Sunday, September 1, 2013

सूर्योदय र सूर्यास्तका लागि सिद्धिथुम्का

सिद्धिथुम्का इलाम जिल्लाको सदरमुकाम इलाम बजारबाट १५ किलोमिटर पश्चिममा अवस्थित रहेको छ । समुद्र सतहबाट १६९३ मिटरको उचाईमा अवस्थित सिद्धिथुम्का चुली सूर्योदय र सूर्यास्त दृश्यावलोकन तथा धार्मिक आस्थाको दृष्टिले प्रसिद्ध रहेको छ । यसबाहेक अजम्बरे डाँडा (जीतपुर र सिद्धिथुम्काको सिमाना), खान्द्रुङ गुफा (देवी ढाँड), नामथला, फुलबारी, पोखरीगाउँ, पङ्खेलुङ झर्ना, रातोपानी, फाल्गुनन्द माङ्हिम (मन्दिर), सिंहदेवीस्थान, जलकन्यादेवी (सोयाक) लगायतका आकर्षक पर्यटकीय गन्तब्यहरू रहेका छन् । सिद्धिथुम्का चुलीभन्दा दक्षिण पूर्वमा रहेको सोयाक सुन्तला खेती, धानखेती लगायत कृषि उत्पादनका दृष्टिले निकै उत्कृष्ट स्थलका रूपमा चिनिन्छ । यसको दक्षिणी भेगबाट देखिने माईघुम्ति अत्यन्त मनमोहक लाग्दछ ।

No comments:

Post a Comment