इलाममा किवीको फल विक्री सुरू

कार्तिक १८, इलाममा पाँच वर्षदेखि� खेती शुरु गरिएको किवीको फल विक्री सुरू भएको छ ।� इलाम सुलुबुङ्गका तारा खतिवडाले इलाम र झापाका बजारमा दैनिक ५० किलोको हाराहारीमा किवी फल विक्री सुरू भएको वताउनु भयो । इलाममा छ सय ७५ जना व्यवसायिक किवी खेती गर्ने किसान छन । स्वास्थ्यका लागि पौष्टिक फल मानिएको किवी बजारमा छ सय रुपैया“ प्रतिकिलोमा विक्री हुने गरेको छ । आठ सयदेखि तीन हजार मिटरसम्मको उचाईमा यसको खेती गर्न सकिन्छ ।� अहिले इलामका सुलुबुङ्ग, सुम्बेक लगायतका ३६ गाउ“ विकास समितिमा किवीको खेती विस्तार भइसकेको छ । विश्व खाद्य तथा कृषि संगठन (एफएओ) ले किवीलाई फलहरुको राजाको रूपमा मानेको छ । किवीको एउटा फलमा १७ स्याऊ, आठ केरा, चार कागती र दुई वटा सुन्तला वरावरको पौष्टिक तत्व पाइने किवी खेती गर्ने किसानहरु वताउँछन ।

No comments:

Post a Comment