Wednesday, September 25, 2013

इलाममा व्यवसायीक केरा खेती गर्ते बढ्दै

इलाममा व्यवसायीक केरा खेती गर्ते बढ्दै


इलाममा व्यवसायीक केरा खेती गर्ते बढ्दैराम योङ्हाङ । इलाम, भदौ । इलामको दक्षिणी क्षेत्रका किसानहरु व्यवसायिक केरा खेतीमा आकर्षित भएका छन् । उनीहरुले व्यवसायिक रुपमा केरा खेती गरी लाखौं आम्दानी लिईरहेका छन् । अहिले गाउ“मा व्यवसायीक केरा खेती गर्ने किसानको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । जिल्लाको दानाबारी, महमाई, चिसापानीलगायतका किसानहरुले केराको व्यवसायिक खेती सुरु गरेका हुन् । उनीहरुले खेतीयोग्य जमिन मासेर समेत केरा खेती गरेको छन् । चुरे क्षेत्रको जमिन खेतीयोग्य भएपनि त्यहा“का किसानको केरा खेतीप्रति आकर्षण बढ्दै गएको छ । झोडा
क्षेत्रमा व्यापक रुपमा गरिएको केरा खेती प्रति बिस्तारै–बिस्तारै समतल क्षेत्रका किसानहरु पनि उत्साही भएका छन् । उनीहरुलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजै रुपमा बिक्री गर्न पाउ“छन् । घरघरमा गएर व्यपारीले केरा किन्ने गरेका छन् । बगानकै मोलतोल गरेर व्यपारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पु¥याउने झन्झट छैन । ‘व्यपारहिरु घर–घरमा आउँछन्’ स्थानीय किसान केशव खनालले भने, ‘बिक्री नहुने हो की भन्ने कुनै समस्या हुँदैन ।’ व्यवसायिक केरा खेती सुरु गरेपछि घरव्यवहार चलाउन नगद जुटाउन समेत सहज भएको अर्का किसान विरु लिम्बूले बताए । नयाँ बगान सुरु गरेका उनले भने, ‘मैले एक वर्षमा २५ हजार भन्दा धेरैको आम्दानी गरेको छु ।’यातायातको सुविधा भएपछि किसानलाई मात्र होईन, व्यपारीलाई समेत सहज भएको व्यापारीहरु बताउ“छन् । ‘यातायातको राम्रो सुविधा भएकोले बजारको अभाव खेप्नु पर्दैन’ स्थानीय व्यापारी महेन्द्र श्रेष्ठले भने । त्यहाँका किसानका लागि केराको मुख्य बजार झापाको विर्तामोड, काठमाडौं, पोखरालगायत हुन् । राजधानीमा यहाँको केराको माग अत्यधिक रहेको व्यपारी श्रेष्ठ बताउँछन् । ‘संकलन गरेर पु¥याएपछि नबिक्ने भन्ने कुरै हु“दैन’ उनले भने । जिल्लामै धेरै केरा उत्पादन हुने यहाँका सयौं किसानले व्यवसायीक रुपमा केरा उत्पादन गर्ने गर्छन । पानी पर्याप्त नभएका झोडा क्षेत्रमा जंगल सरह केराका बगान भेटिन्छन् । यहा“को केराले तराईका शहरमा पनि बजार पाउने गरेका छन् । पछिल्लो समयमा झापाको खुदुनाबारीवाट इलामको दानाबारीस्थित शुक्रबारे बाजरसम्मको सडक ग्राभेल भएपछि नियमित सवारी साधन चल्न थालेकाले उत्पादन राजाधानी र तराईका बजारमा पुर्याउन सहज भएको छ । एक घरी केराको मूल्य ८० देखि दुई ५० रुपिया“सम्म पर्दछ ।
अन्य नगदेबालीको उत्पादन कम गरिने यो क्षेत्रका किसानले केरा खेती थालेपछि छिमेकी गाउ“का किसानले पनि खेती व्यवसायिक रुपमा सुरु गरेका छन् । किसानले चिनीचम्पा, भण्डारी, झपरीलगायतका अन्य स्थानीय जातका केरा खेती गर्दै आएका छन् ।

No comments:

Post a Comment