ईलाम जिल्लाको नामाकरण:


हालको इलाम जिल्ला नेपाल एकिकरण हुनु भन्दा अगाडी लिम्बु र लेप्चा जातिहरूको राज्य थियो। त्यो बेला चारखोल थुम अन्तर्गत पर्दथ्यो । त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। लिम्बु भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भइ भएको मानिन्छ। जसमा "इ"को शाब्दिक अर्थ "घुमाउरो" र "लाम"को शाब्दिक अर्थ "बाटो" अर्थात इलामको अर्थ "घुमाउरो बाटो" हुन जान्छ। यस अर्थलाई पुष्टि गर्ने साँच्चै नै झापा देखि इलाम आउँदा धेरै घुमाउरो बाटो तय गर्नु पर्दछ। यसरी हेर्दा यस जिल्लाको नाम इलाम राखिनु उपयुक्त नै देखिन्छ। हाल समुन्नत ईलाम अनी यहाँको मेहनती मानिसहरुको ईलम पर्याय बनेको छ ।
जातिय स्वरुप:
नेपाल एकिकरण हुनु भन्दा अगाडी लिम्बु र लेप्चा जातिहरूको बहुल्यता थियो। "चार जात छत्तिस बर्नको फुलबारी" भन्ने प्रिथ्बी नारायण शाहको भनाइ त्यस पछीका सासक बर्गले भनाइ मा मात्रा सिमित पारीदिए, जस्को कारण यहाँका सोझा साझा प्राचिन आदिबाशी लिम्बु र लेप्चा जातीहरु माथी अन्याय अत्याचार गरे, उनिहरु त्यो अत्याचार सहन नसकी नजिकैको दार्जिलिङ र सिक्किम तिर पलायन भए। त्यस पछी यहाँ अन्य पश्चिमा नेपालबाट अन्य जातीहरु यहाँ आइ बसोबस गर्न थाले। त्यै भएर आज भोली यहाँ लिम्बु र लेप्चा जाती हरु अल्प संख्यकको रुपमा छन।
भौगोलिक अवस्था:
नेपालको वर्तमान प्रशासनिक विभाजन अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलका चार जिल्ला मध्यको एक पहाडी जिल्ला इलाम नेपालका पचहत्तर जिल्लामध्ये सबैभन्दा पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो। महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ। यहाँको चियाबारी, हरियाली, साना-ठूला नदी-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्त्व हुन। प्राकृतिक बरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला आर्थिकरूपले धनी मानिन्छ। साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला "पहाडकी रानी, नगदेबालीको खानी" जस्ता उपनामले चिनिन्छ। इलाम जिल्लालाई विभिन्न 'अ'को जिल्ला भनेर पनि चिनिन्छ। यसै क्रममा यसलाई हाल ८ 'अ'को जिल्ला भनेर चिनिन्छ। जसमा 'अ'को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ। पूर्व-पश्चिम राजमार्गको चारआलीबाट मेची राजमार्गमा ७८ किलोमिटरको दुरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ।

इलाम जिल्लाको क्षेत्रफल १७०३ वर्ग किलोमिटर र जनसंख्या २०६८ को जनगणना अनुसार २९०,२५४ जना रहेको छ .


ईलामको पुर्बेली भेष भुषा क्रमश: लिम्बु, लेप्चा, शेर्पा, राइ ,गुरुङ , तामङ्, नेवार, छेत्री, मगर आदी

No comments:

Post a Comment