Malu Pokhari, Ilam




मलु पोखरी

ट नजीकै रहेको मलु खोलासँगै मलु पोखरीको नामाकरण भएको भनाइ छ । स्वच्छ पानी र वरिपरिको करीव एक हेक्टर भु-भागमा फैलिएको सिमसारको धार्मिक महत्व पनि उत्तिकै रहेको छ । परापुर्वकाल देखिनै यस क्षेत्रमा पोखरी रहेको स्थानीयबासीको भनाइ रहेको छ । प्राकृतिक अवस्थामा नै रहेको पोखरी मानिसको बनावटी नभई अझै पनि प्राकृतिक अवस्थामा नै रहेको छ । पचास साठी वर्ष अघि सम्म यो पोखरी निकै नै ठुलो रहेको थियो । पछि पुर्व दक्षिणतिरको डाँडाबाट पहिरो र लेदो आई पोखरी पुरिदै गएको र अहिले केहि साँघुरिएको छ । पोखरीको वीच र पुर्व तर्फ निकै नै गहिरो रहेको र अझै सम्म पनि यसको वास्तविक गहिराइ नाप्न नसकिएको भनाई स्थानीयबासीको रहेको छ । विना संरक्षण निकै नै सफा र स्वच्छ देखिने यस पोखरीमा जंगलबाट पातपतिंगर आएमा एक प्रकारको चराले सफा गर्दछ भन्ने भनाई जानकारहरुको रहेको छ । सिमसार क्षेत्र र पोखरीभित्रै समेत पानीको स्रोत रहेकाले हिँउद वर्षा सबै समयमा पोखरीमा पानी टम्म भरिएको हुन्छ ।

No comments:

Post a Comment