, व्याख्या र विश्लेषण गर्न संभव थिएन । राणाकालपछि पनि किरात धर्म अनुयायीहरुले पूर्वी नेपालमा धार्मिक अनुष्ठानहरु बनाउँदा र गुरुङ र तामाङहरुले बौद्ध गुम्बाहरु बनाउँदा पञ्चायत प्रशासनले अनेकौं लाञ्छना लगाई दण्ड सजाय गर्ने गर्दथ्यो । त्यसकारण अहिले पनि राणा र पंचायत शासनकालीन मानसिकता बोकेका केही प्रतिगामी तत्व धर्म, भाषा र सँस्कृतिको क्षेत्रमा प्रजातान्त्रिक अभ्यास भएको देख्न चाहँदैनन् । तर नेपालको यथार्थता भनेको यो मुलुक बहुजातीय, बहुभाषिक र बहुधार्मिक हो । नेपालमा हिन्दु, बौद्ध, ईस्लाम, किरात, इसाई, जैन र शिख धर्मावलम्बी बस्दछन् भन्ने कुरा राष्ट्रिय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणनाको प्रतिवेदनहरुबाट स्पष्ट हुन्छ ।
    नेपालका आदिबासी किरात राई, लिम्बु, याक्खा र सुनुवार जातिहरु हजारौं वर्षअघि देखि निरन्तररुपले आफूलाई किरात धर्मको अनुयायी मान्दै आएका छन् । मुन्दुमविद्हरुको भनाई अनुसार किरात धर्म विश्वको प्राचीन धर्महरू मध्ये एक हो । यो धर्म अत्यन्तै गहन, तर्कपूर्ण र मानवीय मूल्य र मान्यतामा आधारित धर्म – दर्शन भए तापनि ऐतिहासिक कारणहरुले गर्दा अन्य धर्महरु जस्तै यसको बिस्तार हुन सकेन । तर यस धर्ममा अन्तरनिहित मानवीय मूल्य, मान्यता र आदर्श आजको वैज्ञानिक युगमा प्रेरणादायी र सान्दर्भिक छन् ।

२. म्ुान्दुम के हो ?
    हिन्दुको वेद, इसाइको बाइबल र मुसलमानको कुरान जस्तै किरात धर्ममा “मुन्दुम” दर्शन र सँस्कृतिको श्रोत हो । पृथ्वी, सूर्य, ग्रहहरु, तारा मण्डलको उत्पत्ति, मानिस र अन्य प्राणीहरुको सृष्टि, वनस्पतिहरूको उत्पत्ति र प्राकृतिक सन्तुलन, मानवीय सद्गुण र सदाचार आदि कुराहरुको व्याख्या मुन्दुममा रोेचक र तर्कपूर्ण ढंगले गरिएको छ (हेर्नोस् – किरात राई यायोक्खाबाट प्रकाशित दोवाङदुम शामकालिङ) । गहिरिएर खोज अनुसन्धान गर्ने हो भने मुन्दुम ज्ञान र बुद्धिको भण्डार र प्रेरणाको श्रोत हो । तर मुन्दुमविद्हरुले यसलाई मौखिक परम्परामा सिमित राख्दै आएका हुनाले यसको मौलिक गुणहरुमा केही ह«ास भइरहेको हुन सक्दछ । यसलाई लिखित रुपमा टुक्राटाक्री समेटिएता पनि समग्रमा यसलाई एउटै ग्रन्थको रुपमा लिपिबद्ध गरी यसको प्रचार प्रसार व्यापकरुपमा गरिएको छैन । तसर्थ मुन्दुमको अध्ययन, अनुसन्धान गरेर यसभित्र अन्तरनिहित ज्ञान र बुद्धिबारे जानकारी गराउनु आजको बौद्धिक चुनौती हो । मुन्दुमविदहरुको भनाईअनुसार हिन्दु र बौद्ध धर्मको उदय हुनु अगाडि नै किरात धर्मको विकास भइसकेको थियो । गौतम बुद्धभन्दा अगाडिका किरात सम्राट यलम्बर किरात धर्मका अनुयायी थिए । उनको
राज्यकालमा किरात धर्म राजकीय  धर्म भएको हुनाले यसको प्रभाव नेपाल, भारत लगायत पूर्वमा कम्पूचियासम्म पुगेको थियो । त्यस समय यस क्षेत्रका शासकहरुले मुन्दुममा उल्लेखित पारुहाङ, सुम्निमा धर्म उपदेश अनुसार राज्य गर्दथे । मध्यपूर्वमा यहुदीहरूको यहुदी धर्म जस्तै हिमालको दक्षिणी भेग वर्तमान नेपाल र केही भारत भू–खण्डमा किरात धर्म प्रचलनमा थियो ।


३. मुन्दुममा ईश्वर र सृष्टिबारे व्याख्या
३.१     सृष्टिकर्ता माङ (ईश्वर)को अवधारणा – मुन्दुममा माङ अनन्त, निराकार, सर्वव्यापी र सर्वशक्तिमान छन् । उनी जल, थल, पृथ्वी, आकाश, तारामण्डल सबै ठाउँमा सर्वव्यापी छन् । यी सबै उनकै सृष्टि हो । उनको कुनै आकार र रुप हुँदैन । सर्वव्यापी माङको इच्छा अनुरुप नै सृष्टिको परिचालन भइरहन्छ ।

३.२    पृथ्वीमा जीव, जन्तुहरुको उत्पति – सर्र्वशक्तिमान माङको इच्छाले पृथ्वीलाई सुन्दर बनाउन हावा, पानी, माटो र घामको शक्ति प्रयोग गरी रुख, बिरुवा वनस्पतिको श्रृजना गरे । त्यसपछि पृथ्वी शून्यबाट हरिया सुन्दर भूमिमा परिणत भयो । सृष्टिको क्रममा रुखको फूलबाट पुतलीको उत्पत्ति भयो । रुखको फलबाट पंक्षीहरुको उत्पत्ति भयो । रुखको बोटबाट कमिला र धमिरा उत्पन्न भयो ।
सारा झारपातबाट किरा, फट््यांग्रा उत्पन्न भयो । त्यसरी नै गाई, भैंसी, बाख्रा, घोडा, बाघ आदि जनावरहरु उत्पन्न भयो । यी सबै उनै सर्वशक्तिमान् माङको इच्छानुसार भयो ।

३.३     रुमुहाङ र नायुमा – माङले सूर्यशक्तिको प्रयोग गरी रुमुहाङ (सूर्यपुत्र)को सृष्टि गरे । त्यसपछि हावा, पानी र घामको प्रयोग गरी नायुमाको सृष्टि गरे । रुमुहाङ सूर्य पुत्र भएको र पृथ्वी जस्तो सानो ग्रहमा सधैं बस्न नसक्ने भएको हुनाले रुमुहाङ र नायुमाले सल्लाह गरेर पृथ्वीको सौन्दर्यलाई निरन्तरता दिन रुमुहाङको स्वरुप र शक्ति भएको पारुहाङ र नायुमाको स्वरुप र शक्ति भएको सुम्निमाको सृष्टि गरे र उनीहरु स्वेच्छाले विलय भए ।

३.४     पारुहाङ र सुम्निमा – दैवीशक्ति सम्पन्न पारुहाङ र सुम्निमा ज्ञानी, दानी र दयावान थिए । उनीहरुलाई माङले सृष्टि गरेको पृथ्वी, जीव र निर्जीव वस्तुहरूप्रति माया भयो । त्यसैले पारुहाङ र सुम्निमाले ध्यान, आराधना, योग सत्कर्म मार्फत् माङ, पारुहाङ, सुम्निमाको अनुभूित गर्न सक्ने, सृष्टिकोे नियम बुझ्न सक्ने, आफ्नो स्वरुप भएको विवेकशील मानव जातिको सृष्टि गरे ।आफ्ना
इच्छानुसार मानव जातिको सृष्टि गरेपछि पारुहाङ र सुम्निमा पनि अदृश्य भएर गए तापनि उनीहरूलाई अनुभूत गर्न सकिने ज्ञान मुन्दुममा छोडेका छन् ।

४.     मुन्दुममा पारुहाङ – सुम्निमा धर्म उपदेश
        पारुहाङ, सुम्निमा धर्म उपदेश प्राचीन युगमा राजकाज साथै जनस्तरमा पनि प्रचलनमा थियो । त्यसबेला किरातहरु पाप गरेको घाम, जून, माटो, पानी, हावाले देख्छ भन्ने सुम्निमाको अर्ती उपदेशको रुपमा लिन्थे । त्यस्तैै नराम्रो काम गरेमा अल्पायू, अधकल्चे भइन्छ, हराइन्छ, मासिइन्छ, शाखा सन्तानलाई पिर्छ, कुजा, लाटा, लङ्गडा, अन्धा, बहिरा, दुखिया, रोगी, अपराधको दोष लाग्छ,
गर्भपात हुन्छ भन्ने विश्वास गर्दथे । कुकर्म गर्नेले देवशक्ति, राजशक्ति र धनशक्तिको बाटो पक्रन सक्दैन भन्ने सुम्निमाको अर्ती उपदेश किरात कथाहरुमा छ । मुन्दुममा उल्लेखित पारुहाङ, सुम्निमाको उपदेश अनुसार किरातहरुले निम्न कुराहरु गर्न नहुने उल्लेख छ ।

४.१     किरातहरुले भिख मागेर खान नहुने – कुनै पनि किरात जसले माङ, पारुहाङ र सुम्निमा शक्तिमा विश्वास राख्दछ, उनले भिख मागेर खानु हुँदैन । पारुहाङ र सुम्निमाले सृष्टि गरेको किरातहरु बुद्धि, विवेक र शारीरिक परिश्रमको प्रयोगबाट खान, लाउन र बाँच्न सक्दछन् । तर भिख माग्नु, ढाँट्नु र ठग्नु पारुहाङ सुम्निमा उपदेश विपरीत हो ।

४.२      किरातहरुले चोरी र ठगी गर्न नहुने – दैवीशक्ति सम्पन्न पारुहाङ र सुम्निमाले आफ्नो स्वरुप     भएको बुद्धिमान र विवेकी किरातको सृष्टि गरेको हुनाले पारुहाङ–सुम्निमालाई विश्वास राख्ने किरातहरुले चोरी र ठगी गर्न नहुने मुन्दुममा उल्लेख गरिएको छ । चोरेका,े ठगेको सबै घाम, जून, हावा, माटो, पानीले देखिरहेको हुन्छ । चोरी, ठगी गरेर प्राप्त गरेको धन सम्पत्तिले आफू र आफ्ना परिवारलाई फलिफाप हुँदैन भन्ने कुरा किरात लोककथाहरुमा पनि छ ।

४.३      परस्त्री र परपुरुष गमन बन्देज – दैवीशक्ति सम्पन्न पारुहाङ र सुम्निमाले वुद्धि र विवेक भएको मानव जातिको सृिष्ट गरेका हुनाले आफ्नो सृष्टिको कल्याण र सुखको लागि सृष्टिको नियमअनुसार पुरुष र महिलाको संख्या समान अनुपातमा हुन्छ । त्यसैले एक पतिव्रत र एक पत्नीव्रतको चलनलाई मुन्दुममा स्वभाविक र असल भनिएको छ भने परस्त्री र परपुरुष गमन पाप र कलहको जड भनिएको छ । यसको परिणाम आफैंले मात्र हैन आफ्ना सन्तानहरु र परिवारका अन्य सदस्यले समेत भोग्नु पर्ने
कुरा मुन्दुमले व्याख्या गरेको छ ।

४.४     लोभ नगर्नु – मुन्दुममा भनिएको छ, लोभले कसैलाई क्षणिक लाभ भए तापनि भौतिक वस्तुको प्राप्तिमा बढी लोभ गर्दा अन्तत क्षति, दुःख, कष्ट निम्त्याउँछ । मानव जातिलाई माङले सृष्टिमा सबै आवश्यक वस्तुहरुको पूर्ति गरिदिएका छन् । तर आफूलाई चाहिनेभन्दा बढी लोभ लालच गर्दा अरुको अधिकार र स्वामित्वमा असर पर्ने र प्राकृतिक सन्तुलनमा असर पर्ने हुनाले त्यस्तो सोच र व्यवहारले हित नहुने कुरा पारुहाङ–सुम्निमा धर्मादेशमा भनिएको छ ।

४.५ डाह, इष्र्या नगर्नु – डाह र ईष्र्यालाई मुन्दुममा अनुचित र तुच्छ भनिएको छ । मानव–मानव बीच, समुदाय–समुदाय बीच सदिच्छा र सदभाव नै माङ, पारुहाङ र सुम्निमाको अनुभूति गर्ने एउटा पथ हो भनिएको छ । आगोले सालको काठ डढाएर खरानी बनाए जस्तै डाह र ईष्र्याले मानिसको शरीर र मनलाई डढाएर नष्ट गर्दछ ।

४.६ घमण्ड नगर्नु  – मुन्दुम अनुसार धन, सम्पत्ति, रुप, वुद्धि, बल र शक्तिको अहंकारले व्यक्तिलाई क्षति
गर्दछ । धन, सम्पत्ति, रुप, वुद्धि, बल र शक्ति माथि व्यक्तिको स्थायी स्वामित्व हुँदैन । घमण्डले प्रेम, सदाचार हैन द्वेश बढाउँछ । वुद्धि र विवेकमा ताल्चा लाग्छ । माङको अनुभूति गर्ने क्षमताह«ास हुन्छ ।

४.७ मानव हत्या नगर्नु – सृष्टिपछि मानव जातिले पृथ्वीमा फैलिनु, दीर्घायू हुनु भनी पारुहाङ, सुम्निमाको आशिर्वाद पाए । मानव जनसंख्या पृथ्वीमा फैलिंदै जाँदा पारुहाङ – सुम्निमा धर्म आदेश पालन नगर्ने, कुकर्म गर्ने, स्वच्छन्द व्यभिचारी मानिसहरुको संख्या पनि बढ्दै गयो । यी सबै कुराहरूलाई अन्तरयामी पारुहाङ–सुम्निमाले देख्छन्, धर्म उपदेशमा यही भनिएको छ ।

    पापबाट मोक्ष पाउने र माङको अनुभूति गर्न मानिसले गर्नुपर्ने कर्महरूबारे मुन्दुममा उल्लेख भएको
पाइन्छ । समष्टिमा निम्न कर्महरू गर्नलाई किरात सत्कर्म भनी मुन्दुममा उल्लेख भएको भनी मुन्दुमविद्हरूको भनाई छ ।
(क)     दैनिक बिहान–बेलुका माङ, पारुहाङ – सुम्निमालाई सम्झेर शान्त मनले प्रार्थना, ध्यान, योग गर्ने ।
(ख)     वयोवृद्धलाई आदर गर्नु, गरिब दुःखीलाई दया गर्नु भन्ने मुन्दुममा उल्लेखित छ । प्रत्येक दिन आफूले उपभोग गर्ने भागबाट खाने, पिउने वस्तुहरु जोगाएर गरिब दुःखीलाई सहयोग गर्नु वा सामाजिक कल्याण कोषमा दान दिनु भन्ने छ ।
(ग)     अन्न पाकेपछि माङलाई चढाएर मात्र खानु पर्दछ । माङ खुशी भए अन्न राम्रो फुल्ने, फल्ने हुनाले पाकेको अन्न माङलाई पहिला चढाउनु पर्दछ ।
(घ)     पितृ पूजा गर्नु – मृत्युपछि स्वर्ग गएका पुर्खाहरूलाई माङखिममा मुन्दुम अनुसार रीत पु¥याई पूजा गरियो भने हामीले पितृहरुलाई गरेको धर्मनिष्ठ उनीहरूले सुन्दछन् । वर्षमा दुई पल्ट उभौली र उधौलीमा पितृ पूजा गर्नु उपयुक्त हुन्छ ।
(ङ)     पवित्र वस्तु र स्थलहरूको रक्षा गर्नु – किरात धर्म अनुयायीहरू घरभित्र चुला वा घर भित्रको एक निश्चित ठाउँलाई पवित्र स्थल मान्दछन् । आगोलाई सूर्य शक्तिको रुप मानिने हुनाले मुन्दुम अनुसार आगोलाई खुट्टाले हान्नु, थुक्नु, दिसा – पिसाब गर्नु हुँदैन । आगो जहीँहोस् बालेको बखत नमस्कार गर्नु पर्दछ । त्यस्तै पानीमा दिसा, पिसाब गर्नु, थुक्नु, जुठो फोहोर गर्नु, पाप मानिन्छ । 
 (च)     स्वधर्मको पालना गर्नु । स्वधर्म त्याग गरे भतुवा भइन्छ, इज्जत रहँदैन र पराइ भइन्छ भनी मुन्दुममा भनिएको छ ।
 (छ)     जीवनको केहि समय मानव कल्याण कार्य, जीवन दर्शनको अध्ययन, अनुसन्धान र मानव समुदायबीच
    भातृत्व एवं प्रेम बढाउने कार्य गरे पारुहाङ–सुम्निमाको आर्शिवाद प्राप्त हुन्छ ।
परिशिष्ट–२






परिशिष्ट –३
क, पारुहाङ् र नायमको किंबदन्ती
    संयोगले एक दिन पारु –आकाश, वायु ) र रिमेम ( धरती , खादिम ) एक आपसमा जोडिएछ जसवाट “नायम” नामकी कन्याको जन्म भयो । नायम जन्म हुंदा संसारमा ठूलो हलचल पैदा भएको थियो भनी पुर्खाहरु वताउंछन ।
     नायम आज भन्दै भोली भन्दै जवानी हुन थालिन । उनमा शौन्दर्यता वेजोड थियो । निश्चय नै वैंश आएपछि शरिर र विचारमा परिवर्तन आउछ । नायम यसका अपवाद थिएनन ।  तसर्थ नायमले सृष्टि खोज्न शुरु गरिन । यसर्थ उनले म कसरी जन्म भएं भनि यसप्रति गहिरो जिज्ञासा राखी आफ्नी मातासंग सोधिन । रिमेमले  पनि सत्य कुरा वताइ दिइन –“वायुलाई वोलाई गर्भस्थानमा प्रवेश गराएपछि तिमीलाई जन्माएकी हुं ।”  परम माताको कुरा वुझेपछि नायमले पनि गर्भधारण गर्ने विचार गरी वायुलाई वोलाईन । यो कुरा रिमेमले तुरुन्त थाहा पाई –“ वायुृत तिम्रो परम पिता हो , त्यसैले गर्भधारण गर्न योग्य हुदैन ” भनी जोगाई दिइन । अनी शुक्र चाहिं तिम्रो तपु (पति) हुन योग्य हुनेछ उनैलाई डाक भनी सल्लाह दिइन ।
     परम माताको कुरा मनन गरी  नायमले वायुलाई विदा दिइन र शुक्रलाई कसरी पाउन सकिन्छ भनी पुनः मातालाई सोधनी गर्दा “उनलाई निमन्त्रण गर्नु पर्छ अनी मात्र आउनेछ” भनी सल्लाह दिइन । माताको सल्लाह वमोजिम नायमले शुक्रलाई निमन्त्रणा गर्न “तुगी” नामको एउटा चरा पठाइन । स्मरण रहोस यो चरा अहिले पनि कराउदै आकाशतिर ठाडो मुण्टो पारेर हानिदै माथितिर उडदछ । यो देखेर दुमी राईहरु नायमको कथालाई एकपटक मुटुभरी संझन्छन । नायमले शुक्रलाई निमन्त्रणा गर्न यसरी तुगी चरा पठाएको हुनाले आजकल पनि किरात राईहरुको  विहेवारीमा वेहुला र वेहुलीको घरवाट दुई –दुई जना कलिया –चिम्चो) नारेर जो चाहिने सवै कुराहरु आपसमा लेनदेन गर्दछन ।
       अव यता तुगी चरालाई पठाएपछि नायम चाहिं के खवर आउला भनी पर्खेर वसिन । तुगी उडदै–उडदै पुग्नु पर्ने ठाउंमा पुग्यो । तर अपशोस त्यत्तिखेर शुक्र अस्ताएर  त्यसठाउमा वृहस्पति आई वसेका रहेछन ।  तुगीले आफूले भेटन चाहेका शुक्रु यही होला भनी नायमको तर्फवाट गएको प्रतिनिधिको हैसिययले सारा कुरा वताइदिए ।
      वृहस्पतिले पनि तुगीको सवै कुरा सुनेपछि नायमसंग विवाह गर्ने इच्छा प्रकट गरी आफ्नो तर्फवाट कोशेलीहरु पठाईदिने तर्खर गर्न लागे । वृहस्पति तत्काल कला र शिपका पारखी थिए । तसर्थ प्रस्ताव स्वीकृतिको रुपमा नायमलाई आफ्नो तर्फवाट कोशेलीको रुपमा आफ्नै हातले निर्माण गरेको शीपहरु– मुचुङ्गा, मुचुङ्गा राख्ने खोल, विनायो,  काईयो , ठकेर्ना र  कुची कोसेलीको रुपमा तुगीको  हातमा पठाई दिईन् ।
     वृहस्पतिले पठाएको कोसेलीहरु देखेर नायम अत्यन्त खुसी भइन । वुट्टा भरेको कोसेली त  यत्ति राम्रो छ भने यो वनाउने  निर्माता झन कत्ति राम्रो शुन्दर होला भन्ने कल्ःपनामा उनी विव्हल भइन । तसर्थ आफ्नी माता रिमेमसंग हुनेवाला पति वृहस्पलिाई छिट्टो भन्दा छिट्टो भेट्ने इच्छा प्रकट गरिन ।
     नयम तुरुन्त वृहस्पतिकहॉं पुगिन । त्यहॉ वृहस्पतिले आफू कोरकुष्टिको रोगले डल्लाएको  स्वरुपमा  प्रकट भए ।  यो उनको  सामान्य छल मात्र थियो । नायमले जति मात्रमा एक  शुन्दर पुरुषको कल्पना  हदपयमा कोरेकाी थिइन  त्यस्तो नपाएकीले  उनी अत्यन्त अतृप्त भइ विवाहको प्रस्ताव समेत अस्वीकार गरी फर्किइन ।
     नायमले यसरी आफूलाई घृणा र अपमान  गरेको  पाएर वृहस्पति पनि खुव रिसाउन पुगे । तसर्थ उनी तुरुन्तै निनाम (घाम) को रुपमा प्रकट भई आफ्नो ताप शक्तिले पृथ्वीको सारा खालानाला, जल र जलकुण्डहरु  सुकाइदिए । पृथ्वी अत्यन्त सुुख्खा भयो । त्यसपछि उनले कूनै एक रुखको टोढकामा पिसाव गरी राखेछन । यसलाई कसैले लघुसंका गरेको पनि भनेका छन । सारा पृथ्वी सुख्खा भएपछि नायम प्यासले छटपटाउन थालिन । पानी कतै पनि पाइएन । हुदां हुंदा नायम वेहोस भएर लडीरहेको अवस्थामा संयोगवश एक “कोकले” नामको  चराले रुखको टोडकामा पानी देखी “कङ्कुप” “कङ्कुप” (पानीको कुवा ) भनी कराई सोही टोढकावाट चुच्चो र पुच्छरले पानी ल्याउदै नायमको शिर पाउमा छर्कि दिदा केही शित्तल भई मेरो विधाता को रहेछ भनी  नायमले आंखा खोलीन । यत्ति नै खेर कोकले चराले आफ्नो चुच्चाले नायमको मुखमा सोही जल राखी दिए । उक्त जल खाएपछि पिएपछि नायम तुरुन्त तन्दुरुस्ती भइन ।
                           ×××                             ×××                             ×××
     समय वित्तै गयो । नायमको शरिर दिनदिनै भारी हुन थाल्यो । कङ्कुपको जल पिई आफू mू गर्भवती भएको  कुरा ज्ञान नै भएन  । तसर्थ काहां के भयो भनी विभिन्न अनुमान  लगाउदा पनि वास्तविक कुरा खुल्न आएकमन । यसले गर्दा  नायमाको वारेमा रविेमले धेरै चिन्ता लिन थालिन । रहस्य के रहेछ भनी  रिवेम धामी  खोज्न  साम्फेलु  ( चिलिमढुङ्गा), र यारीलु ( साल्पाको सुलीचुप पर्वत )  पुगिन । त्याहां एक “कुवीमवो” (कल्चुंडा चरा) मुदुम वाचन गर्दै वसीरहेका थिए । त्यस मुदुम वाचनमा – ”संसारमा  अवउसो धेरै जीहहरुको उत्पत्ति हुनेछ“ भन्ने भविष्वाणी  गरीरहेको  कुरा रिमेमले थाहा पाइन ।  उत्तिखेर उक्त कुवीमवो ठूलो जान्ने धामी  तथा भविष्याद्रष्टा थियो भनी पुर्खाहरु वताउछन । त्यसैले अहिले पनि  कल्चुडा चरालाई एक कुवीधामीको प्रतीकको रुपमा दुमी किरात राईहरु लिन्छन । नायम जुन इच्छाले त्याहा पुगेकी थिइन वास्तवमा आफूले खोजेको धामी यहीनै हो भनी  कुवीमवोलाई  नायमको वारेमा सारा कुरा वताई यारीचुरी (हेरकोर तथा जोखना हेर्ने काम) गर्न लगाइन ।
         कुवीमवोले यारीचुरी गरिसकेपछि रिमेमलाई भनै –“ यदि तिम्रो मान दुख्तैन भने    म सत्यकुरा कहन्छु नत्र भने कहदिन ।” रिमेमले मन नदुखाउने वाचा गरेपछि  कुवीमवोले भन्यो– “ अव तिम्रो  छोरी नायमको गर्भवाट  दुनीय संसार  झार जङ्गल, वाघ, भालु, वानर, मनुष्य जन्मनेछ । ”
      रिमेमले यही कुरा लिएर आई आफ्नी छोरी नायमलाई जस्ताको तस्कमतै सुनाइ दिइन ।  आफू यस्तो अपहत्य  परेको वेला नानाभातीका कुरा गरेर मलाई अपमान गर्नै भनी  नायमले कुवीमवोलाई श्राप गरिन । उक्त श्राप गएर कुवीमवोलाई छुन खोज्यो । श्राप आएको देखेर कुवीमवो यारीलुवाट भाग्दै तलतिर झर्न लाग्यो । कुवीमवो लुक्नको लागि वालुवा भित्र प्रवेश गर्न  चुच्चो र खुट्टा डुवाउंदै थियोै यत्ति नै खेर श्राप आई कुवीमवोलाई छोइहाल्यो । श्रापले छोएपछि सुनौलो कुवीमवो –कल्चुडा) कालो भयो । अनी चुच्चो र खुट्टो मात्र जमिनमा धस्सिएकाले पहेंलो रहयो । यसर्थ आज पनि कुवीमवो (काल्चुडा) को रङ्  कालो  हुन्छ र चुच्चो र खुट्टी मात्र पहेलो  हुने कारण यही हो  भनी एक अनौठो मिथक दुमीकिरात राईहरुमा रहेको पाइन्छ ।
      कल्चुडाको  भविष्यवाण्ीिलाई विश्वास नलिएपछि  रिमेम पुनः नायमको  समस्यालाई लिएर  तत्कालको दोस्रो जान्ने धामी  लाटकोसेरोकाहां विसाउन पुगिन । लाटकोसेरोले पनि सोही कुरालाई दोहो¥याएपछि रिमेमले पनि पुनः त्यही कुरा लिएर नायमलाई राखी दिइन । नायम लाटकोसेरोसंग  पनि रिसाएर  श्राप दिइन । फेरी लाटकोसेरोलाई श्राप लागेपछि उ पनि दिउंसो आखां नदेख्ने र आधावेस्रो भयो ।
      कुवीमवो र लाटकोसेरो  (डिल्ली पोप्पो)  दुवैको भविष्यवाणी सत्य सावित भयो । समय  पुराभएपछि  नायमको  गर्भवाट  क्रमशः पहिलो  सन्तान गङ्गेरी – कुकुरदाइनी), दास्रो सन्तान हुपेरी – गोपेवास), तेस्रो साखुरी ( रातो तामार्के ), चौथौ गुरी – वेत), पांचौ भररी – भर्ला), छैटौं चाप्चा – वाघ) , सातौं वर्पा ( भालु) , आठौं सशुपु – वानर) , नवौं ल्खीवा – कुकुर), र दशौं हचु – मानिस तथा नर ) को जन्म भयो । सवैभन्दा पछि जन्मने मानिस चाहिं  धनुकांढसंगै  जन्मेको थियो ।  त्यसैले  उ सवैभन्दा शत्तिशाली थियो । उपरोक्त जीवहरुको जन्म पश्चात पनि संसारमा कैंयौ जीवहरुको ं उपजन्महरु भए । त्यसको कुनै लेखाजोेखा छैन । तर  नायम नै प्रथम स्रष्टा थिइन जसले संसारका अनेकौं जीवहरुको महामाता वन्ने सौभाग्य प्राप्त गरिन ।  यसरी हेर्दा  विश्वमा प्रथम राज्यसत्ता मातावाट प्रारम्भ  भएकोृ हो भन्ने कुरा किरातहरुको  मिथकले पनि  शिद्ध गर्दछ ।
     नायम संसारका अनेकौं जीवहरुको प्रथम महामाता  वन्ने सौभाग्य पाएपछि उनी आफ्नो  मातृत्वमा वालवचाहरुलाई लालनपालन गरी हुर्काइ वढाई गर्न लागिन ।समय वित्तै गइरहेको थियो ।  नरसंग धनुकाढ भएकाले उसको हैकम निकै चल्थ्यो । तसर्थ वाललच्चाहरु आपस्तमा झगडा भई केही भइजालाकी भनी नायमले  अन्य वालवच्चाहरुलाई “यो नर हो यसको धनुकॉड छ यसलाई नजिस्क्याउनु  नत्र मार्छ ” भनी सतर्क गराउदै रहन्थे ।
        समय वित्तै गयो । वालवच्चाहरु हुर्की बढी समारात  भए । वाघ , भालु, नर मिलेर वन जङ्गलको,  रमण  गरी शिकार गर्नु खानु दिनचर्या  वन्दै गयो । यस्तैमा एकदिन  वाघ र मानिस स‘गस‘गै  शिकार खेल्न गएछन ।  जङ्गल पुुगेपछि  आफू आफूले मारेकोक शिकार एकै  ठाउ‘मा ल्याई स‘गस‘गै वसेर खाने सर्त गरी आ–आफ्नो वाटो लागे ।  संयोगवश त्यसदिन वाघले कुनै शिकार मार्न नसकेकाले रित्तै हात फक्र्यो । तर यता नरले  भने गतिलो शिकार लिई आयो । पूर्व सर्त अनुसार शिकार वॉडचु‘ड गरी खाए  र घरमा समेत कोशेली लिएर गए । त्यस्तै अर्को दिन पनि वाघ र नर स‘गस‘गै शिकारमा निस्के र जङ्गल पुगेपछि पूर्व सर्तअनुुसार आ–आफ्नो वाटो लागे । त्यस दिन पनि वाघले कुनै शिकार नलिइ आयो । तर नरले चाहि शिकार लिएर आएको हुनाले  सोही  शिकार वाडीचुडी खाए । यस्तै हुदैहुदै केही दिन वित्यो । एकदिन फेरी उनीहरु शिकारमा निस्के । पूर्व सर्त अनसार उनीहरु जङ्गलमातर नरले चाहिं आफ्नो दाज्यू वाघ कत्तिको दयालु रहेछ भनी परिक्षण गर्न आफ्नै लुगाले वेरेर आफ्नै पुत्ला वनाई आफू चाहि  मास्तिर लुकेर वस्यो । वाघ सदा झैं नरले शिकार मारेर ल्याई हाल्छ किन दुःख गर्ने भनी दिनभरी सुतेर वेलुकी भोकाउ‘दै फक्र्यो । फर्कदा त नर पनि विना शिकार त्यसै  ठिङ्ग उभिएर पर्खीरहेकोदेखेर रिसले चुर भएर यही हो आजको मेरो शिकार भनी एकैफाकमा त्यस पुत्लामाथि  झम्टी लुछ्लाछ पार्न थाल्यो । दाज्यू भनाउदो वाघको दया म माथि यत्ति नै रहेछ भन्ने वुझी नरले पनि धनुकॉढको एकै तिरले वाघलाई वध ग¥यो । त्यसपछि नर त्यस दिन एकलै घर फक्र्यो । 
     सदा शिकारवाट स‘गै आउने दाज्यूभाई  आज किन नर मात्र एकलै आयो भनी नायमलाई खुलदुली लागी सोध्न थालिन । नरले पनि यथार्थ कुरा वताईदियो । आफ्नो सन्तानको माया सवैलाई हुने भएकाले नायम रुदै कराउ‘दै वाघ मारिएको ठाउ‘मा पुगिन । मरेको वाघलाई नायमले डोकोमा वोकेर  ल्याइन र अलाप विलाप गर्दै मुदुम गाउन थालिन । मुदुम शक्तिले वाघ जीवित अवस्थामा फक्र्यो । पुरा होस फर्केपछि वाघ डोकैस‘ग हाम फालेर भाग्यो । त्यसदिन देखि वाघ जङ्गल पस्यो र कहिल्यै घर फर्केर आएन । आजकल टाटेपाटे वाघहरु हुनको कारण त्यही डोकाको प्वालहरु हुन भन्ने किवदन्ति दुमी किरात राईहरुमा रहेके पाइन्छ ।
     त्यस्तै एकदिन नायमले वर्पा (भालु) लाई आफ्नै टाउकोमा जुम्रा हेर्न लगाइन  । भालुले पनि जत्ति पाउ‘छ त्यत्ति टिप्तै टोक्न थाल्यो । हुंदाहुंदा भालुको मनमा यस्तो कल्पना आउन थाल्योकि जुम्रा त यत्ति मिठो छ भने नायम झन कत्ति मीठौ होलिन ! उसले तुरुन्त आफ्नी आमालाई मा¥यो र खपाखप खान थाल्यो । त्यत्ति नै वेला नर शिकारवाट आईपुग्यौ र आमा“ खोई भनी ”  भालुलाई सोध्न थाल्यो । भालु भने हॉस्न थाल्यो । हॉस्दा मुखमा आमाको केश देखेर भालुलाई  नरले यस्तरी पिटयोकि भालुको गिदी नै उछिटिएर गयो । भालु खाल्सै खोल्सा भाग्दै  जॉदा एउटा पाहा – भ्यागुता जातको एक एम्फिविया भेट्टाएकाले त्यसैको गिदी झिकेर लगायो । त्यसो भएको हुनाले  भालुको दिमाग लाटो र पाहाको गिदी हुदैन भन्ने मिथक पनि दुमीकिरात राईहरुमा रहेको पाइन्छ ।
     नायमको अर्को सन्तान  शसुपु  वानर  हो । उ सवैभन्दा अल्छे र  परजीवी  थियो । तसर्थ काम गर्न जॉदा कोदालीको बिडमा अडेश लगाई वस्तथ्यो । यसले गर्दा उ एकदिन भिरवाट लडेर म¥यो । आजकलको वानरको पुच्छर त्यही कोदालोकोको विढको प्रतीक हो भनी अर्को मिथक आम दुमीकिरात राईहरुमा रहेको पाइकमन्छ । नरले सवै वाघ, भालु सवैलई  तह लगाई अन्त्यमा  कुकुरलाई चाहि साथै लिई  वसेकाले कुकुर आज पनि मानवको अभिन्न साथी भएको हो  भन्ने भनाई पनि रशेको पाइन्छ ।
 किरात राईका थर सामे र पाछाहरु -
सामे वा सामेइ भन्नाले रक्त समूह र पाछा भन्नाले उप समूह भनेर बुझ्न जरुरी छ । यस रुपमा आदिवासी किरात राईहरुको थर र पाछाहरुको विकास ययार्थपरक छ । पारुहाङ् र सुम्निमाको सन्तानको रुपमा संसारभर फैलिएर रहेको किरातहरुको एक अभिन्न शाखाको रुपमा फैलिएर रहेको किरात राईहरु जातको रुपमा एउटै भए पनि थर सामे र पाछा विभिन्न रहेको पाइन्छ । किरात राई यायोक्खाको अध्ययनले किरात राईहरुको जम्मा २८ थरीका राई र २८ सै थरीका भाषा रहेकोमा हाल जीवित रुपमा रहेको जम्मा २७ थरीका २६ नै भाषाहरु रहेको निम्न विवरणात्मक तथ्याङ्घ प्रस्तुत गरेको छ ।

१. आठपहरे
२. कुलुङ
३. कोयु
४. खालिङ
५. चामलिङ
६.छिन्ताङ
७. छुलुङ
८. छिलिङ/छ्युलुङ
९.जेरङ
१०.तिलुङ
११. थुलुङ
१२. दुङमाली
१३. दुमी
१४. नाछिरिङ
१५. फाङ्दुवाली÷पाङतुवाली
१६. पुमा
१७.बान्तावा
१८. बाहिङ
१९. बुङ्लावा/साम
२०. बेल्हारे ।
२१. मुगाली
२२. मेवाहाङ
२३. लिङखिम
२४. लोहरुङ
२५. वाम्बुले
२६. याम्फू
२७. साम्पाङ्ग
२८. सोताङ
२९. चुक्वा/पोहिङ हाल लोप
भैसकेको

उपरोक्त २८।२९ थरिका किरात राईहरुःलाई जनाउने शब्दहरुलाई थरको रुपमा लिइन्छ र हरेक थरीको आफ्नो सामे पाछाहरु रहेका छन । सामे भन्नाले किरात राईहरुको प्राचीन परीचय गराउने शब्द जसमा उनीहरु कुन ठाउँबाट आएको र कसको सन्तान भन्ने अर्थलाई समेट्दछ । सामेबाट फुटेर पाछाको रुपमा हांगािवंगाभई फैलिएको पाइन्छ । किरात राईहरुको विभिन्न थर हुने भएकाले अहिले पनि नचिनेको तर राई जस्तै मानिस देखिएमा 'तपाई राई हुनुहुन्छ' भनेर परिचय पाइसकेपछि पुनः 'कुन थरीका राई हुनुहुन्छ' भनेर सोधिन्छ । त्यसपछि यदि आफ्नै थरीको रहेछ भने 'कुन पाछा 'भनेर सोधिन्छ । यदि पाछाबाट उनको परिचय स्पष्ट नभएमा पुनः सामेबाट पाछा पत्ता लगाउने काम गरिन्छ । यत्तिमात्र होइन यसको प्रयोग विबाह कुल पित्रपूजा नयाँ अन्नबालीपूजा गर्दा समेत हुन्छ । तसर्थ किरात राईहरुलाई चिन्ने एउटा सर्वमान्य पद्धति भनेको उसको जात थर सामे र पाछा हो भन्ने जान्नु पर्दछ । हाल यी राईहरुको थरहरुमध्ये सबभन्दा बढी पाछा चाम्लिङ राईहरुको पाइन्छ । किरात राईहरुको संस्कार र संस्कृतिअनुसार सामे र पाछाहरु रहेका छन् ।

किराँत राई साकेला एक परिचय

ऐतिहासिक पृष्ठ भुमि
एसका किम्वदन्तीहरु धेरै छन् त्यस मध्यबाट एउटा उदाहरण प्रस्तुत गर्न यहाँ सान्दर्विक ठानेको छु | तोयामा खियामा र हेछाकुप्पाको तर्फबाट मात्र साकेला उत्पतिको सानो भाग |

xxxxxxxxxxxxxxxxxxxxxxxx
साभार आफ्नै गाउँमा आँफैले देखे सुने जानेको

धन्यवाद
जय किराँत राई

श्रोत :हँ छाबुङ चाम्लिंग किराँत Tikadhan Rai
संयुक्त अधिराज्य वेलायत (खोटांग दिक्तेल)
मुन्धुमको अर्थ र परिभाषा

मुन्धुमको अर्थ र परिभाषा
राधा राई
11111111111111111111
मुन्धुम बाचनमा साङ्गिितक महत्व
किरातीहरुको सामाजिक धार्मीक संस्कार आदि परम्परागत मौलिक कर्मकाण्डीयको अनुष्ठान नै मुन्धुम हो । मुन्धुमको आˆनोछुÝै मौलिक विशेषताहरु रहेको छ । मुन्धुम अहिले सम्म अनुश्रुतिमा नै बाचेको कुरा अगाडि नै अवगत गराइसकेको छु , जुन अहिले सम्म लिखित रुपमा आउन सकेको छैन । यसैगरी मुन्धुम फलाकदा हरेक मुन्धुमी शब्दहरु लयात्मक रहेको छ । यसको साथै लयात्मक मात्र होइन कि अन्य बाजा हरु पनि प्रयोग गर्ने गरीन्छ । किरातीहरु अन्य धर्मालम्बिहरु जस्तै संस्कृतीमा पनि निकै धनी नै देखिन्छ । मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्म विभिन्न प्रकारको कर्मकाण्डहरु गर्नु जरुरी हुन्छ भने अर्कोतिर विभिन्न चाडपर्वहरु पनि छुÝै प्रकारले मनाउदै आएको पाईन्छ । मुन्धुममा भने बमोजिम आफु भन्दा ठुलालाई आदर सम्मान गर्नु भनीएको हुदा केहि शुभकार्य वा नया काम शुरु गर्नु अघि ठुलाबाट आशिर्वाद लिने गरेको पाइन्छ र हरेक कर्म गर्दा पुर्खा वा नाक्छो द्धारा नै मुन्धुम फलाकिने गरिन्छ । मुन्धुम फलाक्दा के संगीतमय हुन जरुरी छ त ? मुन्धुमी शब्दलाई मात्र बोल्दा हुन्छ कि हुदैन ? भन्ने बिषयमाथि खोज अनुसन्धान गर्दा विभिन्न नाक्छो या पुर्खाहरुको भनाइमा मुन्धुम बाचनमा संगीतमय हुनु नै यसको मुख्य विशेषता रहेको कुरा जानकारी दिईएको पाईन्छ । किरातीहरुको विभिन्न संस्कार संस्कृतीले गर्दा नाक्छोको आˆनो शक्तीको गुरुसंग बल माग्ने कार्य गरेको हुन्छ । विभिन्न ठाउामा &
किरात राई जातिको सामाजिक संस्कार
किरात राई जातिको सामाजिक संस्कार
कला कोयू
१. परिचय
१.१ राई किारात
किारातहरुको उत्तपति र मुलथलोको बारे हिमालयको दक्ष्ण्िापुर्व क्षेत्रका बासिन्दा हुन् वा बाहिरबाट आएका हुन् भन्नेमा एकमत छैन । श्रेष्ठ -२०५२) मा उल्लेख गरिएको इमानसिङ चेम्जोङको १९६७ को लेखाइ अनुसार 'किारात' शब्द 'किरिआत', 'किरयात' शब्दबाट अपभ्रंश भएर भएको भन्नेछ जस्को भूमध्यसागरिय क्षेत्रको मोआवाइट भाषामा 'किल्ला' भन्ने बुझिन्छ, जस्ले धेरै किल्लाहरु निमार्ण गरेर बसोबास गरे । यसै पुस्तकमा प्राचिन गि्रकहरुले पनि किारात जातिसगा परिचित भएको, मुल थलो पहिलेबाट नै हिमालयको दक्ष्ण्िापुर्व क्षेत्र भएको, द्रापरयुग नेपाल आएर राज्य गर्न थालेको जस्ता विभिन्न खोजकर्ताहरुको कुरा उल्लेख छ । तर किारात इतिहास हिन्दु ग्रन्थ माहाभारत देखि काठमाण्डौ उपत्यकामा सयौं वर्ष राज्य गरेको, मल्ल राजासगा हारेर उपत्यबाट पुर्वि भागमा गइ राज्य गरेको र पछि पृथ्विनारायण शाहले नेपाल एकिकरणको बेला नेपालभित्र गाभेको कुरा स्थापित भै सकेको छ -चेम्जोङ २००३, श्रेष्ठ २०५२, म्यक डुगल्स १९७९) ।

किारात राई जातिहरुको मुख्य बसोबास नेपालको पुर्वी पहाडहरुमा छ -सिविएस २००३) । राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान -२००६) को सुचना अनुसार राई जतिको जनसंख्या ६३५, १५१ रहेको छ र पचहत्तरै जिल्लामा बसोबास रहेको तथ्याङ छ । तर त्यही सुचना अनुसार राईहरुको बडी जनधन्त्व भएको जिल्लाहरु ख्ोटाङ -सबै भन्दा धेरै) इलाम र भोजपुर रहेको छ र त्यस पछाडी धनकुटा, उदयपुर, सुनसरी र मोरङ पर्दछ । यसरी नेपालको पुर्वी पहाडलाई किारात प्रदेशको रुपका निकै चर्चा गरिन्छ जुन वल्लो किराता - सुनकोशी नदीबाट लिखु नदीसम्म, माझ किराता - लिखु नदिबाट अरुण नदिसम्म र पल्लो किराता - अरुण नदिबाट पुर्वी जिल्लाको सिमाना समाप्त हुने सम्म, गरेर तिन भाग मिलेर बनेको छ -म्यक डुगल्स १९७९) । समग्रमा राई जातिहरु नेपालको पुर्वी पहाडी-तराई जिल्लाका मुख्य जाति हो जो नेपालको सबै जिल्लामा बसोबास गरेको पाइन्छ । तर यो जाति नेपालको सिमाना भित्र मात्र नभएर भारतको दार्जिलिङ, सिक्किम, आसाम र भुटानका भु-भाग सम्म रहेको पाइन्छ -ऐजन) ।
१.२ कोयी/कोयू राई
समग्र राई किारातहरुको जनसंख्यालाई हेर्दा पुरा नेपालको जनसंख्याको २.२ प्रतिशत हिस्सा ओगटेको पाइएको छ भने यो जाति नवौं स्थानमा पर्दछ -सिविएस २००१) । तर सम्पुर्ण राईहरुलाई एउटै जाति भित्र राख्न मिल्दैन किनभने राई जाति भित्र विभिन्न उप-जात छन् जस्को आˆनै भाषा र छुट्टै परम्परा छ ।
त्यसैले राई जातिहरु भित्रको भाषिक उप-समुहलाई पनि छुट्यउन पर्ने हुन्छ । सबै भन्दा धेरै राई जनसंख्याले बोल्ने भाषा बान्तवा भाषा भोजपुर, ईलाममा पाइन्छ, त्यस पछि चामलिङ भाषा बोल्नेहरु खोटाङ, उदयपुरमा पाइन्छ -ऐजन) । यसै गरि कोयी/कोयू राई जाति किारात राई अन्तरगत पर्ने एक भाषिक समुह हो । केयी/कोयू राई समाज -२०६८) ले ग्राइम्सलाई उधि्रत गरेर कोयी/कोयूहरुले बोल्ने भाषा चिनियाा-तिब्बती परिवारको तिब्बती-वर्मेली उप-परिवार अन्तरगत पच्छिमी-सीमान्त उत्तरी भेगमा बोलिने भाषामा पर्दछ भनिएको छ ।
सिविएस -२००१) ले नेपालमा कोयी/कोयू भाषा बोल्नेहरु जम्मा २,६४१ रहेको देखाएको छ भने यो भाषा बोल्नेहरु सुदुर पश्चिमको दार्चुला, कैलाली, कंचनपुर बाट मुस्ताङ, बागलुङ, तनहु, रसुवा, काठमाण्डौं, संखुवासभा, खोटाङ, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा पाइएको छ ।
कोयी/कोयू राई जातिको मुख्य थलो खोटाङ जिल्लाको सुङदेल, दिप्सुङ र सप्तेश्रवर गाविस -कोयू २०६०) भनेर भनिएता पनि यो जातिको बाक्लो उपस्थिती भोजपुर जिल्लाको छिनामाखू गाविस र वरपरका गाउाहरु, पााचथरको रवी गाविस र आसपास धनकुटा जिल्लको राजारानी, उदयपुर, धरान, मोरङ, झापा र काठमाण्डौमा पनि रहेको छ -केयी/कोयू राई समाज २०६८) । यस कोयी/कोयू राई विभिन्न समयमा विभिन्न ठाउामा रहदा-बस्दा उनिहरुको मौलिक संस्कारमा बदलाव आएकोछ, बोल्ने भाषामा पनि फरक भएको छ । यो बदलाव कोयी/कोयू राई जातिहरु आफुलाई चिनाउने नाममा पनि फरक छ, तारामणी राई -२००९) का अनुसार भोजपुरमा कोयू भन्दछन्, खोटाङमा कोयी भन्दछन् भने उदयपुरमा कोई वा कोइमी भन्दछन् । यसरी शब्दमा फरक सगैा उनिहरुले मान्दै आएका परम्परा र बोल्ने भाषामा पनि फरक रहिआएको छ । यस्तो फरक भने खोटाङ बाहेक जुन ठाउामा जुन जातिको बाहुल्यता छ, त्यसैको प्रभाव परेको दिेखिन्छ । भोजपुरको छिनामाखू, रिमचिम र अन्नपूर्ण गाविसमा वान्तवा भाषा बोल्दछन् र वान्तावाकै संस्कार अवलम्वन गरेको पाइन्छ तर उदयपुर बाास्वोटेकाहरु चाम्लिङ भाषा र संस्कार अपनाएको पाइन्छ -केयी/कोयू राई समाज २०६८) ।
लामो बहस चलेको भएता पनि एउटै नामाकरण गर्न नसकेको प्रमाण कोयी/कोयू राई समाज रहेकोबाट प्रष्टिन्छ । एक समुहका अनुसार कोयी शब्द सहि भन्ने तर्क सार्दछन् किनभने खोटाङ जहाा आफुहरुलाई कोयीहरु भन्दछन्, उनिहरु मात्र कोयी भाषा बोल्दछन् र कोयी संस्कार अपनाइ रहेका छन् । तर भिन्न रहदा रहदै पनि यो भाषा छिमेकी दुमी राई भाषा र खालिङ राई भाषासगा नजिक रहेको भनिन्छ -ऐजन) । यस्तै अर्को समुह कोयूनै सहि हो किनभने कोयीे शब्द भोजपुरबाटै धेरै पछि कोयू शब्दबाटै नामाकरण भएको भन्ने तर्क गर्दछन् । उनिहरुका अनुसार कोयू शब्द 'कोक्कान लुच्चायु' बाट आएको हो जस्को अर्थ चलाखको सन्तान भनेर बुझिन्छ र पछि गएर यो सन्तानको थर रहन पुगेको हो । कोयी/कोयू राई जातिहरु भित्र पनि अहिले सम्म आठवटा पाछा भेटिएका छन् । खोटाङको सुङदेलमा मुन्चुपा, धिरुल र हदुकु, दिप्सुङमा तेलिमे र सफाफा र छिनामाखूमा नापाछा, राईपाछा र गौरुङपाछा छन् -कोयू २०६०) भने धनकुटा, रवी तिर राइपाछा रहेको पाइन्छ । जब जनसख्ंया बड्छ यो पाछा -हागां) हरु फरक बनाइन्छ । यसरी फरक बनाउन नक्छोले -धामी) पुर्खा मिलाएर छुट्याउछ र छुट्याउने विभिन्न कारणहरु हुन्छ । पहिला पुर्खाको बानी व्यवहार अनुसार पाछा फरक भएको थियो तर अहिले अन्तरजात विवाह गर्ने, संस्कारमा नभएको कार्य गर्नेहरु आदि कारणहरुलाई आधार बनाइन्छ, त्यसैले यसलाई शुद्घीकरण गर्ने पनि भनिन्छ ।
ठाउा र परिस्थिती अनुसार कोयी/कोयू राई जातिहरु आफुलाई परिमार्जन गर्दर्ै आएको भएता पनि कोयी/कोयू राईको आˆनै भाषा र संस्कार रहिआएको छ जुन खोटाङ जिल्लामा बसोबास गर्ने कोयी/कोयूहरु र उनिहरुले बोल्ने भाषालाई मान्न उपयुत्त रहन्छ । कोयी/कोयूहरु पनि अन्य किारात जतिहरु ज्स्तै मुन्धुमलाई जिवन पद्घतीमा अागालेका छन् । राई किारातहरुको मुन्धुम मौखिक ज्ञान हो, पुर्खाबाट सिकेर ल्याएको जिवन जिउने तरिका हो -ग्यंजेलले २००२) कोयी/कोयूहरु पनि यही मुन्धुम शक्तिद्वारा आˆनो जिवनका सामाजिक-सास्ंकृतिक पक्षहरुलाई अपनाउदै आइरहेका छन् ।
२. जन्म-मृत्यु संस्कार
अधिल्लो अध्ययमा चर्चा गरे अनुसार सम्पुर्ण किारातहरु मुन्धुम अनुशासनबाट परिचालित छन् । त्यस्तै कोयी/कोयू राई जातिहरु पनि यही मौखिक मुन्धुमलाई आˆनो वेद मानेर सम्पुर्ण कार्यविधी सम्पन्न गर्दछन् ।
अन्य राईहरुको जस्तै कोयी/कोयू राईहरुको पनि सम्पुर्ण संस्कार आˆनो पुर्खालाई सम्झने-मान्ने त्यही पुर्खाहरुको व्यवहार-संस्कार, रीतिरिवाज पच्छ्याउने गर्दछन् । फणिन्द्र कोयूका अनुसार कोयी/कोयूहरुको परिचय भनेको सोदेल-सोनिता रुरम्द-रुप्पादले दिन्छ । अर्थात कोयी/कोयूहरु सोदेलको बाटो सोनिताको सन्तान रुरम्द रुपाद रोएको वंशहरु । कोयी/कोयूहरुको मुन्धुमका कोयी अथवा कोयू शब्द उच्चारण हुदैन तर ब्यक्सुक्पा-ब्यक्सुक्मा, सोदेल-सोनिता भनेर पुर्खा उच्चारण हुन्छ । यसको मतलब मुन्धुममा कोयी/कोयूहरुको पुर्खा 'सामे' ब्यक्सुक्पा-ब्यक्सुक्मा हो र माइलाको बाटो समातेको कान्छा सोनिताको सन्तान भनेर रहिआएको छ ।
यही आदि पुर्खाहरु जो अर्को लोकमा बास गर्दछन् उनिहरुसगा संचार माध्यमको बाटो नै मुन्धुमको बाटो भन्ने बुझिन्छ । अर्को संसारमा रहेको पुर्खालाई मान्ने कोयी/कोयू राईहरुको जिवनभर र मृत्यु पश्चात पनि गरिने हरेक संस्कारहरु मुन्धुमलाई पच्छयाएर धामीले पुरा गर्दछ । त्यही कोयी/कोयू राई जातिहरुले मान्ने जन्म-मृत्यु संस्कारको यहाा चर्चा गरिएको छ । कोयी/कोयू राईहरुको जन्मेदेखि मृत्यु सम्मको संस्कारलाई सरल रुपमा चित्रण गर्न चार अध्यायमा बाडेर गर्न खोजिएकोछ,
१. बच्चा जन्मनु पुर्व र जन्म संस्कार
- महिला गर्भवति भएको बेलामा अपनाइने सावधानिहरु, विश्वासहरुदेखि लिएर बच्चा जन्मेर न्वारन गर्ने बेला सम्मको संस्कारलाई यो शिर्षकमा समेटिन्छ ।
२. बृद्घ िसंस्कार - बच्चाको न्वारन पछि, बच्चा जति बड्दै जान्छ त्यती मानव जातिमा प्रवेश गराइदै लगिने संस्कार अन्न खुवाउने, कपाल काट्ने, गुन्यु-चोला दिने रितीलाई यहाा उल्लेख गरिन्छ ।
३. विवाह संस्कार - बच्चा बालक हुदै सामाजिक प्राणी हुने क्रममा घर-परिवार बसाउने, नर-नाता जोड्ने, सन्तान बनाउने विवाह संस्कारलाई यहाा बयान गरिन्छ ।
४. मृत्यु संस्कार - मानव जिवनको कार्य समाप्त गरि मानव रुपलाई त्याग्ने र त्यस पश्चात गरिने रिवाजहरुलाई यो शिर्षकमा समेटिनेछ ।
कोयी/कोयूहरुमा पनि अन्य राईमा जस्तै रक्सी, जाडा, अदुवा र मर्चाको ठुलो महत्व छ । कोयी/कोयूहरुको जिवनभर कुनै पनि रितमा चोखो, पवित्र भनेर यही समानहरुको अनिवार्य प्रयोग हुन्छ । कोयी/कोयूहरुमा आमा सिकौरी -आमाको सिको गर्ने) चलन हुन्छ । मर्चा भनेको नागको छोरीले धर्तिमा ल्याइ आएको भन्ने कथन भएता पनि यो जङ्गलमा पाइने प्राकृतिक वस्तुाहरुबाट बनेको औषधी जस्तै हो जुन जङ्गलमा बसोबास गर्ने समयबाट सिकी ल्याएको ज्ञान मान्न सकिन्छ । त्यही मर्चाबाट जाडा, रक्सी बनाउने कला सिकिएको र त्यही कुलमा चडाउने गरिएको हो र पछि भएर रक्सी सगा मासुलाई साथ लगाइ जोडी बनाउने चलन चलेको हो । यहाा प्रस्तुत गरिएको संस्कार खोटाङको सुङ्देलमा मानिदै आएको कोयी/कोयूहरुको संस्कारलाई आधार मानिएको छ । यस्का प्रमुख श्रोत भनेको फणिन्द्र कोयू र अन्य प्रकाशित लेखहरु रहेको छ ।
३. बच्चा जन्मनु पुर्व र जन्म संस्कार
३.१ मुकुलुबी -गर्भावस्था)
कोयी/कोयू राईहरुमा महिलाहरुको रजस्वलालाई लिएर कुनै पनि काम-कार्जोहरु बार्ने अथवा अशुद्घ भएको भनेर छुट्टयाइदैन । यदी कसैले यस्तो अवस्थामा बार्ने गरेको भेटिएमा त्यो हिन्दुहरुसगा बसेको प्रभावको रुपमा मान्न सकिन्छ -फणिन्द्र कोयू, २०६८) । तर गर्भवस्थाको बेला गर्भवती महिला र उनको श्रीमान दुबैले निश्चित कार्यहरु नगर्नु भन्ने मान्यता छ । कुनै पनि जिव-जन्तु नर्माने, अरुलाई दुःख नदिने अथवा कुनै पनि किसिमका अपराधिक कार्य गर्न नहुने हुन्छ । यदि गरेमा सोहि प्रकारको दुःख आˆनो सन्तानमा आउने भन्ने विश्वास छ । जस्तै कुनै प्राणीको आखाा घोचेको छ भने, बच्चाको आखाामा दाग हुन्छ, सर्प मारेको छ भन बच्चा पनि सर्प जस्तै जिर्बो निकाल्ने हुन्छ भन्ने साचोा विश्वास गरिन्छ । यस्ता अपराधिक कार्य बाहेक मरेको मानिसलाई मट्ट िदिन पनि नहुनेमा पर्दछ । गर्भ भएको बेला मट्ट िदिएमा बच्चाको बोली रहन्छ भन्ने विश्वास गरिन्छ ।
३.२ थिन्मु -बच्चाको जन्म)
बच्चा जन्मिएको घरमा खुसी छाएता पनि न्वारन नगरे सम्म पितृ कार्य गरिदैन । पितृकार्य गर्दा रत्तपात हुने हुदा बच्चा जन्मिदा रत्तपात नहोस् भन्नका कारण यो छेकबार लगाइएको हुन्छ । तर अन्य दाजुभाइको घरमा यो रोकावट हुदैन । बच्चाको नाल काटेपछि त्यसलाई ढुाङग्रोमा हालेर आमाको दुध आवोस् भन्ने विस्वासका साथ दुधिलो चोप आउने रुखमा लगेर झुण्ड्याउने गरिन्छ । त्यसै समय एउटा कुखुराको नङले बच्चा र आमालाई कोरे जस्तो गरिन्छ । यस्लाई ममःफप्मु भनिन्छ । बच्चा पाउने बेला मरण भएको पिचास-सिहें आमालाई छोप्ने र ज्यान पनि लिन सक्छ भनेर ममःफप्मु गरिन्छ । यस्तै न्वारन, पास्नी, छेवर नगरि मरेका बच्चाहरु सिहें -मुन) बनी आएर बच्चालाई दुःख दिन्छ भनेर गरिन्छ । कुखुराको नङले यस्ता सिहेंलाई कोर्दा चोट लाग्छ कोरेर लागि खोलामा बगाइदिन्छ भन्ने विश्वास गरिन्छ ।
ममःफप्मु गरि सके पछि त्यही कुखुरालाई लौरोले हानेर मारिन्छ र पकाएर आमालाई खान दिइन्छ । यसरी बच्चा जन्मेको समयमा कोयी/कोयूहरुको घरमा बच्चा र सुत्केरी आमालाई पहिलो विधि गरेर स्नेहपुर्वक घर भित्रै राखिन्छ ता कि आमा र बच्चालाईृ न्यानो हुन मद्दत गर्दछ । राईहरुको चुला हुने ठाउाकै वरिपरि राखिन्छ तर सुत्केरीले चुला नछुनु भनिन्छ । चुला नछुनुको मतलब अपवित्र भएको नभएर त्यस समय सुत्केरी आमासगा खुन बगिरहेको हुने हुनाले चुलामा लाग्छ भनेर हो । कोयी/कोयू राईहरुको पितृ कार्य गर्दा बाहिरी स्थानमा रत्तपात गरिएता पनि पितृलाई रगत जडाइन्दैन त्यसै कारण खुनलाई बार्ने गरिन्छ ।
३.३ नमेए खक्का -न्वारन
कोयू राईहरुको बच्चाको न्वारान छोरा भए छ दिन र छोरीको भए पाचा दिनमा गरिन्छ । छोराहरु भन्दा छोरीहरु छिटो हुर्कन्छ, बड्छ भन्ने कारण छोराको भन्दा छोरीको छिटो न्वारन गरिन्छ र यही नियम अन्य कार्य गर्दा पनि लागु हुन्छ । न्वारनलाई विशेष गरेर कोयी/कोयूहरु बच्चालाई मानव रुप धारण गर्ने/गराउने एउटा खुड्किलोको रुपमा लिइन्छ । यति बेला सम्म बच्चा मान्छेको भेषमा आएको भनेर मानिदैन । उनिहरुको सातो -लु) सृष्टिीकर्ताकै साथमा छन् र विस्तारै मानवको साथमा धर्तीमा ल्याउनलाई न्वारन पहिलो कार्यको रुपमा मानिन्छ । न्वारनको दिनबाट रोकिएको पितृ कार्य पनि फुकाइन्छ । यो दिन बच्चालाई बोलाउने नाम पनि दिइन्छ । तर फणिन्द्र कोयूका अनुसार यो नाम बोलाउने मात्र हुन्छ, पितृहरुले बुझ्दैन भन्नुहुन्छ । पितृहरुले जेठो, माइलो आदिक्रमश....


1 comment: