धार्मिक स्थल लारुम्बा

इलाम जिल्लाको सदरमुकाम इलामबजारबाट १५ कोष दक्षिणमा झापा जिल्लासित सिमाना जोडिएको बाँझो गाउँ विकास समिति वडा
नं. ८ मा पर्ने लारुम्बा -माङसेबुङ्ग) किराँत धर्मावलम्बीहरूको चर्चितधार्मिकस्थल -माङहिम) को रूपमा रहेको छ । पूव पश्चिम राजमार्ग -महेन्द्र राजमार्ग) अर्न्तर्गत झापाको दमकबजारबाट फाल्गुनन्द मार्ग हुँदै रतुवाखोलाको बगरै बगर चारघण्टा उत्तरतर्फपैदल हिँडेपछि लारुम्बा पुग्न सकिन्छ । हिउँदको महिनामा भने दमक(रवि मोटरबाटोमा गुड्ने मोटरको सहयोगमा पनि त्यहाँ पुग्न सकिन्छ। विक्रम सम्वत् २०३५ सालदेखि माङहिमको रूपमा रहेको सो स्थल लाखौं किराँती धर्मावलम्बीहरूकोआस्थाको केन्द्रमा किराँत धर्म गुरु आत्मानन्द लिङ्देन र गुरुमापवित्राहाङमा साँबा लिङ्देनको आश्रम रहेको छ । सो स्थलमा हरेक वर्षकात्तिक २५, मङ्सिर १८ र माघ ५ गतेका दिनहरूमा विशेषतः नेपाल, भारत, भुटान, बर्मा लगायतका मुलुकहरूबाट लाखौंको सङ्ख्यामा किराँत धर्मावलम्बीहरू आउने गर्दछन् । ती दिनहरूमा किराँती परम्परा अनुसारका धार्मिक प्रवचन, अनुष्� ान, लगायत विभिन्नधार्मिक कार्यक्रमहरूको आयोजना गरिन्छ ।
धार्मिकस्थल लारुम्बा पुग्ने धर्मावलम्बीहरू त्यहाँ रहेको माङहिमहरूमा तन, मन, वचनले भक्ति गर्दछन् । बिहान उ� ेर स्नानगरी पवित्र भएर सेतो वस्त्र लगाई पूजाआजा गरिन्छ । फलाहारमात्र खाएर दिनभर पूजा आजा गरी १०८ दीप प्रज्ज्वलन गर्नाले चिताएको पुग्ने जनविश्वास रहिआएको छ । पवित्र सो स्थलमा मद्यपान, धूमपान, काटमार, अश्लील शब्दहरूको प्रयोग जस्ता कुराहरूलाई पर्ूण्ारूपमा निषेध गरिएको छ । त्यहाँ पूजाआजा गर्ने भक्तजनहरूले फूल नैवेद्य, वस्त्र, भेटी आदिको मात्र प्रयोग गर्दछन् । त्यहाँ रहेेको माङहिममा भगवान् शिव पार्वती विराजमान भएका छन् । वरिपरि पहाडले घेरिएको र तलतिर तर्राईकाहरियाफाँटहरूको दृश्यावलोकन समेत गर्न सकिने लारुम्बा धार्मिक दृष्टिमा जति महìवको छ, पर्यटकीय दृष्टिमा पनि उत्तिकै छ। इलामका पर्यटकीयस्थलहरू माङमालुङ्ग, मिक्लाजुङ्ग, रविबजार लगायतका स्थानहरू समेत लारुम्बा आसपासका पर्यटकीय स्थलहरू हुन् । ती पर्यटकीय स्थलमा आउने मानिसहरूलाई लारुम्बा महìवपर्ूण्ा स्थल बनेकोछ । लारुम्बालाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न सो स्थलमा पाँच किलोमिटर लामो माङसेबुङ्ग रिङरोडसमेत निर्माण गरिएको छ ।
किराँत हामसाङ्ग मूलोलुङ्ग माङहिम अर्न्तर्गत रहेको धार्मिकस्थल आजभोलि किराँत धर्मावलम्बीहरूको आश्रयस्थलको रूपमा रहेको छ ।
सो धार्मिकस्थलमा किराँतीहरूको धर्म, लिपि, मुन्धुम जस्ता विषयमापढाइसमेत हुने भएकोले कर्मकाण्ड पढ्ने विद्यार्थीहरू समेत यहाँ रहेका छन् । लारुम्बामा विकासको पर्ूवाधार तयार गर्न दमक(रवि, फाल्गुनन्द मार्ग व्यवस्थित गरी स्थानीय रतुवाखोलामा पक्की पुलको निर्माण गरी बाह्रैमहिना सवारी चलाउन पर्ने, लारुम्बा क्षेत्रमा भरपर्दो उपचार सेवा, विस्थापितलाई गाँस बासको समस्या,लगायत विद्यालय, शौचालय, खानेपानी जस्ता दैनिक जीवनमा आवश्यक पर्ने विषयवस्तुहरूको बारेमा श्री ५ यहाँ सवारी हुँदा विन्ति चढाएको फाल्गुनन्द स्मृति प्रतिष्� ानका अध्यक्ष चन्द्रकुमार शर्मा बताउनुहुन्छ ।
किराँत धर्म दर्शनदाता, विश्व शान्ति र मानवएकताका प्रतीक तथा बिसौं शताब्दीका महान् समाजसुधारक फाल्गुनन्द लिङ्देनद्वारा स्थापना गरिएको एक दर्जन माङहिमहरूमध्ये लारुम्बामा रहेको माङहिम धर्मगुरु आत्मानन्द लिङ्देनको आश्रम रहेका कारण बढी चर्चामा रहेको हो । सो स्थललाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आवश्यक पूवाधार तयार गर्नु जरुरी छ । पूवाधार अभावमा छट्पटाइरहेको लारुम्बालाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न राष्ट्रका विशिष्ट महानुभावहरूले पटक पटक लारुम्बा भ्रमण गरी प्रशस्त आश्वासनहरू दिँदै आए पनि � ोसरूपमा कार्यान्वयन नभएको स्थानीयवासीहरूको गुनासो छ । सो क्षेत्रको सही पहिचान गरी संरक्षण र विकास गर्न सके सो धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा समेत विकास गर्नसकिने छ ।

No comments:

Post a Comment