साततले झरना

इलामको सोयाङ्ग र नाम्सालिङ्ग गा.वि.स. बीचको सोयाङ्गखोलामा पर्ने साततले झरना पर्यटकीयस्थल भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । नाम अनुसारको सातै तल्लामा विभाजित यो झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेपनि यसको उचित प्रचार-प्रसार नहुँदा ओझेलमा परेको हो ।एकतल्ला अर्कोतल्ला गर्दै सातै तल्लामा पलैपालो गरी पानी खसेको दृश्य यस झरनाको प्रमुख आकर्षण रहेको छ । 

No comments:

Post a Comment